भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ 2079/02/18  सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई चार किलो चाँदीको गरगहनासहित पक्राउ गरेको छ । प्रहरीले भारतीय सिमासँग जोडिएको सप्तरीको बोदेवर्साइन नगरपालिका ९ इट्टाभटा क्षेत्रबाट बिहार राज्यको खुटौना ग्राम पंचायत ११ का २२ वर्षिय बशिस्ट चौधरीलाई पक्राउ गरेको हो ।      कम्मरमा बेरेर लुगाले छोपी भारतबाट गहना बोकेर पैदल आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल स्वर्णपट्टीको गस्ती टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनको साथबाट चाँदीको २८ जोर पाउजु (पायल) बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ । .... विस्तृत

 

ताजा अपडेट