सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय 2082/03/04 प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षमा बुधबार बसेको सम्बन्धीत कार्यालयहरुका प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिसहित सर्वदलिय बैठकले जिल्लाका विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय गरेको छ ।  बैठकले हुलाकी सडक योजना अन्तर्गत कंचनरुप हनुमाननगर सडक खण्ड अन्तर्गत राजविराजदेखि भलुवाही खोला नजिक निर्माणाधीन अवस्थामा रहेका सडक खण्ड राजविराज नगरपालिकाको क्षेत्राधिकार पर्ने भएकोले राजबिराज नगरपालिकाको समन्वयमा सडक खण्ड नाप जाँच पश्चात तत्कालै सडक निर्माण कार्य तत्काल सुचारु गर्ने निर्णय गरेको छ । .... विस्तृत
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण 2082/03/01 संविधानसभा सदस्य रन्जित कर्णले सप्तरीमा विकास अवरुद्ध हुनुको मुख्य कारण बेथिति, भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू रहेको आरोप लगाएका छन् । उनले विकास कार्य अवरुद्ध रहेका राजविराज–हनुमाननगर रोड, राजविराजस्थित कोल्ड स्टोर, राजविराजको सिरहा रोड, हुलाकी राजमार्ग अन्तरगतको कंचनपुर रोड र राजविराजको कन्या छात्रावासको तस्बिर राखेर सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।  .... विस्तृत
अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा     2082/02/31  मधेस प्रदेश सरकारले बि.स. २०८२ जेठ १६ गते चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेको छ ।  उनी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन् । अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा तय गरेर मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा नियुक्त भएका हुन् । उनी बाल अवस्थादेखी नै बहुप्रतिभाशाली थिए । उनले दर्जनौं गित, स्टेज शो, गिति एल्बम लगायत भारतमा समेत आफ्नो प्रतिभा देखाइसकेका छन् । .... विस्तृत
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान 2082/02/30  नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजले कर्मचारीहरुमाथी कुटपिट, गालीगलौज गर्नेमाथी कारवाहीका साथै कार्यालयमा कामकाज गर्न सुरक्षित वातावरणको माग गर्दै शुक्रबारदेखी पेन डाउन गरेका छन् ।  शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष कल्पना देवले घटनाको दोषीलाई कानून बमोजिम कारबाही गरी आगामी दिनमा कार्यस्थलको सुरक्षाको प्रत्याभूति दिलाउन, सेवामा काम गर्ने सहज वातावरण बनाउन एवं भयमुक्त वातावरणमा सेवा प्रवाह सुनिश्चितता गराउन माग गरेका छन् ।  .... विस्तृत

 

ताजा अपडेट