News Category 2079/10/08
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सरकारले धानको समर्थन मुल्य तोकेपनि किसानहरुले उक्त मुल्य नपाएपछि मर्कामा परेका छन् । सरकारले धानको समर्थन मुल्य ३ हजार १ सय २८ रुँपैया तोके पनि उक्त मुल्यमा किसानहरुले धान बिक्रि गर्न नपाउँदा मर्कामा परेका हुन् ।
विचौलियाहरुले एक महिना अघि सस्तो मुल्यमा धान खरिद गरि धानको कृत्रिम अभाव सृर्जना गरेका छन् । किसानबाट बिचौलियाहरुले २ हजार ३ सय देखि २ हजार ५ सय सम्म प्रति क्विन्टलका दरले धान खारिद गर्दै आएका छन् । विचौलियाहरुले हाल धानको मुल्यमा २५ प्रतिशत सम्म बढाएर वेच्न थालेका छन् ।
धानमा व्यापक चलखेल गरी मुल्य बढाएको भन्दै यहाँका उपभोक्ता, किसान लगायतका सरोकारवालाले गुनासो गर्न थालेका छन् । एक महिना अघि सरकारले ३ हजार १ सय २८ रुपैया समर्थन मुल्य कायम गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्ने व्यवस्था मिलाएको थियो । तर सप्तरीका किसानहरुले आफ्नो जिल्लामा सरकारले तोकेको समर्थन मुल्य अनुसार धान बिक्रि गर्न पाएका छैनन् । जिल्लामा एउटा पनि सरकारी खाद्य संस्थान छैन् ।
यहाँका किसानहरु आफुले उब्जाएकार धान बिक्रि गर्न सिरहाको लहानस्थित खाद्य संस्थान पुग्नु पर्ने बाध्यता रहेको छ । यता एक साता सम्म धान खरिद गरेपछि लक्ष्य पुरा भएको भन्दै संस्थानले धान खरिद गर्न बन्द गरेपछी किसानहरुले मुल्य घटाएर २ हजार ३ सय देखि २ हजार ५ सय सम्म प्रति क्विन्टलका दरले केही मिलवाला तथा धानका व्यापारीलाई विक्री गर्न बाध्य भएका छन् ।
यति वेला धान किसानको हातबाट तीनै व्यापारी तथा मिलवालाहरुको हातमा गईसकेका कारण उनीहरुले मनपर्दी मुल्य निर्धारण गरी बेच्न थालेका हुन । अहिले बजारमा ३ हजार १ सय देखी ३ हजार २ सय प्रति क्विन्टल धानको मुल्य कायम गरी झण्डै २५ प्रतिशत सम्म मुल्य बढाइएको छ ।
एक महिना अघि सम्म सोना स्टिम चामल बजारमा प्रति केजी ४० रुपैया थियो भने अहिले ५२ रुपैया पुगेको छ । त्यस्तै ६५ रुपैया प्रति केजी पाईने जिरा चामल अहिले ८२ रुपैया प्रति केजी पुगेको राजविराज ४ का उपभोक्ता धनवीर साहले गुनासो पोखे ।
सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु् प्रसाद अग्रवालले धानमा भईरहेको कालोबजारी र मनपरी मुल्य बेलैमा नियन्त्रण नगरे धान चामलको मुल्य चाडै नै थप आकाशिएर जाने बताउँछन् । उनले कोटा पुरा भएको भन्दै खाद्य संस्थानले थोरै समयमा धान खरिद कार्य बन्द गर्दा किसानहरु विचौलियाको चुंगलमा परेको र अर्काे तर्फ उपभोक्ताले चर्काे मुल्यमा धान, चामल किन्नु पर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।
सप्तरीमा कुल ६६ हजार १ सय ६२ हेक्टर क्षेत्रफल जग्गामा धान खेती हुन्छ । यस पल्ट कुल क्षेत्रफल खेतीयोग्य जग्गामा गरी ८१ प्रतिशत धान खेती भई कुल १ लाख ९८ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