राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण  2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार, विकासको अभाव तथा उच्चस्तरीय छानबिनको माग गर्दै शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण पत्र पठाइएको छ ।  संविधानसभा सदस्य एवं नेवि संघका पूर्व अध्यक्ष रन्जित कर्ण, नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, काँग्रेसका राजविराज नगरपालिकाका नगरसभापति आनन्दकुमार झा, काँग्रेस सप्तरीका प्रवक्ता नन्दु यादव, काँग्रेस सप्तरीका जिल्ला सदस्य सब्बिर आजम र काँग्रेस सप्तरीका नेता ध्रुब प्रसाद देवले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीको कार्यालयमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् । .... विस्तृत
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित 2082/02/29  राजविराज नगरपालिकाका कर्मचारीहरुलाई कुटपिट, गाली गलौज गर्नेहरुमाथी कारवाही तथा कार्यालयमा कामकाज गर्न सुरक्षाको प्रत्याभूति दिलाउन लगायतको माग गर्दै नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराज आन्दोलनमा उत्रेका छन् ।  नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति राजविराजका अध्यक्ष कल्पना देवद्वारा बिहीबार जारि विज्ञप्तिमा उक्त घटनाका दोषिहरुमाथी कारवाही, क्षतिपुर्ति तथा कर्मचारीको सुरक्षाको प्रत्याभूति नगराएसम्म नगरपालिका कार्यालय तथा मातहातका कार्यालयबाट अति आवश्यक सेवा वाहेकका सम्पूर्ण सेवा वन्द रहने जनाइएको छ । ..... विस्तृत

 

ताजा अपडेट