महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह 2078/11/24  समाजवादी महिला संघ सप्तरीद्वारा राजविराजको नगरसभा कक्षमा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले सबै क्षेत्रमा महिलाको समान सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा सहभागीहरुको जिज्ञासा र मागको जवाफमा कार्यक्रमका प्रमुख अतिथि रहेका मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले महिलालाई सबै क्षेत्रमा समान सहभागिताको सुनिश्चितता र आर्थिक रुपमा सबल बनाउन प्रदेश सरकारले बजेटमा धेरै कार्यक्रम समावेश गरेको बताए । .... विस्तृत
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन  2078/11/22  मलेठ घटनाको आज पाँच वर्ष पुरा भएको छ । सो घटना बारे राष्ट्रिय मानव अधिकार आयोगले बुझाएको प्रतिवेदन यथार्थ नभएको भन्दै तत्कालिन प्रदेश नं. २ सरकारले आफैं छानबिन गर्न २०७४ साउन ७ गते समिति गठन ग¥यो ।  २०७४ साल साउन ७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र तत्कालिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह सदस्य थिए । समितिमा मुख्य न्यायाधिवक्ता कार्यालयका उप–न्यायाधिवक्ता कृष्णप्रसाद बराल सदस्य सचिव थिए ।..... विस्तृत
लेखापरिक्ष नियुक्तिमा आर्थिक चलखेल भएको अडिटर्स एशोसिएसनको आरोप, कंचनरुपका ३२ सामुदायिक विद्यालयले तीन वर्षदेखी लेखापरिक्षण गराएनन् 2078/11/21   राजविराज÷नेपाल अडिटर्स एशोसिएसन जिल्ला कार्य समिति सप्तरीले जिल्लाको कंचनरुप नगरपालिकाले स्थानिय सामुदायिक विद्यालयहरुमा लेखापरिक्षकको नियुक्तीमा अनियमितता भएको ओरोप लगाएको छ । अडिटर्स एशोसिएसनका अध्यक्ष विश्वनाथ देवद्वारा जारि विज्ञप्तिमा कंचनरुप नगरपालिका शिक्षा शाखाले लेखापरिक्षणार्थ लेखापरिक्षकको नियुक्ति गर्न सूचना पालिकाको वेवसाइटमा असोज १२ गते प्रकाशित गरेपछि ३३ जनाको निवेदन परेकोमा १५ जनालाई मात्र आर्थिक चलखेल गरि मनपरी तरिकाले नियुक्त गरेको आरोप लगाइएको छ । .... विस्तृत

 

ताजा अपडेट