rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
विवहा भोजमा केटी जिस्क्याएको भन्दै युवकको हत्या 2075/01/26 दैनिक समाचारदाता राजविराज, २५ बैशाख । विवहा भोजमा केटी जिस्क्याएको निहँुमा घरेलु हतियार प्रयोग गरि एक युवकको हत्या गरिएको छ । सोमबार राती सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा विवाह भोज चलिरहँदा केटी जिस्क्याएको निहुँमा दुई समूहबीच भएको विवादले उग्र रुप लिएपछि घरेलु हतियार (हतौडा) को प्रहारबाट सोही स्थानका ३० वर्षिय अजय चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । .... विस्तृत
मोदीसँग कोशी पीडितलाई मुआब्जादेखी विकासीय कार्यका लागि सप्तरीवासीले ध्यानाकर्ष गराउने 2075/01/26 दैनिक समाचारदाता राजविराज, २५ बैशाख । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीलाई सप्तरीवासीको तर्फबाट पनि स्वागत तथा अभिनन्दन गरिने भएको छ । जिल्ला समनवय समिति सप्तरीले मंगलबार पत्रकार सम्मेलन तथा सरोकारवालाहरुसँगको छलफल कार्यक्रमको आयोजना गरि प्रदेश सरकारको समन्वयमा भारतीय प्रधानमन्त्री मोदीको सप्तरीवासीको तर्फबाट स्वागत तथा अभिनन्दन गरिने जनाएको छ । ... विस्तृत
दुर्घटनामा गम्भिर घाइते भएका झालाई झाडीमा फ्याक्ने दुई पक्राउ 2075/01/25 दैनिक समाचारदाता राजविराज, २४ बैशाख । मोटरसाइकलले ठक्कर दिएपछि गम्भिर घाइते भएका व्यक्तिलाई अस्पताल नपु¥याई उल्टै झाडीमा फ्यालेर फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ घर भई हाल राजविराज ८ मा बसोबास गर्दै आएका नवकान्त झालाई गम्भीर घाईते अवस्थामा जिउँदै झारीमा प्mयालेर फरार व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । ... विस्तृत
किर्ते नागरिकता प्रकरण सवइन्जिनियर देव धरौटीमा रिहा, भारतीय नागरिक अग्रवाल कारागार चलान 2075/01/25 दैनिक समाचारदाता राजविराज, २४ बैशाख । किर्ते नागरिकता प्रकरणमा विगत एक सातादेखी थुनामा रहेका राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव सोमबार अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन् । सोही प्रकरणमा पक्राउ परेका भारतीय नागरिक सतिश अग्रवाल भने अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान गरिएका छन् । ... विस्तृत
विष्णुपुर गापालाई झण्डै पाँच करोड मुल्य पर्ने जग्गा दान 2075/01/24 दैनिक समाचारदाता राजविराज, २३ बैशाख । सप्तरीको विष्णुपुर गाउँपालिकालाई झण्डै पाँच करोड मुल्य पर्ने जग्गा दान गरिएको छ । सो गाउँपालिका वडा नं. ५ का तीन स्थानिय व्यक्तिले गाउँपालिकाको भवनका लागि आइतबार उक्त मुल्य पर्ने एक विगहा जग्गा निःशुल्क (दान) गरिएको हो । ..... विस्तृत
ईद र बकरईदको विदा कटौतीको बिरोधमा उत्रिए मुश्लिम समुदाय 2075/01/24 दैनिक समाचारदाता राजविराज, २३ बैशाख । मुश्लिम धर्मावलम्बीहरुको महान चाड पर्व ईद र वकरईदको विदा कटौती गरिएको बिरोधमा आइतबार मुश्लिम समुदायले राजविराजमा प्रदर्शन गर्नुका साथै सो निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ..... विस्तृत
पत्रकार महासंघको प्रदेश निर्वाचनमा मन्त्रीदेखी सांसदसम्मले मतदान गरे 2075/01/23 राजविराज÷नेपाल पत्रकार महासंघको प्रदेश कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश २ का मन्त्री, सांसद र मेयरले पनि मतदान गरेका छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले समेतले मतदान गरेका छन् । यस्तै सप्तरी शाखाबाट संघीय समाजवादी फोरम नेपालका प्रदेश नं. २ का मुख्य सचिव शम्भु झा समेतले मतदान गरे । उनी दुबै जना मध्ये मन्त्री साह साधारण सदस्य तथा झा सप्तरी शाखाका पूर्व सभापति हुन् ।..... विस्तृत
