डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग  2075/08/27    डाक्नेश्वरी नगरपालिका निर्वाचित पदाधिकारी संरक्षण समिति पातोले प्रमुख र प्रशासकीय अधिकृतले योजना छनौटदेखी आर्थिक हिनामिना गरेको आरोप लगाएको छ ।  बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो समितिका संयोजक रामसुन्दर मण्डलले सो आरोप लगाउँदै २०७५ असोज २१ गते नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जना सदस्यको हस्ताक्षरसहित विशेष सभा बोलाउन निवेदन दर्ता गरिएपनि हालसम्म त्यसतर्फ कुनै ध्यान नदिएकोप्रति आपत्ति जनाए ।      सोही पत्रकार सम्मेलनमा वडा नं. ८ का सदस्य मानविर रजकले प्रमुख शिवनारायण साह र प्रशासकिय अधिकृत मिलन दाहालले गाडी, कासको नियुक्ती, इन्धन, घर भाडामा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै लेखा समितिले बैंक स्टेटमेन्ट, तलब प्रतिवेदन लगायत अन्य आर्थिक कारोबारका कागजातहरु उपलब्ध नगराएको गुनासो गरे । ..... विस्तृत
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा 2075/08/27  सप्तरीको बिष्णपुर गाउँपालिका वडा नं. ७ लाई बिहीबार बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लिलम्बर यादवको प्रमुख आतिथ्यमा बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो ।  गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।  वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।.... विस्तृत
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव 2075/08/27  सप्तरीको कुनै पनि स्थानमा आगलागिका कारण वा विपतमा परेका व्यक्ति र परिवारकै घरमै पुगेर विगत लामो समयदेखी सप्तरीका समाजसेवी ई. सूर्य नारायण यादवले राहत प्रदान गर्ने गरेको कार्य सहनिय र स्वागत योग्य रहेको छ ।      यसै क्रममा ईं. यादव अध्यक्ष रहेका संस्था धर्मी हल्फा महिला विकास क्लबले जिल्लाको बोदे बर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित परिवारलाई बिहीबार राहत प्रदान गर्दै सो कार्यलाई निरन्तरता दिएको छ ।      आगलागिबाट सर्वस्व गुमाई बिचल्लीमा रहेका अग्नीपीडित सत्यनारायण साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । .... विस्तृत
शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड 2075/08/27 सेभ द चिल्ड्रेन को सहयोगमा तथा सबल नेपाल र सेभद सप्तरीद्वारा संचालित समुन्नती कार्यक्रमको जिल्ला कार्यक्रम सल्लाहकार समितिको बिहीबार बैठक तथा अनुगमन गरिएको छ ।  सो क्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिद्यालयमा भौतिक पुर्वाधारको काम पूरा भएकोले अब बिद्यालयमा गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए । उनले गुणस्तरीय शिक्षासँगै बिद्यालयमा तहगत शिक्षण सिकाई प्रक्रियालाई उकास्नु पर्नेमा जोड समेत दिए ।     सबल नेपालद्वारा संचालित समुन्नती कार्यक्रम अन्तर्गतको सहयोगमा खडग नगरपालिकाको वडा नम्वर ३ पंसेरास्थित लक्ष्मी कृषक समुहले गरेको सामुहिक खेती, किसानहरूको मेहनत, लगानी, प्रतिफल तथा वालवालीकामा गरेको लगानी वारेमा जानकारी लिइएको छ ।     सो अनुगमनका क्रममा कृषक समुहका सदस्यहरूले पानी अभावका कारण उच्चा ठाँउमा तरकारी उत्पादन गर्न समस्या हुने गरेकोले पानीको उचित ब्यबस्थापनका लागि आग्रह गरेका थिए ।      यसैगरी अनुगमन टोलीका संयोजक यादबले खडग नगरपालिका ५ राप्रबि मेघबारीमा सेभ द चिल्ड्रेनको सहयोगमा कक्षा कोठा मर्मत सम्भार तथा हात धुने ब्यबस्थापन संचालन तथा बिद्यालय सरसफाई बारेमा स्थलगत अनुगमन गरेका छ भने बिद्यालयमा भर्ना भएका बिद्यार्थीलाई टिकाउन र सिकाई उपलब्धीलाई शतप्रतिशत सम्म पु¥याउन आग्रह गरेको छ ।..... विस्तृत
