rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित 2076/03/27    लगातारको वर्षाले सप्तरी जिल्लाको अधिकांश क्षेत्र जलमग्न सँगै जनजिवन प्रभावित बनेको छ । गत शनिबारदेखि मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहदा सप्तरी समेत प्रभावित भएको छ । यता दुई दिनदेखीको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको वहाव बढेसँगै कोशी व्यारेजका ५६ ढोका मध्ये अहिले २३ वटा ढोका खुल्ला राखिएको छ भने खतरा सम्बन्धी संकेत स्वरुप कोशी ब्यारेजमा रातो झण्डा सँगै रातो बत्ती बालिएको छ । .... विस्तृत
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण 2076/03/27  विद्यार्थीहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्नुका साथै पाठ्यपुस्तक सुरक्षित रुपमा राख्न सहयोग पुगोस भन्ने उद्देश्यले स्कुल ब्याग बितरण गरिएको छ । ... विस्तृत
बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद 2076/03/27  राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई १३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा अदालतले ६ वर्ष कैदको फैसला गरेको छ ।.... विस्तृत
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह  2076/03/25  बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापनका लागि महामारी प्रकोप ब्यबस्थापन तथा पुर्व तयारी सम्बन्धी एक दिने बहुनिकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।  स्वास्थ सेवा बिभाग अन्तर्गत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा तथा जनस्वास्थ कार्यालय सप्तरीको संयोजनमा बुधबार आयोजित अन्तरक्रियामा बिपदको वेला महामारी हुन नदिन तथा प्रकोपवाट जोगिनका लागि स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह गरिएको छ ।.... विस्तृत
भतिजिको बलात्कार गराउने  कार्यमा सघाएकी काकी पक्राउ 2076/03/24  एक बालिकालाई बलात्कार गर्न सघाएको आरोपमा काकी पर्ने महिलालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  चिसो पेय पदार्थमा रक्सी मिसाएर १४ वर्षिया बालिकालाई बलात्कार गर्न बातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाकी ३५ वर्षिया काकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको नाउँ भने प्रहरीले गोप्य राखेको छ । ..... विस्तृत
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित 2076/03/24  गजेन्द्र नारायण सिंह अस्पतालद्वारा संचालनमा ल्याइएको सामाजिक सेवा इकाई कार्यक्रमबाट हालसम्म २ सय ३५ जना बिरामी लाभान्वित भएका छन् । गरिब, असहाय, वेवारिसे, अशक्त, सहिद परिवार तथा ज्येष्ठ नागरिक लगायतका बिरामीहरुको स्वास्थ्य सेवामा न्युनतम पहुँच गराउने उद्देश्यले सो कायक्रम संचालनमा ल्याइएको जनाइएको छ । .... विस्तृत
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या 2076/03/24  सप्तरीमा आत्महत्याका घटना बढेका छन् । चालु आर्थिक वर्षको २०७५ साउनदेखी हालसम्मको अवधीमा जिल्लामा ६३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।  जस मध्ये महिलाको संख्या ३२ र पुरुषको संख्या ३१ रहेको छ । प्रहरी तथ्याङ्क अनुसार १० देखी २२ वर्ष उमेर समूहका किशोरकिशोरी र युवायुवतीको आत्महत्या गर्नेमा बढी छ । .... विस्तृत
एकै दिन दुई पुरुष र एक महिलाले गरे आत्महत्या  2076/03/24  सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।  पछिल्लो पटक आइतबार जिल्लाको राजगढ गाउँपालिका, बोदेबर्साइन नगरपालिका र सप्तकोशी नगरपालिकामा गरि दुई पुरुष र एक महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  .... विस्तृत
रहेनन् बलराम दास 2076/03/24 पूर्वाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका महासचिव बलराम दासको सोमबार निधन भएको छ । .... विस्तृत
