किर्ते नागरिकता प्रकरणमा कारागारमा रहेका भारतीय नागरिक अग्रवालको मृत्यु 2075/09/08  राजविराज÷किर्ते नागरिकता प्रकरणमा राजविराज कारागारमा पूर्पक्षका लागि रहेका एक भारतीय नागरिकको शुक्रबार साँझ मृत्यु भएको छ ।  कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको हो ।     अग्रवालको उपचारका लागि ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजले जनाएको छ ।     मधुमेह, उच्च रक्तचाप र मुटुरोगका बिरामी अग्रवाललाई अकस्मात् पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् । .... विस्तृत
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान 2075/09/05  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग प्रदान गरेको छ ।  जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।     युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो ।      डिईओसीको काम कारबाहीलाई प्रभावकारी बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलीफोन सेट, एक बर्षको इन्टरनेट शुल्कतथा टेलीफोन महसुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यसअघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।.... विस्तृत
फोरम नेपालद्वारा मिश्रको हत्यारालाई कार्वाहीको माँग  2075/09/05  सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी वडा कार्यालयमा पालेमा कार्यरत परशुराम मिश्राको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माँग गरेको छ ।  फोरम नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवारा विहिवार जारि प्रेस विज्ञाप्तीमा मिश्राको हत्यारालाई कडा कार्वाहीको माँग गरेको जनाइएको छ ।      मिश्रको हत्यामा संलग्नलाई पक्राउ गर्न स्थानीय प्रशासन असफल भएको प्रती दुःख व्यक्त गर्दै अध्यक्ष यादवद्धारा जारी विज्ञाप्तीमा हत्याराले कुनैपनि वाहानामा उन्मुक्ती पाउनु नहुने र संलग्न हत्यारालाई यथाशीघ्र पक्राउ गरी कडा कार्वाही गर्न माँग गरिएको छ । .... विस्तृत
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल 2075/09/04    बिपद् ब्यबस्थापन समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आर्थिक रूपले पछाडी परेका तथा गरिब समुदाय बढी बिपद्को चपेटामा पर्ने भएकोले उनीहरूको चेतनालाई क्रियाशिल बनाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।  बुधवार राजबिराजमा आयोजित बिपद् ब्यबस्थापन सम्बन्धी नीति योजना एंव कार्य योजना निर्माण एंव कार्यान्वयन सम्बन्धी क्षमता बिकास सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिएका हुन् ।     जिल्ला बिपद् ब्यबस्थापन समिति सप्तरीको आयोजनामा तथा कोशी पीडित समाज, डिसिए र अक्सफामको संयोजनामा आयोजित कार्यक्रममा बिपद् जोखिम न्युनिकरण राष्ट्रिय नीति र बिपद् जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना बारेमा सहजिकरण गरिएको छ ।.... विस्तृत
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन 2075/09/04 सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पाले पर्शुराम मिश्रको हत्या भएको चार दिन बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसकेको भन्दै बुधबार स्थानियहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।  सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहको मिश्रको हत्यामा संलग्नता रहेको भन्दै उनीहरु पक्राउ पर्न नसकेको भन्दै स्थानियहरुले प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेका हुन् ।     प्रदर्शन अघि स्थानियहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष मिश्रको हत्यारालाई पक्राउ गर्न माँग गरेका थिए ।       तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको थियो । .... विस्तृत
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग  2075/09/04    सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ललकु देबी पासवानको उपचारका लागि एक संस्थाले ७५ हजार नगद सहयोग गरेको छ ।   नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा कार्यरत युवाहरुले “ललकु देबी बचाउ” अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी दिए ।      बिगत केही बर्ष देखि अल्सर, जोन्डिस तथा बबासिर रोग लागेकोले उनको आर्थिक अबस्था समेत कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो ।      मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत ३ बर्षदेखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी  थिईन् ।  .... विस्तृत
