करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै 2082/07/18  करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै छ । गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति गरेको यस कार्यालयलाई सिरहाको लहान सार्ने योजना बनाउन लागिएको चर्चा यतिबेला जनचासोको बिषय बनेको हो । बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ । .... विस्तृत
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास 2082/07/16 सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल मुनर नमुना मावि विद्यालय भगवतपुरका निमित्त प्रधानाध्यापक गजेन्द्र प्रसाद दासले विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट असुरक्षित भएको गुनासो पोखेका छन् । न्यायका लागि आइतबार राजविराज आइपुगेका उनी संचारकर्मीहरुलाई भेट्दै आफू वरिष्टत्तम शिक्षक भएपनि कनिष्ट शिक्षक तुलसी दास चौधरीलाई निमित्त प्रअ बनाउने चलखेल भएको र सोको प्रतिबाद गर्न खोज्दा आफूलाई असहयोग भएको मात्र होइन ज्यान मार्ने सम्मको धम्की आउन थालेको बताए । .... विस्तृत

 

ताजा अपडेट