rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
आईडियलको कुल बचत संकलन एक सय ६ करोड भन्दा बढी 2078/09/03  राजविराज÷आईडियल सहकारी संस्था लिमिटेडले सहकारीको क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । संस्थाको शनिबार सम्पन्न २२ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाको कुल बचत संकलन १ सय ६ करोड भन्दा बढी रहेको उल्लेख छ । संस्थाका अध्यक्ष गणेश कुमार आशद्वारा प्रस्तुत प्रतिवेदनमा हालसम्म कुल बचत संकलन १ सय ६ करोड ४ लाख १० हजार ४६ रँपैया ६५ पैसा रहेको उल्लेख छ । त्यस्तै शेयर पुँजी ८ करोड २० लाख ४० हजार ५ सय, कुल लगानी ७४ करोड ४३ लाख २९ हजार ६ सय ६३ रहेको छ । ..... विस्तृत
तिम्ल्याहा बच्चाको जन्म  2078/09/03  राजविराज÷राजविराजस्थित एक निजि अस्पतालमा एक महिलाले तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् ।  छिन्नमस्ता अस्पताल प्रालिमा सप्तरीको छिन्नमस्ता गोबिन्दपुर निवासी २२ वर्षिया मनितादेवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । .... विस्तृत
अन्तराष्ट्रिय आप्रवासन दिवसमा रक्तदान  तथा मैनबत्ति प्रज्ववलन 2078/09/03 राजविराज÷अन्तराष्ट्रिय आप्रवासन दिवस २०२१ को अवसरमा शनिबार रक्तदान तथा मैनबत्ति प्रज्ववलन गरि मनाइएको छ ।  सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा “सीपमूलक र सुरक्षित रोजगार, मर्यादित आप्रबासनको मुलआधर” भन्ने मूल नाराका साथ सप्ताहब्यापी रुपमा सो दिवस मनाइएको हो । .... विस्तृत
प्रदेश सरकारद्वारा कृषि विश्वविद्यालयको  तयारीका लागि ३१ करोड अनुदान  2078/09/02  प्रदेश २ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिन निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ दिने निर्णय गरेको प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उक्त रकम विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि खर्च गरिने उनले बताए । .... विस्तृत
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु 2078/09/02 सिरहाको लहान नगरपालिका ३ स्थित सडकमा बिहीबार साँझ सबारी दुर्घटना हुदाँ एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।.... विस्तृत
कारागारका बन्दीको मृत्यु 2078/09/02  राजविराज कारागारका कैदी जिवन बिताइरहेको एक बन्दीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।  ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो । .... विस्तृत
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न  2078/09/02  स्वास्थ विकासका लागि शहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तरगत खडक नगरपालिकामा सरसफाइकर्मीहरुलाई दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी दुई दिने तालिमको आयोजना गरिएको छ । एसएनभी नेपालको सहयोग एवं खडक नगरपालीकाको समन्वयमा सबल नेपालद्धारा दिसा जन्य लेदो सुरक्षित साथ विर्सजन तथा व्यवस्थापन गर्ने उद्देश्यले संचालन गरिएको प्रशिक्षक एसएनभी नेपालका कृष्ण जिसिले बताए । .... विस्तृत
श्याम महोत्सव मनाईदै 2078/09/02  मारवाडी समुदायले मनाउदै आएको श्याम महोत्सव राजविराजमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । श्री श्याम अमृत वर्षा नाम दिइएको महोत्सव अन्र्तगत बालाजी श्याम भक्तमंडल राजविराजले शुक्रबार रथयात्रासहित विभिन्न धार्मिक कार्यक्रम गरी महोत्सव मनाउन लागेको हो ।.... विस्तृत
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह  2078/09/02  सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सितलहरको समयमा स्थानिय तहले न्यानो कपडा, दाउराको प्रबन्धका साथै समुदायमा सुचनाको पहुँच पु¥याए मानविय क्षति कम हुने बताएका छन् ।  कोशी पीडित समाजको आयोजना तथा डब्लुएफपिएको सहयोगमा शुक्रबार बिपद पूर्व तयारी र अग्रिम कार्य वारेमा संवाद कार्यक्रममा सरोकारवालाहरू सँग सो कुरा बताएका हुन् । ..... विस्तृत