बार एशोसिएशनका नवनिर्वाचत पदाधिकारीहरुद्वारा सपथग्रहण तथा पदस्थापना  2075/09/04  राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नवनिर्वाचत पदाधिकारीहरुको बुधबार सपथ ग्रहण तथा पदस्थापना गरिएको छ ।   राजविराज उच्च अदालतका वरिष्ठतम न्यायाधिश तिल प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सपथ ग्रहण तथा पदस्थापना कार्यक्रममा निर्वाचन संयोजक डा. रामखेलावन यादव, बारका अध्यक्ष बिजय कुमार यादव, अधिवक्ता, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।     मंसिर २२ गते सम्पन्न बारको निर्वाचनबाट अध्यक्षमा अधिवक्ता रमानन्द साह निर्वाचित भएका थिए । १३ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा उपाध्यक्षमा श्यामकुमार पोखरेल, सचिवमा धीरेन्द्र कुमार यादव, कोषाध्यक्षमा उपेन्द्र यादव निर्वाचित भएका थिए । .... विस्तृत
बैदेशिक रोजगारीमा गएका सप्तरीका  १ सय ४२ जनाले ज्यान गुमाए 2075/09/04 अन्तराष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गोष्ठीको आयोजना गरिएको छ । तिलाठी कोईलाडी गाँउपालिका र सप्तरी सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा तथा सुचना तथा परामर्श केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले सही जानकारी पाएर मात्र रोजगारीका लागि बिदेश जानुपर्नेमा जोड दिए । सो अवसरमा सप्तरी सामुदायिक बिकास केन्द्र तथा गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले आप्रवासन दिवसको अवसरमा अनुरोध पत्र वाचन गर्दै सप्तरीमा आव ०७४÷०७५ सम्ममा ८८ हजार १ सय ८१ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ प्रस्तुत गरे ।  यस्तै आब २०६५ देखि हाल सम्म एक दशकको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीमा गएका मध्येबाट १ सय ४२ जनाले ज्यान गुमाएको जानकारी समेत दिए ।.... विस्तृत
हात्तिले क्षति पु¥याएका पीडित  परिवारलाई राहत प्रदान 2075/09/04  सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ स्थित जगमोहन नयाँ बस्मिा सोमबार राती जंगली हात्तिको समूहले तीन परिवारको घर तोडफोड गरेको छ । मध्य रातिमा आएको ती जंगली हात्तिले स्थानिय कामिसिंह तामाङको घर पूर्णरुपले क्षति पु¥याएको छ भने तिलमान तामाङ र सितामाया तामाङको एक–एक घरमा आंशिक क्षति पु¥याएको रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।      यसैक्रममा मंगलबार बिहान गाउँपालिका अध्यक्ष यादव, प्रशासकिय अधिकृत रामसुन्दर थापा, वडा नं. ६ का अध्यक्ष गोबिन्द सिंह थापा र विपद् व्यवस्थापन इकाई शाखा प्रमुख मिथिलेश यादवको टोलीले सो क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई राहत प्रदान गरेको छ । ..... विस्तृत
हुलाक कर्मचारीद्वारा निजामती कर्मचारी सरह सेवा सुविधा लागु गर्न माँग  2075/09/04  हुलाकका कर्मचारीलाई निजामती कर्मचारी सरह सेवा सुविधा लागु हुनुपर्ने मुख्य माग राख्दै आन्दोलन गर्ने भएका छन् । छाता संगठन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले मंगलबार राजविराजमा पत्रकार सम्मेलनमार्फत आन्दोलनबारे जानकारी दिएको हो ।     पत्रकार सम्मेलनमा एशोसिएसनका जिल्ला अध्यक्ष देव नारायण यादवले अतिरिक्त कर्मचारीहरुले पेशागत हकहितका विभिन्न १४ बुँदे माग अघि सार्दै आन्दोलनको तयारी थालिएको जानकारी दिए ।      आगामी पुस ७ गते नेपाल अतिरिक्त हुलाक कर्मचारीहरुको राष्ट्रिय भेला सदरमुकाम राजविराजमा आयोजना गर्न लागिएको जानकारी दिदै उनले सोही भेलाबाट १४ बुँदे माग सहित आन्दोलनको मिति र स्वरुप सार्वजनिक गर्ने बताए । ..... विस्तृत
कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिँदै 2075/09/04  दुई दिनदेखी विभिन्न माँग राख्दै आन्दोलनमा उत्रेका स्थानिय तहका कर्मचारीहरुले मंगलबार दुई घण्टा आ–आफ्नो कार्यालय परिसरमै धर्ना बसेका छन् । संघीय सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐनको विरोध गर्दै आन्दोलनमा होमिएका स्थानिय तहका कर्मचारीहरुले पुस ११ गतेसम्म पहिलो चरणका आन्दोलनकाका कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् ।      जसकारण सम्पूर्ण स्थानीय तहको कामकाज दुई घण्टा ठप्प भएको छ । बिहान १० बजेदेखी १२ बजेसम्म कामकाज ठप्प पार्दै धर्नामा बसेका कर्मचारीका कारण सेवाग्राहीहरुले १२ बजेपछि मात्र कामकाज गराएका थिए ।  ..... विस्तृत

 

ताजा अपडेट