महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू  2075/08/12  सप्तरीका किशोरीहरुलाई क्रिकेट खेलमा रुची बढ्दै गएपछि बुधबारदेखी एक महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको छ । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको बिकास गर्ने उद्देश्यका साथ जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकमा सो क्रिकेट प्रशिक्षण सूरू गरिएको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।       खड्ग नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेको चन्दन यादवले बताए ।      सुरूगां नगरपालिका तथा खड्ग नगरपालिकाको संयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा किक्रेटको बिकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।     राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरीबाट टिम बर्षाेदेखी बन्न नसकेकोले सप्तरी टिम समेत प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट संघका सचिव श्रेष्ठले बताए ।.... विस्तृत
हतियारसहित एक महिला पक्राउ 2075/08/12    सप्तरीको सुरुङ्गा नगरपालिका ३ स्थित घौसी महुलियाबाट हतियारसहित एक महिला बुधबार पक्राउ परेकी छिन् । सिरहाको लहान नगरपालिका ८ बस्ने ३० वर्षीया गिता मुसहरलाई मेडइन युएस लेखेको सानो एक थान पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने ३ थान खोका र एउटा खुकुरीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।     लहान नगरपालिका ५ नयाँ बजारमा बस्ने रानीकुमारी सेखको घरमा काम गर्दै आएकी गिताले नगद ४ लाख ३० हजार तथा सुनको गहना समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ । ..... विस्तृत
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान 2075/08/11  बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई राजपा नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।      मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।.... विस्तृत
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु  2075/08/11  सप्तरीको तिलाठी कोइलाडी गाँउपालिका ४ मा मगंलवारदेखि तिन दिने वाख्रा पालन तथा व्यवस्थापन तालिम आयोजना गरिएको छ । हरुवा चरुवाको जीवन स्तरमा सुधार र आत्मनिर्भर बनाउने उद्देश्यले मानव अधिकार तथा ग्रामिण युवा परिवर्तन (हुर्क) नेपाल राजविराजको आयोजनामा सो तालिम दिइएको हो ।      स्थानियस्तर मै वाख्रा पालन गरेर व्यवसाय गर्न सकिने र सानो तिनो कामका लागी पनि साहु महाजनसँग श्रृण माँग्न जानु न परोस भन्ने उद्देश्यले हरुवा चरुवा परिवारलाइ लक्षित गरी तालिम सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष पार्थो सरकारले वताए । ..... विस्तृत
कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित 2075/08/10  प्रदेश २ को सरकारको सोमबार बसेको प्रदेशसभा बैठकले ‘प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५’ बहुमतले पारित गरेको छ ।  प्रदेश सरकारले ल्याएको कर्मचारी भर्ना सम्बन्धी ऐनप्रति प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीको अहसमति रह्यो भने अर्का प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको हो । यसअघि पनि प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउँदा नेकपाले विरोध जनाएको थियो ।     यसैगरी, प्रदेशसभाको बैठकले भौतिक योजना तथा विकास मन्त्रालयअन्तर्गत प्रादेशिक विद्युतसम्बन्धी ऐन २०७५ पनि पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा नेकपा उभिए पनि नेपाली काँग्रेस विधेयक प्रति समर्थन जनाएको छ ।.... विस्तृत
