rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त 2079/01/08  नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले पत्रकार महांघका पदाधिकारी वा सदस्यहरु निर्वाचनमा उम्मेदबार बनेमा पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।  महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा केन्द्रिय समितिको भर्चुअल माध्यमबाट सम्पन्न पाँचौ पूर्ण बैठकले सो निर्णय गरेको जनाइएको छ ।..... विस्तृत
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश  2079/01/07  घर अगाडी नै धर्ना बसेकी राजविराज नगरपालिका वडा नं. ६ निवासी विपिन झाकी २२ वर्षिया पत्नी ब्युटिलाई अदालतको आदेशपछि घरमा प्रवेश गराइएको छ ।  घरेलु हिंसामा परेकी ब्युटिलाई मंगलवार राती प्रहरी, महिला अधिकारवादी तथा स्थानीय भरभलादमी समेतको पहलमा गृह प्रवेश गराइएको हो । ... विस्तृत
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग 2079/01/07 हरवा चरवाका समस्या समाधानको प्रतिबद्धतालाई आगामी निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा समावेश गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् । बुधबार राजविराजमा आयोजित जिल्ला हरवा चरवा अधिकार मञ्चले आयोजना गरेको जिल्लास्तरिय राजनैतिक दल र हरुवाचरुवा अगुवाहरुबीच आगामी स्थानिय निर्वाचनमा हरुवाचरुवाहरुको सहभागिता विषयक सम्वाद कार्यक्रमका सहभागि वक्ताहरुले उक्त माग गरेका हुन् । ..... विस्तृत
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै 2079/01/07  जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधवार सम्ममा जिल्लामा तोकिएका सबै मतदानस्थलको अनुगमन सकाएर कार्यालय स्थापना र आवश्यक कागजात तयार गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । विहीवार जिल्लाका सबै १८ वटै स्थानीयतहमा मुख्य र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको तयारी छ । .... विस्तृत
जसपाबाट निर्वाचित गाउँपालिका  अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश 2079/01/06  जनता समाजवादी पार्टीबाट सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित दिपककुमार यादव मंगलबार नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।  जसपा मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका उनीसँगै जसपा र स्वतन्त्रबाट जितेका दुई जना वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जन स्थानिय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । .... विस्तृत
भ्रष्टाचार मुक्त देश  निर्माणका लागि राप्रपालाई एक मौका ः अध्यक्ष लिङ्गदेन 2079/01/06  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले निर्वाचनमा असल मान्छे र असल पार्टी नजितेसम्म मुलुकबाट भ्रष्टाचारको अन्त्य नहुने भन्दै उनले भ्रष्टाचार मुक्त देश निर्माणका लागि राप्रपालाई एक मौका दिन आग्रह गरेका छन् । .... विस्तृत
रघु सिन्हा पुनः माओवादी केन्द्रमै फर्किए 2079/01/06  पार्टीको गतिविधीबाट केही समयदेखी असन्तुष्ट रहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका निवासी रघुकुमार सिन्हासहित डेढ सय जना मंगलबार पुनः नेकपा माओवादी केन्द्रमा फर्केका छन ।  सो गाउँपालिकास्थित बेल्हामा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्हासहित असर्फी यादव, रामेश्वर सरदार, महेश चौधरी, जगदीश झा, विनोद झा, कपिलदेव दास, शिवराम ठाकुर, रमेश सदा, कृष्णदेव महतोलगायत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । ..... विस्तृत
कुटपिट मुद्दामा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ 2079/01/06  कुटपिट मुद्दामा कैद सजाय पाएर १८ वर्षदेखी फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ५२ वर्षिय हरिनारायण साह हलुवाई छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बौजन खंग खत्वेको जाहेरीले साविकको नर्घो गाबिस वडा नं. ८ हाल राजगढ गाउँपालिका ३ निवासी हलुवाई कुटपिटमाथी कुटपिट मुद्दा दायर गरिएको थियो । अदालतको फैसला आएपछि उनी फरार भएका थिए । .... विस्तृत