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न 2078/09/01  राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापन पेशामा संलग्न रहेका दुई प्राध्यापकहरुको स्मरण गर्दै विहिवार राजविराजमा श्रद्धाञ्जली सभा गरिएको छ ।  स्व. प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व. प्रा.उमेश नारायण श्रीवास्तवको १६ औंं दिनको पुण्यतिथिमा सो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । ... विस्तृत
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न 2078/09/01  राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै प्राध्यापन पेशामा संलग्न रहेका दुई प्राध्यापकहरुको स्मरण गर्दै विहिवार राजविराजमा श्रद्धाञ्जली सभा गरिएको छ ।  स्व. प्राध्यापक त्रिपुरारी शरणको दोश्रो स्मृति दिवस र स्व. प्रा.उमेश नारायण श्रीवास्तवको १६ औंं दिनको पुण्यतिथिमा सो श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । ... विस्तृत
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ 2078/08/29 मलखाद्य नपाएको भन्दै सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशसन कार्यालय घेराउ गरेका छन् । मलखाद्यको अभावमा लगाइएको बाली समेत नष्ट भइरहेको भन्दै मलखाद्य उपलब्ध गराउन माग गर्दै उनीहरुले राजविराजमा प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका हुन् ।  प्रदर्शनका क्रममा किसानहरुले बुधबार दिउँसो राजविराजस्थित गजेन्द्र चौक, जनआन्दोलन चौक लगायतमा टायर बालेर आक्रोस जनाए । मलखाद्य नपाउँदा आक्रोसित बनेका किसानहरुले जिल्ला प्रहरी कार्यालय समेत घेराउ गर्न पुगेका थिए । .... विस्तृत
समुन्नती कार्यक्रम खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायि बन्दै  2078/08/29 समुन्नती÷लैंङ्गिक केन्द्रित कार्यक्रम÷घरमा सुरक्षित सिकाई परियोजना कार्यक्रम संचालनमा आएपछि सप्तरीको खडक र सुरूङ्गाका बालवालिकाका लागि लाभदायिक बन्दै गएको छ ।  खडक नगरपालिका वडा ९ स्थित बजराही गुठ्ठीको बिद्यालयमा नयाँ कोठा, चर्पि तथा अशक्तको लागि ¥याम्प निर्माण गरिदिएपछि बिद्यार्थीहरू उत्साहित भएका छन् ।..... विस्तृत
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव 2078/08/29  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशमा अहिले पनि नागरिकता समस्या कायमै रहेकोले त्यसलाई समाधान गर्न जसपाले अग्रसरता देखाएको बताएका छन् ।  सप्तरीको तिरहुत गाउँपालिका १ मा बुधबार आयोजित वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले मधेशमा जन्मको आधारमा दिइने नागरिकताको समस्या रहेकोले त्यसलाई समाधानका लागि  पार्टीले ससंदमा आवाज उठाइरहेको बताए । .... विस्तृत
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव 2078/08/27    जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ का जनता कृषिमै निर्भर रहेकाले दक्ष जनशक्ति उत्पादनका साथ साथै कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । सप्तरी सदरमुकाम राजविराजमा सोमबार एक कार्यक्रमबीच प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । .... विस्तृत
किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ लुटिए 2078/08/27 सप्तरीको छिन्नमस्ता गाउँपालिकामा किसानका लागि बितरण गर्न राखिएको अनुदानको गहुँको बिऊ आइतबार लुटिएको छ । अनुदानको गहुँको बिऊ आफ्नै केही कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा स्थानिय तथा भारतीय तिर्थयात्रुहरुले लुटेर लगेको गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले आरोप लगाएका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 174
  • 175
  • 176
  • 177
  • 178
  • 179
  • 180
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.