नेपाल–भारत सीमाका ४ सय ७९  सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा 2082/07/27  सप्तरीसँग जोडिएको नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायब रहेको छ । ६ सय ४९ वटा सीमा स्तम्भ हुनुपर्नेमा हाल १ सय ७० वटा मात्र छ । अधिकांश सीमास्तम्भ गायव भएको पाइएको छ । भारतीय सीमासंग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिक अगुवा तथा सञ्चारकर्मीहरुलाई सहभागी गराई बिहीबार सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।..... विस्तृत
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने 2082/07/27  राजविराजस्थित करदाता सेवा कार्यालय आन्तरिक राजश्व कार्यालय लहानमा गाभ्ने निर्णय विरुद्ध सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा दोश्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ ।      नेपाल सरकार मन्त्रीपरिषद कात्तिक १७ गतेको बैठकले मुलुकभरका ३८ वटा करदाता सेवा कार्यालयलाई खारेज गर्ने निर्णय गरेपछी सप्तरीका उद्योगि व्यापारीहरु आन्दोलित भएका हुन् ।  आन्दोलनका कार्यक्रमहरुमा कालोपट्टी बाधेर कारोबार गर्नेदेखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने सम्म रहेको छ ।  ..... विस्तृत

 

ताजा अपडेट