rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव 2076/02/25 राजविराज÷राष्ट्रिय मुस्लिम ईतेहाद मोर्चा सप्तरीले शनिबार राजविराजमा ईदुल फित्र समारोह मनाएको छ । सो समारोहमा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवको सहभागिता रहेको थियो । सो अवसरमा मन्त्री यादवले मुश्लिम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको चर्चा गर्दै कसैको भलो नगरौ र कसैलाई कुदृष्टिले नहेरौ भन्ने उनको बुझाइरहेको बताए ।.... विस्तृत
मुलुकमा सरकारबाटै भ्रष्टाचार  भइरहेको छ ः काँग्रेसी केन्द्रिय नेताहरु 2076/02/25 राजविराज÷नेपाली काँग्रेसका केन्द्रिय नेताहरुले वर्तमान नेकपाको सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् । एक महिने राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तरगत शनिबार सप्तरीको कृष्णासवरण अग्निसाइर गाउँपालिकाको जण्डौलस्थित ठाकुरजी माविको प्राङ्गणमा आयोजित अभियान समापन गर्दै केन्द्रिय नेताहरुले सोही कारणले मुलुकमा संस्थागत रुपमा भ्रष्टाचार बढेको आरोप लगाए । .... विस्तृत
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल 2076/02/24  प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले प्रदेशको विकाससँग सँगै मधेशको अधिकार स्थापित र संविधान संशोधनको लडाई समेत जारि रहेको बताएका छन् । राजविराज वडा नं. ९ मलेठमा सहिद स्तम्भको शुक्रबार शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । .... विस्तृत
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै  2076/02/24 राजविराज नगरपालिकाले तीन दिने तथ्यमा आधारित मातृ, नवजात शिशु, वाल स्वास्थ तथा रणनीति सम्बन्धी कार्यालय गोष्ठीमा तीन बर्षे योजना बनाउने भएको छ । शुक्रवार राजबिराज नगपालिकाको आयोजनामा तथा युनिसेफ, नेपाल पब्लिक हेल्थ रिसर्च डेभल्पमेन्ट सेन्टरको आयोजनामा तिन बर्षिय बार्षिक योजना समेत तैयार गरिने भएको छ ।.... विस्तृत
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे 2076/02/23  विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि मुलुकबाट अझै कुष्ठरोग निवारण हुन सकेको छैन । यसको पछिल्लो उदाहरण राजविराजमा तीन जना कुष्ठरोगका बिरामी फेला परेका छन् । राजविराज नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा वडा कार्यालय ९ को संयोजनमा विहिवार आयोजित एक दिने छाला रोग उपचार निःशुल्क स्वास्थ्य शिविरमा ती तीन बिरामीहरु फेला परेका हुन् । .... विस्तृत
उपप्रमको पूर्खौली गाउँको स्वास्थ्य  चौकीमा नियमित कर्मचारी आउँदैनन् 2076/02/23  सप्तरीको महादेवा गाउँपालिका ५ स्थित स्वास्थ चौकी भगवतपुरमा नियमित कर्मचारी कार्यालयमा नआउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । सो गाउँपालिका उपप्रधानमन्त्रि तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादवको पूर्खौली गाउँ समेत हो । .... विस्तृत
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए 2076/02/22  विश्व वातावरण दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिकास्थित त्रियुगा नदिको तदबन्धमा बिपद न्युनिकरण, तथा बाढी नियन्त्रण गर्नका लागि बाँसको बिरूवा रोपेर मनाइएको छ । सप्तकोशी नगरपालिका नगरप्रमुख उत्तम गौतमले एक कार्यक्रम बिच वडा ३ स्थित सखुवनीको त्रियुगा नदि वरिपरी बाँस तथा बृक्षारोपन गरे ।.... विस्तृत
तोपा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सेवाग्राहीलाई समस्या 2076/02/21  प्राथमिक स्वास्थ केन्द्र तोपामा चिकित्सक नियमित नआउँदा सेवाग्राहीहरू समस्यामा परेका छन् । सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका वडा नम्वर ८ स्थित तोपाको प्राथमिक स्वास्थ केन्द्रमा नियमित चिकित्सक नआउदाँ बिरामीहरू उपचार गराउनबाट समेत बञ्चित हुन पुगेका छन् ।..... विस्तृत