पत्रकार महासंघ प्रदेश २ मा संयुक्त गठबन्धन निर्वाचित 2075/01/23 राजविराज÷नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सम्पन्न निर्वाचनमा प्रदेश नं. २ मा प्रेस युनियन, प्रेस चँौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनको प्यानल निर्वाचित भएको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गरेको हो । २१ सदस्यीय कार्य समितिका लागि सम्पन्न निर्वाचनमा गठबन्धनका अध्यक्षमा दिपेन्द्र चौहानले ३ सय ४२ mमत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी संयुक्त मधेशी गठबन्धनका बिरेन्द्र रमण रहेका छन् । ..... विस्तृत
पत्रकार महासंघको प्रदेश समिति निर्वाचन आज हुँदै 2075/01/22 दैनिक समाचारदाता राजविराज, २१ वैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिका लागि शनिबार सातै प्रदेशमा एकै पटक निर्वाचन हुनगइरहेको छ । मुलुक संघीय प्रणालीमा गइसकेपछि पत्रकार महासंघले पनि प्रदेश समिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो । ..... विस्तृत
यातायात सञ्चालन नभएपछि जनजीवन प्रभावित सप्तरीबाट संघका सचिवसहित देशभरबाट ७१ जना पक्राउ 2075/01/22 दैनिक समाचारदाता राजविराज, २१ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै शुक्रबार देशभरी यातायात सञ्चालनमा रोक लगाएको छ । ..... विस्तृत
भारहदका बाढीपीडितले आन्दोलन गर्ने 2075/01/20 दैनिक समाचारदाता राजविराज, १९ वैशाख । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहका बाढीपीडितहरुले नेपाल सरकारद्वारा बाढी पीडितहरुका लागि उपलब्ध गराउन लागेको नगदसहितको राहत वितरण अत्यन्त धांधली युक्त राजनैतिक बैमनश्यताले अभिप्रेरित भएको आरोप लगाउँदै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् । ..... विस्तृत
एक लाख ३५ हजार घुस रकमसहित जिससका नासु यादव पक्राउ 2075/01/20 दैनिक समाचारदाता राजविराज, १९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले जिल्ला समन्वय समिति सप्तरीका नायब सुब्बा जुगेश्वर प्रसाद यादवलाई घुसको रकम रु. १ लाख ३५ हजारसहित बुधबार पक्राउ गरेको छ । .... विस्तृत
किर्ते नागरिकता प्रकरणमा पक्राउ परेकाहरुलाई आज अदालतमा उपस्थित गराइदै 2075/01/19 दैनिक समाचारदाता राजविराज, १८ बैशाख । किर्ते नागरिकता लिने भारतीय नागरिक र सो नागरिकतामा सिफारिस गर्ने पक्राउ परेका राजविराज नगरपालिका कर्मचारीलाई बुधबार सप्तरी प्रहरीले अदालतमा उपस्थिति गराउँदै छ । पक्राउ परेका भारतको हरियाणा राज्य हिसार जिल्ला घर भई हाल व्यापार व्यवसायको सिलसिलामा सुनसरीको दुहवी नगरपालिका बस्दै आएका सतिश अग्रवाल र राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देवलाई प्रहरीले अदालतमा उपस्थित गराउँदै छ ।..... विस्तृत
कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने 2075/01/18 दैनिक समाचारदाता राजविराज, १७ वैशाख । कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ । शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ ।.... विस्तृत
किर्ते नागरिकता प्रकरणमा नगरपालिका कर्मचारी पक्राउ 2075/01/18 दैनिक समाचारदाता राजविराज, १७ वैशाख । सुनसरीको दुहवीमा बस्दै आएका सतिश अग्रवालले राजविराज नगरपालिका ७ बाट किर्ते नगरिकता लिएको प्रकरणमा राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव पक्राउ परेका छन् ।..... विस्तृत
बजाजको “नयाँ अवतार” बजारमा 2075/01/17 दैनिक समाचारदाता काठमाडौं, १६ वैशाख । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर ज्ञद्दछअअ को नयाँ अवतार नेपाली बजारमा ल्याएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 329
  • 330
  • 331
  • 332
  • 333
  • 334
  • 335
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.