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल  2079/01/06  नेविसंघ सप्तरीले दीप प्रज्वलन तथा बिरामीलाई फलफूल बितरण गरि आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ ।   मंगलबार स्थानीय नेता चौकमा दीप प्रज्वलन तथा गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरी संघले स्थापना दिवस मनाएको हो । .... विस्तृत
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण 2079/01/05  नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले नेपाली कांग्रेस सप्तरीको उपसभापतिमा रामकुमार यादवलाई निर्वाचित भएको घोषणा गर्दै प्रमाणपत्र दिएपछि उनले सोमबार पदभार ग्रहण गरेका छन् । पुनः गणनामा एक मतले निर्वाचित भएका यादवलाई सोमबार जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति रामदेव साहले पदभार ग्रहण गराएका हुन् ।..... विस्तृत
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी 2079/01/04  जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानिय तह निर्वाचन समयमै हुने बताएका छन् ।  सो पार्टीद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार भेटवार्ता कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले यस्तो बताएका हुन् ।      मुलुकमा राजनीतिक अस्थिरता ल्याउनेहरु सक्रिय भइसकेको र कुनै पनि बेला मुलुक दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउँदै उनले यसबारे मुलुकका राजनीतिक दलहरुलाई कुनै चिन्ता नरहेको बताए । ..... विस्तृत
आगलागीमा पाँच वर्षिय बालकको जलेर मृत्यु 2079/01/02  सप्तरीको बादेबरसाइन नगरपालिका वडा नं. १० स्थित अमरैया टोलमा शुक्रबार दिउँसो आगलागि हुँदा पाँच वर्षिय एक बालकको जलेर मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेतिर अचानक आगलागि हुँदा स्थानिय शत्रुधन यादवका पाँच वर्षिय छोरा शैलेश यादवको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...... विस्तृत
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी 2079/01/02  नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिका उपाध्यक्ष पदको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ ।  नेपाली काँग्रेस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका रामप्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएपछि उक्त निर्णय सम्बन्धी पत्र जिल्लामा आएपछि संस्थापन पक्षले आन्दोलन गर्ने चेतावनी दिएको छ ।.... विस्तृत
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप 2079/01/01  जिल्ला फुटवल संघ सप्तरीमा आवद्ध एक दर्जन फुटवल संघसंस्थाहरुले नेतृत्वमाथी किर्ते गरी निर्वाचन गराउन लागेको आरोप लगाएको छ । बुधवार ती संस्थाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सो आरोप लगाएका हुन् । संघमा आवद्ध जनज्योति युवा क्लब, प्रोग्रेसिभ युवा क्लब, युवा खेलकुद मंच, हिरोज स्पोटिंग क्लब, क्रिएटिभ युवा क्लब, नमोबुध युवा क्लब, हिमालय क्लब लगायतका क्लबका पदाधिकारीले किर्ते गरी गोप्य ढंगले गराउन लागीएको संघको निर्वाचन रोक्न र सो को छानवीन माग समते गरेका छन । ..... विस्तृत
पुर्नयोगको नतिजामा काँग्रेस सप्तरीको उपसभापतिमा यादव निर्वाचित 2079/01/01  नेपाली काँग्रस सप्तरीको निर्वाचनमा उपसभापती पद जितेका राम प्रसाद मंडललाई केन्द्रिय निर्वाचन समितिले प्रतिद्वन्दी बनाएको छ । संस्थापन पक्षका मण्डलसंग ६ मतले पराजित भएका भनिएका निकटतम प्रतिद्वन्दी डा.शेखर कोईराला पक्षका राम कुमार यादव मतगणनामा धाँधली भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन समितीमा पुर्नयोगका लागी उजुरी दिएका थिए ।..... विस्तृत
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने  ः बरिष्ठ पत्रकार दाहाल 2078/12/29 प्रेस काउन्सीलका पुर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार राजेन्द्र दाहालले आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने बताएका छन् । मंगलवार राजविराजमा कंचनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित “पत्रकार आचारसहिंता सम्बन्धि कार्यशाला गोष्ठी” कार्यक्रमलाई प्रमुख प्रशिक्षकको रुपमा सम्बोधन गर्दै उनले आचारसहिंताको पालना गरेर गरिने पत्रकारिताले थप उर्जा पाउने उल्लेख गरे । .... विस्तृत

 

  • 1
  • ...
  • 155
  • 156
  • 157
  • 158
  • 159
  • 160
  • 161
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.