News Category 2079/10/25
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई बैंकबाट २ करोड ३० लाख ऋण निकासा
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
एउटा बैंकले रोक्का गरेको जग्गाको नक्कली लालपूर्जा बनाई अर्को बैंकबाट करोडौं रुँपैया ऋण उठाएको खुलासा भएको छ ।
राजविराजस्थित एनआइसी एशिया बैंक राजविराज शाखाबाट २ करोड ३० लाख ऋण निकासा भएको खुलासा भएको हो ।
राजविराज ८ निवासी रबिन्द्र कुमार यादवको नाममा रहेको जग्गा राजविराज ९ निवासी वर्षाना खातुनको नाममा नक्कली लालपूर्जा तयार गरि राजविराज १ निवासी मो. समसादले एनआइसी एशिया बैंकबाट २ करोड ८० लाख रुँपैया ऋण स्वीकृती गराई २ करोड ३० लाख रुँपैया विभिन्न व्यक्तिलाई भुक्तानी दिएको खुलासा भएको छ ।
बुधबार सो घटना सार्वजनिक भएपछि बिहान १० बजेदेखी नै बैंकमा सर्वसाधारणको भिड लागेको थियो भने बास्तविक जग्गाधनी र उनका आफन्तले हो–हल्ला गरेका छन् ।
बास्तविक जग्गाधनी यादवले आफूलाई थाहै नदिई कसरी आफ्नो जग्गा धितो राखेर बैंकले ऋण दियो भन्ने विषय उठाएका छन् । उनले यसअघि अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित कित्ता नं. २२१ (९ को ख) को १० कठ ५ धुर जग्गा राजविराजस्थित सिटिजन बैंकमा धितो राखेर २० लाख रुँपैया ऋण लिएका छन् । उक्त बैंकले मालपोत कार्यालय राजविराजमा रोक्का गरिराखेको सोही जग्गा धितो राखेर एनआइसी एशिया बैंकले कसरी र कुन आधारमा २ करोड ३० लाख रुँपैया ऋण दियो भन्ने कुराको छानबिन हुनु पर्ने माग गरे ।
उनलाई आफ्नो जग्गा राखेर कसैले एनआइसि एशिया बैंकबाट ऋण निकालेको जानकारी गराएपछि हतार हतार बैंक पुगेको र बैंकबाट आफ्नो जग्गा अर्कैको नाममा रहेको थाहा पाएपछि चकित परेको रबिन्द्रले सुनाए ।
मालपोतका कर्मचारी समेतलाई मिलाएर खातुनको नाममा नक्कली लालपूर्जा बनाई समसादले अन्य कागजात पेश गरेपछि बैंकले २ करोड ८० लाख स्वीकृत गरेको शाखा प्रबन्धक सन्तोष यादवको भनाई छ । उनले स्वीकृत भएको रकम मध्ये मुख्य ऋणी समसादले १ करोड ५० लाख तथा उनैको खाताबाट क्रमशः मो. सद्दाम र एक सहकारी संस्थामा बाँकी रकम ट्रान्सफर भएको पाइएको बताएका छन् ।
नक्कली कागजलाई मालपोतका कर्मचारीदेखी आवश्यक अन्य सबै ठाउँमा प्रक्रिया पु¥याएर पेश गरेको तथा बैंकलाई चाहिएको आवश्यक सबै कागजात पेश हुन आएकाले सोही आधारमा ऋण प्रवाहा गरिएको उनले तर्क दिए ।
“बैंकसँग लालपूजा नक्कली÷असली छुट्याउने साधन छैन्, आवश्यक प्रमाणको आधारमा ऋण दिने हो, उनले भने सबै कागजात दुरुस्त पाइएपछि ऋण उपलब्ध गराइएको हो ।” उनले ऋणीले पेश गरेको कागजपत्र नक्कली भएको जानकारी आएपछि बुधबार बिहानै ऋणी परिवारका मो. समसादसँग सम्पर्कको प्रयास गरे पनि सफलता नमिलेको सुनाए ।
यता भुमिसुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख रामनारायण शर्माले पहिलेदेखी नै रोक्का रहेको जग्गा फुकुवा नहुँदै पुनः रोक्का गर्न नमिल्ने जिकिर गरे । उनले यस कार्यालयमा एनआइसी एशिया बैंकबाट जग्गा रोक्का सम्बन्धी कुनै पत्र नआएको तथा ऋणीद्वारा बैंकमा यदी त्यस्तो पत्र पेश गरेको छ भने त्यो पनि लालपूर्जा जस्तै नक्कली हुने दाबी समेत गरे ।
उक्त घटनाको अनुसन्धान गर्न बैंकको मधेश प्रदेश कार्यालयबाट सहप्रमुख नितेश श्रेष्ठको नेतृत्वको एक टोली पुगि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले यस विषयमा चर्चा सुनिए पनि बैंक तथा पीडित भनिएका मध्ये अहिलेसम्म कोही पनि सम्पर्कमा नआएको बताए । यसबारे बैंक वा पीडित भनिएका मध्येबाट उजुरी आए आवश्यक अनुसन्धान अघि बढाइने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