सवारीसाधनको दुर्घटना र मानवियक्षतिलाई  न्युनिकरण गर्ने जनचेतनामूलक ¥याली 2076/03/24 दिनहु जसो हुने सवारीसाधनको दुर्घटनालाई न्युनिकरण गर्दै मानविय क्षतिलाई कम गर्न उद्देश्यले राजविराज जनचेतनामूलक रयालीको आयोजना गरिएको छ । जिल्ला ट्राफिक कार्यालय शम्भुनाथ र राजबिराज ट्राफिकको आयोजनामा समुदाय ट्राफिक प्रहरी साझेदारी अभियान अन्तर्गत सोमबार राजविराजमा सर्वसधारणका लागि एक दिने ट्राफिक जनचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिएको छ ।.... विस्तृत
यूवा स्वरोजगार कोषको रकम सदुपयोग गर्न सुझाव 2076/03/24  यूवा स्वरोजगार कोष जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीको संयोजन तथा ग्लोबल बहुमुखी सहकारी संस्था लि. राजविराजको आयोजनामा सोमबार असल ऋणीहरुलाई ब्याज अनुदान बितरण गरिएको छ । ग्लोबल बहुमुखी सहकारी संस्थाले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम ऋण लिएवापत समयमै सावा तथा ब्याज बुझाउने २४ जना ऋणीलाई ब्याजको ६० प्रतिशत रकम अनुदान दिएको हो । .... विस्तृत
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा 2076/03/23 सप्तरी जिल्लाको पहिलो नीजि बैंक सनराईजले जिल्ला भर आफ्नो शाखा बिस्तार गर्न तत्परता देखाएको छ ।  यसैबीच बैंकले जिल्लाको खड्क नगरपालिका ७ स्थित कल्याणपुरमा आफ्ना ११७औं शाखा बिस्तार गरेको छ ।.... विस्तृत
तीन बालबालिका अझै वेपत्ता 2076/03/22     सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी रोशना खातुनकी तीन सन्तान अझै वेपत्ता छन् । पति तैयवसँग विवाद हुँदा शुक्रबार दिउँसो घरबाट चार सन्तानसहित निस्केकी सिरहाको गोलबजार नगरपालिका ८ गोबिन्दपुर बस्ने ३५ वर्षिया खातुन सोही राती ८ बजेतिर सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १ स्थित कोशी ब्यारेजको दक्षिण भागमा चार अवोध बच्चासहित सप्तकोशी नदीमा हामफालेकी थिइन् ।.... विस्तृत
पाँच दिन भित्र क्याम्पसको हरेक गतिविधि सार्वजनिक गर्न अनेरास्ववियुको माँग 2076/03/22 नेपालको सबैभन्दा पुरानो, ठुलो र अग्रणी राजविराजस्थित मविव क्याम्पसमा अनेरास्ववियुले आइतबार विभिन्न २१ बुँदे माँग राख्दै पाँच दिन भित्र ती माँगहरु सार्वजनिक गर्न क्याम्पस प्रशासनलाई माँग पत्र बुझाएको छ । अनेरास्ववियुका ललित नारायण रजक र रंजित मंडलद्वारा हस्ताक्षरित सो माँग पत्रमा  जिम्मेवार पदाधिकारीहरुको गैरजिम्मेवार भुमिकाहरुका कारण क्याम्पस ध्वस्त बनाउने कारक बन्दै गएको प्रति चिन्ता व्यक्त समेत गरिएको छ । ..... विस्तृत
राजविराज नपा प्रमुख शम्भु यादवलाई मातृ शोक 2076/03/22 राजबिराज नगरपालिका नगर प्रमुख शम्भुप्रसाद यादबलाई मातृ शोक परेको छ । राजबिराज नगरपालिका वडा ११ झल्ही निवासी प्रमुख यादबकी आमा लडुबत्ति देबी यादबको ९७ बर्षको उमेर शनिबार आप्mनै घरमा निधन भएको छ । जेठा छोरा कामेश्वर यादवले दागबत्ति दिँदै हिन्दु परम्परा अनुसार आइतबार झल्हीमै दाहसंस्कार सम्पन्न गरिएको छ । स्व यादबको ४ छोरा र तिन छोरी मध्ये प्रमुख यादव माईलो छोरा हुन् । .... विस्तृत
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता 2076/03/21 राजविराज÷सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी एक महिला र उनको एक छोरालाई प्रहरी र स्थानियवासीले जिवित्तै उद्दार गरेको छ । बाँकी तीन बच्चा भने वेपत्ता छन् । सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षिया रोशना खातुन तथा उनका पाँच वर्षिय छोरा तहसिललाई प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा उद्दार गरेका हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीको दक्षिण भागमा चार बच्चासहित रोशना शुक्रबार राती हामफालेकी थिइन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 273
  • 274
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.