rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
कानुनी साक्षरता कार्यक्रम सम्पन्न 2078/08/21 लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत मंगलबार राजविराजमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।..... विस्तृत
असक्तलाई सिरक प्रदान 2078/08/17  चिसोबाट पीडित र शारिरीक रुपमा अशक्त विपन्न परिवारका ५० जनालाई शुक्रबार सिरक प्रदान गरिएको छ ।  राजविराजस्थित समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले संयुक्त रुपमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ५० जना शारीरिक असक्तलाई सिरक बितरण गरेको हो । ..... विस्तृत
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति 2078/08/17  नेपाली काँग्रेस सप्तरीको चार मध्ये तीन निर्वाचन क्षेत्रमा संस्थापन पक्षका सभापति निर्वाचित भएका छन् । महासमिति प्रतिनिधिमा समेत अधिकांश संस्थापन पक्ष कै उम्मेदवार बिजयी भएका छन् । शुक्रवार घोषित परिणाम अनुसार सप्तरीको क्षेत्र १ बाट ललन प्रसाद गुप्ता, २ बाट महानन्द प्रसाद यादब र ३ बाट भुपेन्द्र यादब निर्वाचित भएका हुन । क्षेत्र नं. ४ भने बिवादका कारण अझै अधिबेशन हुन नसकेको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् । .... विस्तृत
महदेवाका हजरत अस्पताल परिसरमै लुटिए 2078/08/17 सप्तरीको महादेवा गाउँपालिका ४ वलियाका एक व्यक्ति गजेन्द्रनारायण सिंह अस्पताल  राजविराज परिसर भित्र लुटिएका छन् ।   महादेवा गाउँपालिका ४ बलियाका मो. हजरतले शुक्रबार पत्रकार सम्मेलन गर्दै गाउँका मो. आसिन मियाँ र मो. फिदा हुसेन लगायतकाले नगद तथा मोबाईल लुटपाट भएको आरोप लगाएका हुन् ।..... विस्तृत
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले  2078/08/17  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भई सप्तरी प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले सबै जिम्मेवार सरोकारवाला सँग सहकार्य गरेर सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने बताएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचारकर्मीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उनले यस कार्यमा सघाउन संचारकर्मी तथा अन्य सरोकारवालाहरुसँग अनुरोध पनि गरे । ..... विस्तृत
दलित वस्तीका छात्रछात्रालाई पाठ्यपुस्तक वितरण  2078/08/17  राजविराज जेसीजले नगरको वडा नं. ९ स्थित दलित वस्तीका छात्रछात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको छ ।  राजविराज जेसीज सप्ताह २०२१ अन्तर्गत चौथौ दिन राजविराज नगरपालिका वडा नं. ९ मलेठस्थित विहारपुरका दलित वस्तीका सरकारी विद्यालयमा पठनपाठन गरिरहेका ४५ जना छात्र तथा छात्राहरूलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको हो । .... विस्तृत
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी 2078/08/15  सूचनाको हक सम्बन्धी कानुन बमोजिम सूचना नदिएको भन्दै सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी परेको छ । बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए । .... विस्तृत
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न 2078/08/15  खाद्य उद्योगी व्यसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि सम्बन्धि एक दिने गोष्ठी राजविराजमा बुधबार सम्पन्न भएको छ । खाद्य पदार्थमा बढ्दो मिसावट र गुणस्तरहीनतालाई नियन्त्रण गरी खाद्य स्वच्छता तथा गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजद्वारा आयोजित कार्यक्रममा सप्तरीका २५ जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।.... विस्तृत
एमाले अधिवेशनमा सहभागि  भएका सदाको मृत्यु 2078/08/15  हालै चितवनमा सम्पन्न नेकपा एमाले महाधिवेशनमा सहभागी भएका सप्तरीको सुरुङ्गा नगरपालिका ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । गाउँको नेताहरूसँग उनी चितवन गएका थिए । भगलुको शव पाँच दिनपछि मंगलबार बेलुका घर ल्याइएको थियो । उनको दुवै खुट्टा भाँचिएको अवस्थामा छ । महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका स्थानिय एक एमाले नेताले बताए ।.... विस्तृत
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ 2078/08/15 अदालतबाट पाँच वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेको छ ।  साबिकको कल्याणपुर गाबिस वडा नं. ४ बस्ने ३५ वर्षिय मो. मिष्टर अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ज्यान मार्ने उधोग मुद्धामा सप्तरी जिलला अदालतले २०७५ साल असार १० गतेको ५ बर्ष कैदको फैसला सुनाएको थियो । ..... विस्तृत
राजविराज जेसीजद्वारा प्लोगिङ्ग कार्यक्रम सम्पन्न 2078/08/15  राजविराज जेसीजद्वारा संचालित जेसीज सप्ताह २०२१ अन्तर्गत दोस्रो दिन बुधबार प्लोगिङ्ग कार्यक्रम सम्पन्न गरेको छ । विहान ६ बजे राजविराज जेसीज भवनदेखि राज रङ्गशाला, जिल्ला प्रशासन कार्यालयहुँदै भगवती मन्दिरको प्राङ्गणसम्मको फोहोर प्लास्टिक बोतल सङ्कलन गरि राजविराज नगरपालिकाको सरसफाई गरि दललाई बुझाएको छ । .... विस्तृत
न्यूनतम ज्याला सम्बन्धि सम्वाद सम्पन्न 2078/08/15  सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बुधवार न्युनतम ज्याला बिषयक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा डाक्नेश्वरी नगरपालिकाको नगरसभा हलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, रोजगारदाता तथा हरवा चरवा मजदुरहरुको सहभागिता रहेको थियो । ..... विस्तृत
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै 2078/08/14 सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदैछ । जसकारण पार्टी भित्रको दुई पक्षबीचको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । एक पक्षको नेतृत्व पूर्वमन्त्री समेत रहेका जिल्ला अध्यक्ष उमेश कुमार यादवले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज अशोक कुमार मण्डल “अमर” ले गरिरहेका छन् । पार्टी भित्रको विवादका कारण पार्टीका समर्थक र स्थानिय नेता कार्यकर्ताहरु समेत अन्यौलमा परेका छन् । ..... विस्तृत
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग  2078/08/14 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले किसानको समस्या समाधान गर्न माग गर्दै मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।... विस्तृत
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु 2078/08/14  राजबिराज जेसिस सप्ताह अन्तर्गत मंगलबार पहिलो दिन जेसिस परिसरको सरसफाइ र बृक्षारोपन गरि सुरुवात गरिएको छ । राजबिराज जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको अध्यक्षता तथा निवर्तमान अध्यक्ष नानिमैया कटवाल लगायत सम्पुर्ण जेसिस सदस्यहरुको उपस्थितिमा जेसिस सप्ताह सुरु भएको हो ।  .... विस्तृत
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली 2078/08/13  जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता नामावली संकलनका लागि मंसिर १७ देखी जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकामा खटिने भएको छ ।  सोमबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन बारे सो जानकारी दिएको हो ।..... विस्तृत

 

  • 1
  • ...
  • 176
  • 177
  • 178
  • 179
  • 180
  • 181
  • 182
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.