rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था 2078/09/22  केही दिनयता सप्तरीसहित मुलुकभर चिसो बढेसँगै जनजिवन प्रभावित भएको छ ।  अत्याधिक चिसोका कारण सप्तरीमा एक व्यक्तिको कठ्याग्रिएर मृत्यु भएसँगै स्थानिय तहहरुले चिसोबाट बच्न र बचाउन आगो ताप्नका लागि दाउराको प्रबन्ध मिलाएका छन् । .... विस्तृत
प्रदेश २ की राज्य मन्त्रीको गाडी दुर्घटना 2078/09/22 प्रदेश २ कि आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी आफ्नै गृह जिल्ला सप्तरीमा बुधबार दुर्घटनामा परेको छ । दुर्घटनामा राज्यमन्त्री कर्णसहित ६ जना घाइते भएका छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ मा एक महिनाअघि अज्ञात समूहबाट हत्या गरिएका मुक्ति मण्डलको परिवारलाई भेटेर फर्किने क्रममा ज.१झ. ४०६ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।  ..... विस्तृत
रोजगारीका लागि दुबई गएका सुकदेवको बाकसमा शव आयो 2078/09/21  नौं वर्षअघि रोजगारीका लागि दुबई गएका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ६ का सुकदेव चौधरीको बुधबार साँझ बाकसमा शव आएको छ ।  ४६ वर्षिय चौधरी बैदेशिक रोजगारीका क्रममा ९ वर्ष अघि दुबई पुगेका थिए । एक महिना अघि दुबईमै रहँदा पारालाइसिस भई अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनको भनाई छ । .... विस्तृत
पुस २५ देखी बजाजको महाएक्सचेन्ज मेला  2078/09/21    पुस २५ देखी बजाज कम्पनीका मोटरसाइकलको महाएक्सचेन्ज मेला राजविराजमा आयोजना गरिने भएको छ । हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्राली गोल्छा ग्रुप तथा खान अटोमोवाइल्स एण्ड इलेक्ट्रोनिक्स प्रालि राजविराजले उक्त मेलाको आयोजना गर्ने भएको हो । .... विस्तृत
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने 2078/09/21  नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः सरेको छ । यसअघि १६ जिल्लाको अधिवेशन यही पुस २७ गतेका लागि तोकिएको थियो । अब अधिवेशन आगामी माघ १५ गते हुने तय गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ ।.... विस्तृत
चिसोले एकको मृत्यु जनजिवन कष्टकर बन्दै  2078/09/20    केही दिनदेखी तराई मधेशमा बढ्दै गएको चिसोसँगै चलेको सितलहरले जनजिवन कष्टकर बन्दै गएको छ । यसैक्रममा अत्याधिक चिसोका कारण सप्तरीमा सोमबार बिहान कठ्याग्रीएर एक जनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा महदेवा गाँउपालिका ४ का ६५ वर्षिय देवनारायण ठाकुर छन् । गाउपालिकाकी उपाध्यक्ष ममता यादबले विहान उठेर ढोका बाहिर निस्केका मण्डल कठ्याग्रीएर बेहोस भएपछि आफन्तले समहाल्न नपाउदै उनको मृत्यु भईसकेको बताइन् ।.... विस्तृत
सप्तरी काँग्रेस सभापतिको दौडमा  आधा दर्जन भन्दा बढी आकांक्षी 2078/09/20  यही पुस २७ गते तय भएको नेपाली काँग्रेस सप्तरीको जिल्ला अधिवेशनको चहलपहल बढेसँगै सभापति पदका आकांक्षी समेत बढ्दै गएका छन् । सभापतिका दौडमा आधा दजर्न भन्दा बढी आकांक्षी देखिएका छन् । सभापती पदका लागी देउवा पक्ष मानिएका निर्मला यादव, भगवती प्रसाद यादव, रामप्रसाद मण्डल र शत्रुघन यादवकोे दावेदारी छ भने संस्थापन इतर पक्ष मानिएका रामदेव साह, राम कुमार यादव र रामु यादवले दाबेदारी पेश गरेका छन् । .... विस्तृत
राष्ट्रियसभा सदस्य दुई सीटका लागि पाँच जनाको उम्मेदवारी  2078/09/20  मघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा २ सिटका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।  प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ बाट पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको छ भने महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको हो ।.... विस्तृत
