जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित  2079/07/12  धानुक मण्डल उत्थान समितिले पाँच जना जेष्ठ नागरिक र पाँच जना जेहेन्दार विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउमा शनिबार आयोजित उक्त कार्यक्रममा स्वजातीय मण्डल अन्तर्गत पर्ने बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर बस्ने ९४ वर्षीय सजनी देवी मण्डल, राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ८९ वर्षीय खुशीलाल मण्डल, छिन्नमस्ता ६ कोचाबखारी बस्ने ८४ वर्षीय बौकाई मण्डल, डक्ही बिहार बस्ने ८३ वर्षीय नथुनी मण्डल, राजगढ ५ मलेकपुर बस्ने ८१ वर्षीय अजानबती देवी धनुकाईन सहितलाई दोसाला, फुलको माला र अविर लगाई आयोजकले सम्मान गरेको हो ।..... विस्तृत
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश 2079/07/06  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट समानुपातिमा मधेश प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता आइतबार जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रिय सदस्य समेत रहेकी पुनम यादवको पार्टीले समानुपातिक सूचीमा १४औं नम्बरमा नाम सिफारिस गरेको छ ।  राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् । .... विस्तृत
सुरुङ्गा वडा नं. ५ र १० वालबिवाह मुक्त वडा घोषणा 2079/07/02 सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ र १० लाई एक समारोहबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।  सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुङ्गा नगरपालिकासँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।      उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गिता चौधरीले एक समारोहवीच बालविवाह मुक्त वडा घोषणा गरिन् । उक्त अवसरमा नगर प्रमुख गिता चौधरीले सूरूङ्गा नगरपालिकालाई चाडै वालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताईन । ..... विस्तृत

 

ताजा अपडेट