सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी 2082/02/08 मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सहिदहरूको सपना पुरा गर्नका निम्ति उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखीले यस्तो बताउँदै सहिदहरुलाई सम्झन केवल समारोह र भाषणमा सीमित रहनु नहुने स्पष्ट पारे । उनले भने, “एक दिनको नाचगान र भोजभतेरले सहिदहरुको सम्मान हुदैन्, उनीहरूको सपना पूरा गर्ने हो भने उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ।”.... विस्तृत
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन 2082/02/07 सप्तरी जिल्लामा शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै प्याव्सन र एन प्याव्सन सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।  प्याव्सन सप्तरी अध्यक्ष उग्रकान्त झा र एन प्याव्सन सप्तरी अध्यक्ष नरेशप्रताप साहले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारि गर्दै जिल्लामा अनुमति नै नलिई र अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गराएर नीजि विद्यालयहरुले विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ । .... विस्तृत

 

ताजा अपडेट