rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित 2078/11/10    ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीका कारण राजविराज नगरवासीले अनावश्यक दुःख झेल्नु परेको छ ।  बिना कारण सवारी चालकलाई दुःख दिने गरेका जवान मण्डलले आफूलाई दबंग प्रहरीको सूचीमा राख्न खोजेका छन् । सवारी चालकसँग आवश्यक कागजात रहँदा रहँदै पनि उनी कुनै अन्य वहानामा जसरी पनि सवारीसाधन नियन्त्रणमा लिने गरेको राजपाका नेता नवनित झाले बताए । ... विस्तृत
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी 2078/11/10 डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।  मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो । ..... विस्तृत
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित 2078/11/10 अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो । गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो । .... विस्तृत
एमसीसी विरुद्ध प्रदर्शन 2078/11/10 माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) सप्तरीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध राजविराजमा मगलवार प्रर्दशन गरेको छ ।  अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जयप्रकाश यादवको नेतृत्वमा निकालिएको जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन । .... विस्तृत
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता 2078/11/09  सप्तरी जिल्लामा मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको छ । यो संख्या अघिल्लो निर्वाचन भन्दा ६० हजार ७ सय बढी हो । जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार गत मंसिरदेखी चलाइएको मतदाता नामावली संकलन अभियानका क्रममा ३० हजार ४ सय २८ महिला र ३० हजार ३ सय ३७ पुरुष नयाँ मतदाता थपिएको हो । योसँगै जिल्लामा २ लाख २१ हजार १ सय २५ पुरुष, २ लाख ३ हजार ५ सय ६२ महिला र २२ तेश्रोलिंगि गरि कुल मतदाताको संख्या ४ लाख २४ हजार ७ सय ९ पुगेको हो । ..... विस्तृत
सप्तकोशी नपाका कर्मचारीहरु कामकाज रोकी आन्दोलित 2078/11/09 सप्तकोशी नगरपालिकाका कर्मचारीहरु सोमबारदेखी कामकाज रोकी आन्दोलित भएका छन् ।  कर्मचारीहरुलाई धम्क्याउने कार्य तथा कार्यालयमा सुरक्षित साथ काम गर्ने वातावरण नरहेको भन्दै कर्मचारीहरुले सेवा रोकेका हुन् । कर्मचारीहरुद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारि गरि कामकाज उचित वातावरण निर्माण नभएसम्म काममा नफर्किने जनाइएको छ । .... विस्तृत
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश 2078/11/09  सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडेरीका नेकपा एमालेका स्थानिय नेता सुशिल बरबरिया पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  सोमबार जसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानपञ्च समेत रहेका बरबरियासँगै विभिन्न पार्टी परित्याग गरि एक सयभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।.... विस्तृत
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते 2078/11/09  सप्तरीको सप्तकोशी नगरपालिकामा आइतबार ताला लगाउने र खोल्ने पक्षबीच झडप भएको छ । सो झडपमा एक वडाअध्यक्षसहित दुई जना घाइते भएका छन् ।  ६ सूत्रिय माग राखी बिहीबार नगरपालिकामा चार दलिय गठबन्धनले तालाबन्दी गरेको थियो । तर, शुक्रबार अर्कोपक्षले जबरजस्ती ताला फोडेर कार्यालय संचालन गरेका थिए । सोही विषयलाई लिएर दुबैपक्षबीच झडप भएको हो । ..... विस्तृत
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान 2078/11/09 जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचालनमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका लागि एक गैर सरकारी संस्थाले आइतबार टेलिभिजन, डस्ना, सिरक, झुल, बच्चाहरुको शैक्षिक तथा विभिन्न खेलकुद सामाग्रि उपहार प्रदान गरेको छ । केन्द्रलाई महिला तथा बालमैत्री बनाउन थप सहयोग पु¥याउने उद्देश्यका साथ युनिसेफको सहयोगमा जनकपुरस्थित लाइफ नेपाल नामक संस्थाले एक कार्यक्रमबीच उक्त सामानहरु उपहार दिएका हुन् । .... विस्तृत
कदमाहा र मटिगढी सडकको शिलान्यास 2078/11/09 राजविराज नगरपालिका वडा १० को कदमाहादेखी मटिगढीसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको आइतबार नगरप्रमुख शम्भु प्रसाद यादवले शिलान्यास गरेका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । .... विस्तृत
काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिपको निधन 2078/11/06  नेपाली काँग्रेस सप्तरीका क्षेत्रिय समिती सदस्य कुलदिप देवको शुक्रवार विहान निधन भएको छ । ४० वर्षिय कुलदिपको ब्रेन ह्याम्रेज भई निधन भएको परिवारजनले जनाएको छ । उनको उपचारको क्रममा शुक्रवार विहान ४ बजे तिर विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो । .... विस्तृत
कंचनरुप निवासी चौधरीमा कालाजारको पुष्टि 2078/11/06  सप्तरीको कंचनरुप नगरपालिकाका एक स्थानियमा कालाजारको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कंचनरुप नगरपालिका ११ निवासी ४८ वर्षीय शुभनारायण चौधरीमा कालाजार भएको पुष्टि भएको जानकारी दिएका छन् ।... विस्तृत
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु 2078/11/06  युृवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सप्तरीमा तीन दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ ।  कृषि ज्ञान केन्द्र सप्तरीको आयोजनामा उक्त तीन दिने तालिमको आयोजना गरिएको हो । कृषि उत्पादनमा बृद्धि तथा बेरोजगारलाई क्षमता अभिवृद्धी, विऊ विजन उत्पादन तथा व्यवस्थापन सम्बन्धि आधारभुत तालिम शूरु भएको छ । ..... विस्तृत
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी 2078/11/05 आर्थिक अनियमितता भएको भन्दै सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार तालाबन्दी गरिएको छ । चार दलिय गठबन्धनद्वारा गठित संर्घष समितीद्वारा सो तालाबन्दी गरिएको हो ।  संघर्ष समितीका संयोजक समेत रहेका नेपाली काँग्रेस नगर समितीका सभापती युवराज खनालले अनियमितताको छानवीन हुनु पर्ने तथा नगरपालिकाको आय–ब्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको आरोप लगाएका छन् । .... विस्तृत
फुटबल संघ सप्तरीको अध्यक्षमा परियारद्वारा उम्मेदवारी घोषणा 2078/11/05  फुटवलका सेवानिवृत सहायक प्रशिक्षक राजकुमार परियारले जिल्ला फुटबल संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  पुराना खेलाडी समेत रहेका परियारले फागुनको तेश्रो साता हुन लागेको जिल्ला फुलवल संघ (एन्फा) सप्तरीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । राजविराज ८ निवासी परियार गत जेठ १ गते प्रशिक्षक सेवाबाट निवृत भएका हुन् । .... विस्तृत
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट  2078/11/05  राजविराजस्थित बालाजी डेन्टल क्लिनिक प्रालिले बिहीबार आफ्नो वार्षिकोत्सव मनाएको छ ।  स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार दन्त रोगको उपचारमा आएका बिरामीहरुलाई विशेष छुटसहित सेवा प्रदान गर्दै वार्षिकोत्सव मनाएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 164
  • 165
  • 166
  • 167
  • 168
  • 169
  • 170
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.