एसईईमा उत्कृष्ट हुने छात्रछात्रालाई साईकल र ल्यापटप 2075/08/09 विद्यालयमा पहुँच, शिक्षा हासिल गर्न आकर्षिक गराउने तथा विद्यार्थीको हौसला बढाउने उद्देश्यले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण भएका छात्रछात्राहरुलाई साइकल र ल्यापटप प्रदान गरेको छ । गाउँपालिकका कार्यालयको प्राङगणमा आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले आधा दर्जन छात्रछात्रालाई साईकल, ल्यापटप तथा अवकास प्राप्त प्रधानाध्यापकहरुलाई सम्मान समेत गरेको छ ।     २०७४ सालको एसईई परिक्षामा उत्कृष्ट हुने ३ छात्र र ३ छात्रालाई एक÷एक थान साईकल र ल्यापटप प्रदान गरेको हो भने गाउँपालिकाका अवकाशप्राप्त एक दर्जन प्रधानाध्यापकहरुलाई दोसल्ला र कदर पत्रबाट सम्मान गरिएको छ ।      एसईई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिंर्ण हुने छात्रा तर्फ ईतिसा अधिकारी, रंजन कुमारी यादव र निमा कुमारी झा तथा छात्र तर्फ ओम प्रकाश साह, रविराज सिंह र देवेन्द्र कुमार खंगलाई पुरस्कार स्वरुप एक एक थान साईकल र ल्यापटप प्रदान गरिएको थियो । .... विस्तृत
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा 2075/08/09 सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ स्थित चौफालमा शनिवार राती आएको जंगली हात्तिले घर भत्काएको छ ।  हात्तीले स्थानिय विजय तामाङको घर भत्काएको हो । हात्तिले घर भत्काउँदा तामाङ परिवारको विचल्ली भएको छ । घरमा गर्भवती श्रीमतीसंगै सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछी जसोतसो भागेर ज्यान वचाएको पीडीत बिजयले वताएका छन् ।      हात्तीले घरको छाना र टाटी भत्काएर आफू सुतेको प्लाङ घरवाहिरा फ्यानुको साथै घरमा भएको अन्नपात खाएको र भाँडाकुडाहरु कुच्चाएर करिव पचास हजार भन्दा वढीको क्षती गरेको पीडितले बताए । ... विस्तृत
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी  2075/08/09  नेपाल आदिवासी जनजाति महासंघ मिथिला मधेश प्रदेश नम्वर २ का सहसंयोजक दिल कुमारी चौधरीले आदिवासी जनजाति प्रति प्रदेश २ को सरकारको नियत ठिक नभएको आरोप लगाएकी छिन् ।      सप्तरीको रुपनगरमा नेपाल आदिवासी जनजाति महासंघ नगर समवन्य परिषद कन्चनरुपको दोश्रो अधिवेशन उद्घाटन गर्दै उनले सो आरोप लगाएकी हुन ।      प्रदेश सरकारले आदिवासी जनजातिलाई वेवास्था गरेको आरोप लागाउदै उनले आदिवासी दिवस, थारु, तामाङ, मगर लगायतका आदिवासी जनजातिले मनाउने चाडपर्वमा विदा नदिने तर, मुश्लिम, मधेशी र हिन्दुहरुको सानातिना चाडपर्व समेतमा बिदा नदिई भेदभाव गरेकोप्रति गुनासो गरिन् ।      संघीय सरकारको जातीवादी र नश्लवादी चरित्रलाई प्रदेश सरकारले समेत निरन्तरता दिएको वताउदै आदिवासी जनजाति प्रति विभेद र भेदभाव कायम राखे अधिकार प्राप्तिको लागी आदिवासी जनजातिहरु संर्घषमा उत्रन वाध्य हुने चेतावनी समेत उनले दिईन । .... विस्तृत
शोकमा स्थानिय तह र शैक्षिक संस्था बन्द 2075/08/09  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० मा शुक्रवार राति भएको बस दुर्घटनामा मुत्यु भएकाहरुको शोकमा आईतवार जिल्लाको सबै स्थानीय तहका कार्यालय र शैक्षिक संस्था बन्द गरिएको छ । एउटै टोलका पाँच जनाको ज्यान जानेगरी भएको दुर्घटना अत्यन्तै दुखद रहेकाले मृतक प्रति श्रद्धाञ्जलीका लागि आईतवार जिल्लाका सबै १८ वटै स्थानीय तह, मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक मनाउन बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले बताए ।      डाकनेश्वरी नगरपालिकाका ६४ जना तिर्थयात्रीसहित सुनसरीको बराह क्षेत्र मेला भरेर फर्कने क्रममा शुक्रबार राती सो बस दुर्घटनामा परेको थियो ।  विस्तृत

 

ताजा अपडेट