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव  2078/09/20  राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजबिरजमा नगरपालिका भित्र बिकासको लहर आएको बताएका छन् ।  सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।..... विस्तृत
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित  2078/09/20  गैसस महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा नवनिर्वाचित ध्रुवप्रसाद देवलाई सोमबार राजविराजमा सम्मान गरिएको छ । गैसस महासंघ सप्तरीद्वारा आयोजित एक कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष देवलाई गम्छा ओढाई फुलमाला र अबिरबाट सम्मान गरेका हुन ।.... विस्तृत
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय 2078/09/18  राजविराजमा स्थापना भएको प्रदेश २ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ । राजविराज नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले वडा नं. १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि छबिस विगहा ८ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो । .... विस्तृत
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते   2078/09/18  सप्तरीमा शनिबार राती भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  जिल्लाको सप्तकोशी नगरपालिका वडा नंं ४ कंचनपुर फत्तेपुर भित्रि सडक खण्डमा को.२२प. १५५८ नंं को मोटरसाइकल र को.२२प. १५५८ नं. को मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । ... विस्तृत
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप  2078/09/18 जनमत पार्टी सप्तरीका अध्यक्ष, सचिव लगायत ६ जना नेताबिरुद्ध सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप गरिएको छ ।  किसानहरुको माग सम्बोधन गर्न भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा सप्तरीबाट पक्राउ परेको १४ जना मध्ये ६ जनालाई प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ७ दिने म्याद थप गरिएको हो । .... विस्तृत
अज्ञात समूहद्वारा ट्रकमा आगजनी 2078/09/16 पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ महुली पुल नजिक शुक्रबार दिउँसो एक ट्रकमा आगजनी भएको छ । गिट्टी बोकेर पूर्वतर्फ जादैँ गरेको ना.६ख. ७६२९ नम्वरको ट्रकमा आगजनी भएको हो । आगजनीबाट ट्रकको अगाडीको भाग जलेको छ । ट्रकमा लगाइएको आगो नियन्त्रणका लागि प्रहरी, स्थानियवासी तथा वारुणयन्त्रको मद्दत लिएको थियो ।  ..... विस्तृत
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ 2078/09/16  जनमत पार्टीले किसानहरुको समस्या समाधान गर्न ११ बुँदे माग राखेर अनिश्चितकालीन राजमार्ग बन्द आन्दोलनलाई निरन्तरता दिँदै शुक्रबार पनि पूर्व–पश्चिम राजमार्गमा बन्दको प्रभावमा परेको छ । राजमार्ग बन्द आन्दोलनका क्रममा जिल्लाको भारदहमा राजमार्ग अवरुद्ध गर्दै गरेका जनमत पार्टीका सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलसहित एक दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
जसपाद्वारा जनमत बिरुद्ध खबरदारी जुलुस 2078/09/16  जनता समाजवादी पार्टी नेपालले जनमत पार्टी बिरुद्ध सप्तरीमा शुक्रबार खबरदारी जुलुस निकालेको छ । जनमत पार्टीका नेता कार्यकर्तामाथी कारवाहीको माग गर्दै जसपाले सो खबरदारी जुलुस निकालेको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीको कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष लगायतले नेता कार्यकर्तामाथी आक्रमण तथा सवारीसाधनलाई तोडफोड गरेको भन्दै वडा अध्यक्षलाई कारवाहीको माग गर्दै आन्दोलन गरिरहेको बेला जसपाले पनि सो पार्टी बिरुद्ध खबरदारी जुलुस निकालेको जनाइएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 171
  • 172
  • 173
  • 174
  • 175
  • 176
  • 177
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.