rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
एक सय ५२ छात्रालाई साइकल बितरण 2076/05/16    “बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तरगत सप्तरीका दुई विद्यालयका छात्राहरुलाई आइतबार एक कार्यक्रमबीच साइकल बितरण गरिएको छ ।  जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका दुई विद्यालयका १ सय ५२ छात्राहरुलाई प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो साइकल बितरण गरेका हुन् । ..... विस्तृत
आज तिज र चौठचन्द्र एकैसाथ मनाइदै 2076/05/16  सोमबार एकै दिन तिज र चौठचन्द्र पर्व परेकोले अहिले तराईको जिल्लाहरुमा महिलाहरु पर्व मनाउन सम्पूर्ण तयारी गरेका छन् ।  तराईका धनुषा महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिरहा, सप्तरी लगायतका जिल्लामा निष्ठा पुर्वक मनाईने यो पर्वमा परिवारको कल्याण र धन धान्यका लागी चौठचन्द्रको पुजा गरिन्छ । .... विस्तृत
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता 2076/05/15 राजविराज÷कोशी पीडितहरुले गत साउन ३२ गतेदेखी सुरु गरेको रिले अनशन शनिबार १५ दिन पुगेको छ । सो अवसरमा उनीहरुको समस्या बारे नेपाल तथा भारतका संचारकर्मीहरुले महत्वका साथ कलम चलाउने प्रतिबद्घता व्यक्त गरेका छन् । सुनसरी र सप्तरीको सिमाबर्तीस्थल कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै अनसनमा बसेका कोशी पीडितको अवस्था बुभ्mन शनिबार त्यहा पुगेको दुवै देशका संचारकर्मीहरुले सो प्रतिबद्घता व्यक्त गरेका हुन । ..... विस्तृत
कंचन यादव मृत्यु प्रकरण, सिआईबीबाट घटनाको छानबिन गर्न पीडित परिवारको माग 2076/05/13  सप्तरीको डाक्नेश्वरी नगरपालिका १ की २७ वर्षिया कंचनकुमारी यादवको हत्या भएको झण्डै एक महिना पुग्नै लाग्दा हालसम्म उनका परिवारले न्याय पाउन सकेको छैन् । आत्महत्या गरेको भनिएकी कंचनका परिवारजनले न्यायका लागि सरोकारवालासँग आग्रह गर्दै सिआईबीबाट सो घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।.... विस्तृत
तालाबन्दी गरिएको ढोका अगाडी मैनबत्ति प्रज्वलन 2076/05/13  राष्ट्रिय खेलकुद परिषद्को ५६ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार साँझ राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा मैनबत्ति प्रज्वलन गरिएको छ ।  यद्दपी समितिको कार्यालयको मूल ढोकामै तालाबन्दी गरिएपनि तालाबन्दी गरिएको ढोका अगाडी नै मैनबत्ति प्रज्वलन गरिएको हो । .... विस्तृत
सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला 2076/05/13 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ गिदखोरास्थित खाल्डोमा माछा मार्ने क्रममा बुधबार एक अजिङ्गर फेला परेको छ । .... विस्तृत
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै  2076/05/13 जिल्ला समन्वय समिति सप्तरीद्वारा आयोजित बार्षिक समीक्षा गोष्ठीमा विभिन्न स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले बार्षिक प्रगति बिवरण प्रस्तुत गरेको छ । बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित २०७५÷७६ को वार्षिक प्रगती समिक्षा गोष्ठीमा ती स्थानिय निकाय तथा कार्यालयहरुले प्रगती विवरण प्रस्तुत गरेका हुन् ।.... विस्तृत
विद्युत चोरी गरेको भन्दै एक होटल र फोटोकपी पसलको विद्युतीय उपकरण नियन्त्रणमा 2076/05/11    विद्युत प्राधिकरणले बिद्युत चुहावट नियन्त्रणका लागि आफ्नो प्रयासलाई निरन्तरता दिएको छ । यसैबीच प्राधिकरणले विद्युत चोरी गरि उपभोग गरिरहेका राजविराजको मुख्य सडकको एक होटल तथा एक फोटोकपी पसलमा बुधबार छड्के गरि विभिन्न विद्युतीय उपकरणहरु नियन्त्रणमा लिएको छ । .... विस्तृत