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक 2075/08/26  तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् ।  मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।  जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो. सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् ।  बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ..... विस्तृत
वडा अध्यक्षलाई कारवाहीको माँग  गर्दै प्रदर्शन र प्रधानमन्त्रीलाई ज्ञापन 2075/08/24  राजविराज नगरपालिका ६ का वडा अध्यक्ष प्रेम कुमार यादवमाथी कारवाहीको माँग गर्दै सोमबार राजविराजमा नेपाली काँग्रेसको भगिनी संगठन नेपाल महिला संघले प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।      वडा अध्यक्ष यादवले हालै स्थानिय एक होटलमा केही व्यक्तिहरुसँग कुरा गर्दै महिलाहरु बारे अश्लिल र आपत्तिजनक अभिव्यक्ति दिएर अमर्यादित र गैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै संघको अगुवाईमा निस्केको यूवा र महिलाको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।      तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित वडा अध्यक्ष यादवले दिएको अभिव्यक्ति केही संचारमाध्यमहरुले प्रशारण गरिरहेको भिडियो    र अन्य प्रमाणसहित प्रकाशन र प्रशारण हुन थालेपछि स्थानिय आन्दोलित भएका हुन् । .... विस्तृत
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन 2075/08/24  हरवाचरवाको जिवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था लगायत हरवाचरवा सशक्तिकरण सम्बन्धी विभिन्न सात बुँदे माँग अघि सार्दै सोमबार राजविराजमा प्रर्दशन गरिएको छ ।  स्थानिय राजरंगशालाबाट हरवाचरवा अधिकार मञ्च सप्तरीको अगुवाईमा निस्केको जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएको छ ।      मञ्चका अध्यक्ष देवलाल रामको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा हरवाचरवाको सम्पूर्ण ऋण मिनाहा, हरवाचरवाका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यून्तम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वय लगायतका माँग पुरा गर्न माँग गरिएको छ । .... विस्तृत
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित 2075/08/24  स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिले संघीय निजामति कर्मचारीहरुलाई प्रदेश तथा स्थानिय तहमा समायोजन गर्दा अपनाईने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानिय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत अध्यादेशमा संशोधन, परिमार्जन गर्ने व्यवस्थाको माँग गर्दै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।      राजविराज नगरपालिका कर्मचारी एशोसिएशनका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार विभिन्न माँगहरु तथा आन्दोलनका कार्यक्रम सम्मिलित ज्ञापनपत्र नगरपालिकाका निमित्त कार्यालय प्रमुख राजेश कुमार राजलाई बुझाएका छन् । .... विस्तृत
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व 2075/08/23 राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ कार्य समितिका लागि सम्पन्न निर्वाचनबाट अध्यक्षमा लोकतान्त्रिक सूमहका उम्मेदवार अधिवक्ता रमानन्द साह निर्वाचित भएका छन् ।  उनले १ सय १९ मत ल्याई प्रतिद्वन्द्वी प्रगतिशिल समूहका अधिवक्ता पूण्यप्रसाद यादवलाई पराजित गरे । अधिवक्ता यादवले ८१ मत पाएका थिए ।     १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहबाट ११ तथा प्रगितिशिल समूहका दुई जना निर्वाचित भएका छन् भने ११ जना केन्द्रिय पार्षदमा लोकतान्त्रिक समूहका ९ तथा प्रगतिशिल समूहका दुई जना निर्वाचित भए । यसअघि महिला सदस्यमा प्रगतिशिल समूहका पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएकी थिइन् ।.... विस्तृत

 

ताजा अपडेट