लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान 2075/09/26 नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।   सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।.... विस्तृत
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम  2075/09/25  नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।  नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।  घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ । .... विस्तृत
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न 2075/09/23  राष्ट्रिय जनता पार्टी नेपालले प्रथम एकता महाअधिवेशनको तयारी गर्ने उद्देश्यका साथ सोमबार राजविराजमा बिस्तारित बैठक सम्पन्न गरेको छ । राजपा सप्तरीको आयोजनामा बिस्तारित बैठकमा राजपा महासचिव मनिषकुमार सुमनले बैशाख ७ र ८ गते हुने प्रथम एकता महाअधिबेशनलाई लक्षित गरि सप्तरीसहित २९ जिल्लामा बिस्तारित बैठक गर्न लागेको जानकारी दिएका छन् ।     पार्टीका सप्तरी संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा राजपाका महासचिव सुमनले महाअधिबेशनलाई लक्षित गरी बिस्तारित बैठक गर्न लागको बताए ।     उनले बैठकबाट प्रत्येक नगरपालिका तथा गाँउपालिकामा वडास्तरिय भेलाका लागि जिम्मेवारी दिईने र पुस २५ गते वडाको बिस्तारित बैठक सम्पन्न गर्ने केन्द्रीय कार्यक्रम रहेको उल्लेख गरे ।.... विस्तृत
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा  2075/09/22    सरकारले प्रशासनिक आधारमा गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा सप्तरीका १८ वटा स्थानिय तह मध्ये ख वर्ग दुर्गममा ६ वटा गाउँपालिका र ग वर्ग मध्यममा ८ नगरपालिका र ३ गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ ।  मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ ।  नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।.... विस्तृत
गाँउस्तरमा क्रिकेट खेलाडीको  उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड 2075/09/22  गाँउस्तरमा किक्रेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले किक्रेट खेलाडी छनोट गरि गाँउपालिका स्तरिय प्रतियोगिता गर्ने भएको छ ।  तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।      अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।.... विस्तृत
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम  2075/09/22  राजविराजको पहिलो नीजि विद्यालय विद्यालय ह्यापिल्याण्ड सेकेन्ड्री स्कुलले आइतबार आप्mनो ३९ औ स्थापना दिवस विभिनन कार्यक्रम गरि मनाएको छ ।   विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् । त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ । ..... विस्तृत
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट 2075/09/21  सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा रोपिएका गाँजाका बोटहरु फडान गर्दै नष्ट गर्दै आएको छ । प्रहरीले गाँजाका बोटहरु फडान गर्न अभियान नै चलाएको छ । यसैबीच प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडामा शनिबार अवैध रुपमा लगाईएको गाँजा खेती फडान गरेको छ ।      गाजा खेती भईरहेको जिल्लाको विभन्न स्थानमा विगत २ महिनादेखि अभियान नै थालेको प्रहरीले सो गाउँपालिकाको वडा १ र २ स्थित तिलाठी र लौनिया गाउँमा लगाईएको करिब ५ सय गाँजको बोट फडानी गरेको हो ।      गाँजा खेती भई रहेको सूचना र सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा पत्ता लागेपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको निर्देशनमा प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको छ ।.... विस्तृत
मदिरा नियन्त्रणको कानुन स्थानिय तहले  पनि बनाउनु पर्छ ः प्रजिअ पौडेल 2075/09/21  सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मदिरा नियन्त्रण गर्न स्थानिय तहले कानून वनाएर लागु गर्नु पर्ने बताएका छन् ।  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार सप्तरीको महुलीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रजिअ पौडेलले सो कुरा वताएका हुन् ।      समाजमा वढ्दै गइरहेको अपराधिकरणको मुख्य जडको रुपमा रहेको मदिरा उत्पादन, विक्रि वितरण तथा सेवनको नियन्त्रण गर्न स्थानिय तहवाट नै अभियान थाल्नु पर्नेमा जोड दिए । उनले स्थानिय तहहरु अव संविधान बमोजिम स्थानिय सरकार नै भएकोले यसले कानून वनाएर कडाईकासाथ कार्वाहीका कामहरु अगाडी वढाउनु पर्ने आवश्यकता औंल्याए । .... विस्तृत
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने 2075/09/19 सप्तरीमा बैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गरी ठगी मुक्त जिल्ला घोषणा गर्नका लागी अभियान चलाउने सरोकारवाला निकायले बताएका छन । बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र लाभदाय बनाउन उद्देश्यले आप्रवासन हकहित संरक्षण केन्द्रका सदस्यहरूको एकदिने क्षमता अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन ।     बिहिवार सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक बिकास केन्द्र आयोजनमा क्षमता अभिबृद्वि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले भाषाको ज्ञान, सिपको अभाबका कारण कामदारहरू बिदेशमा समस्यामा पर्ने गरेको छ । उनले बिदेशमा जादाँ सहि सुचना र सीप तथा सम्बन्धी कामको ग्यारेन्टी नहुन्जेल सम्म परदेश जान नहुने बताउदै सबै कुरामा बुझेर जान आग्रह गरे ।.... विस्तृत
प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले  नै निर्माण गर्ने ः उपप्रधानमन्त्री यादव 2075/09/18  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले भारत सरकारको सहयोगमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाता भित्र शुरु गरिएको प्रसुती गृह भवन लामो समयदेखि अधुरो रहेकोमा चिन्ता व्यक्त गरेका छन् ।  उनले अधुरो प्रसुती गृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको समेत जानकारी दिए ।     अगामी फागून १ देखि नेपाली सेनाको सहकार्यमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजना गरिने वृहत निःशुल्क स्वास्थ शिविरको पूर्व तयारी र स्थलगत अध्ययनको शिलशिलामा बुधवार राजविराज आईपुग्नुभएका उप प्रधानमन्त्री यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै आवश्यक रहेको बताए । उनले वातावरण राम्रो बनाउने काम स्थानियवासीले बनाए स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था सरकारले गर्ने बताए । .... विस्तृत

 

ताजा अपडेट