कोशीपीडितको माग पुरा गराउन पहल गर्ने कृषि मन्त्रीको प्रतिबद्धता 2076/05/10 विगत ११ दिनदेखी अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुरका कोशी पीडितहरुको जायज माँगप्रति प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले समर्थन जनाएका छन् । मंगलबार अनशन स्थल कोशी ब्यारेजमै पुगेका मन्त्री साहले कोशी पीडितहरुको माग जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले प्रदेश सरकारले कोशी पीडितहरुको माग पुरा गराउन आफ्नोस्तरबाट यसबारे संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए । .... विस्तृत
जनजागरण अभियान अन्तरगत ¥याली 2076/05/10 सप्तरीको महदेवा गाउँपालिकामा नेपाली काँग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तरगत मंगलबार ¥याली निकालिएको छ ।  महादेवा गाउँपालिका वडा नं. २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो । .... विस्तृत
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान 2076/05/09  सप्तरीको तिरहुत गाउँपालिकामा रहेको सबै पाँच वटै वडामा गरि विगत दुई वर्षको अवधीमा झण्डै १६ किलोमिटर सडक बिस्तार भएको छ ।  गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरका अनुसार आफू निर्वाचित भएर आएपछि गाउँपालिकाको बाटो र सडकको अबस्था अत्यन्त जिर्ण रहेको थियो । तर, अहिले गाउँपालिकाको ५ बटै वडामा ठुलो र सानो योजना बनाई १६ किलोमिटर बरावरको सडक बिस्तार गर्न सफल भएको जानकारी दिएका छन् । उनले ८ किलोमिटर ग्राभेल र ८ किलोमिटर कच्ची बाटो निर्माण कार्य सम्पन्न भएको बताए । .... विस्तृत
दुई प्राध्यापकले पाए अवकास 2076/05/09  त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका दुई प्राध्यापले उमेर हदका कारण सोमबार अवकास पाएका छन् । ... विस्तृत
खेलकुद समाग्री बितरण 2076/05/09  सप्तरीको महदेवा गाउँपालिकास्थित डाढामा सोमबार एक कार्यक्रम गरि खेलकुद सामग्री प्रदान गरिएको  छ ।  महदेवा गाउँपालिका वडा नंं ४ स्थित श्री ग्रामदेवता आधारभुत बिद्यालयमा आयोजित खेलकुद समाग्री बितरण समहारोमा मानिसको शाररिक बिकाश हुनको लागि  खेलकुद आवश्यक रहेको बिभिन्न बक्तहरुले जोड दिएका छन । .... विस्तृत
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु 2076/05/09  नेपाली काँग्रेस महादेवा गाउँपालिका सप्तरीले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको जानकारी सम्बन्धमा सोमबारदेखी जागरण कार्यक्रम सुरु गरेको छ । सोमबार संसदीय क्षेत्र नम्वर २ अन्तर्गत महदेवा गाउँपालिकामा नेपाली काँग्रेस गाउपालिकाको आयोजनामा घर दैलो अभियान सुरू गरेको हो ।.... विस्तृत
गाउँ ब्लकका जग्गामा बसोवास गर्नेलाई लालपूर्जा प्रदान 2076/05/09 राजविराज वडा नं. ९ मलेठस्थित गाउँ ब्लकका जग्गामा बसोवास गर्ने ७१ जना व्यक्तिलाई लालपूर्जा प्रदान गरिएको छ ।  वडा कार्यालयको प्राङ्गणमा सोमबार आयोजित गाउँ ब्लकको लालपूर्जा बितरण समारोहमा ती व्यक्तिहरुलाई उक्त लालपूर्जा प्रदान गरिएको हो । .... विस्तृत
संचारक्षेत्रमा अझ संघीयता आएको  छैन् ः अध्यक्ष गोबिन्द आचार्य 2076/05/09  नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले देशमा संघीयता आएपनि संचारक्षेत्रमा संघीयता नआएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवनमा आइतबार आयोजित न्युनतम पारिश्रमिक निर्धारण समितिद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अहिले पनि संचारकर्मीहरुले काठमाडौं केन्द्रित संचारग्राममै धाउनु पर्ने बाध्यता रहेको बताए  ।.... विस्तृत

 

  • 1
  • ...
  • 283
  • 284
  • 285
  • 286
  • 287
  • 288
  • 289
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.