सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु 2081/06/18 सप्तरीको  सप्तकोशी नगरपालिका २ गोबद्र्धन बैरागी उच्च माविमा शुक्रबार प्रस्तावित पर्यटकिय क्षेत्रको बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्नुका साथै ती स्थानहरुको अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  .... विस्तृत
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक  2081/06/11  जिउँदो मानव लागि संसार भरिमा कुनै पनि ठाउँको जग्गा प्राप्त गर्न सम्भव रहेपनि मृत्युपछि त्यही मानवलाई अन्तिम संस्कार गर्न थोरै जग्गा उपलब्ध नहुनु कति पीडादायी होला ? यस बारेमा मानविय सम्वेदना भएको जोसुकैले गम्भिर भएर सोच्दा पक्कै पनि पीडाको अनुभूति हुन्छ नै । यस्तै पीडादायी घट्ना भएको छ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा । बिहीबार राजविराज २ निवासी १ सय १२ वर्षिया जिल्लाकै सम्भवतः ज्येष्ठ नागरिक मानिएकी महमाया देवी झाको निधन भएपछि अन्त्येष्टिका लागि हनुमाननगर कंकालिनी नगरपालिका १२ कोशी किनारस्थित कोशी घाट लगिएको थियो । तर, त्यहाँ अन्तिम संस्कार गर्न दिईएन् । वडाध्यक्षको आदेश भन्दै स्थानीय व्यक्तिहरुले शवको अन्तिम संस्कार गर्न रोक लगाए ।... विस्तृत

 

ताजा अपडेट