६९ जना छात्रालाई साईकल वितरण 2076/02/21  प्रदेश २ का भूमी व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साले आफ्नो निर्वाचन क्षेत्र विकासीय कोष अन्तर्गत सप्तरीको पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीका ६९ छात्राहरुलाई साईकल वितरण गरेका छन् ।.... विस्तृत
राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल गठन  2076/02/21 राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको घोषणा सभाबाट हरिनारायण चौधरीको अध्यक्षता १७ सदस्यीय जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको छ । यसैगरी समितिको उपाध्यक्षमा मोहम्मद गणि, सचिवमा सोभित लाल यादब, सहसचिवमा सुश्री मंजु श्रेष्ठ र कोषाध्यक्षमा रोहित लाल दासलाई चयन गरिएको छ ।..... विस्तृत
लोक सेवा आयोगद्वारा निकालिएको  बिज्ञापनको प्रतिलिपि जलाइए  2076/02/21  राजपा नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघका विद्यार्थीहरुले लोकसेवा आयोगद्वारा निकालिएको बिज्ञापनको बिरोध गर्दै मंगलबार साँझ राजविराजमा सो विज्ञापनको प्रतिलिपी जलाएका छन् ।  राजबिराजस्थित जनआन्दोलन चौकमा राष्ट्रिय बिद्यार्थी संघ सप्तरीका अध्यक्ष शम्भु कुमार यादबको नेतृत्वमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउदै बिज्ञापनको प्रतिलिपी जलाइएको हो ।.... विस्तृत
पोषणको अबस्थामा सुधार ल्याउन गर्भवती, सुत्केरीलाई कुखुरा बितरण  2076/02/20 राजबिराज नगरपालिकाले विभिन्न वडामा सुनौलो हजार दिनका गर्भवती महिलालाई पोषणको अबस्थामा सुधार ल्याउन कुखुरासहितका विभिन्न समाग्रीहरू बितरण गरेको छ । बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत सुनौलो हजार दिनका वडा नम्वर ६, १० र १३ मा ६० जनाका दरले तीन वटै वडामा १ सय ८० गर्भवती तथा सुत्केरी महिलालाई कुखुरासहित, बिउबिजन, सरसफाईका सामग्री बितरण गरिएको हो ।.... विस्तृत
पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट पर्व मनाईयो 2076/02/20  पतिको लामो आयु र दिर्घायुको कामना गर्दै सोमबार तराई मधेशका मैथिल विवाहित महिलाहरुले बट सावित्री (बरसाइत) पर्व धुमधामका साथ मनाएका छन् । मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ ।  नयाँ वस्त्र, श्रृगार र गहना लगाएर ब्रतालु महिलाहरुले बरको रुखलाई घेरेर बृक्षमा विवाहको लगनगाँठोको प्रतिक मंगलधागो बेर्दै, बृक्षलाई सुम्सुम्याउँदै, अंगालो हाल्दै अनि हाते पंखा फिरफिर घुमाउँदै बटबृक्ष (बरको रुख) पुजा गरेका छन् ।.... विस्तृत
सप्तकोशीका नगर प्रमुख उत्तम गौतमबिरुद्ध पक्राउ पूर्जी जारी 2076/02/19  सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध सप्तरी जिल्ला अदालतको अनुमति पछि डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पूर्जी जारि गरेको छ । .... विस्तृत
कक्षा कोठामै वडा कार्यालय र स्वास्थ्य क्लिनिक 2076/02/19 विगत एक वर्षदेखि सप्तरीस्थित २ सरकारी विद्यालयको कक्षा कोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनिक संचालन भएपछि विद्यार्थीको पढाई प्रभावित भइरहेको छ । सप्तरीको महदेवा गाउँपालिका ५ स्थित भगवति राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षा कोठामा विगत एक वर्षदेखि वडा कार्यालय र सोही गाँउपालिकाको वडा ६ स्थित बजरंगवली आधारभुत विद्यालयको एउटा कक्षाकोठामा शहरी स्वाथ्य क्लिनिक संचालन हुदै आएको हो । दुवै विद्यालयको उक्त कक्षा कोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षा कोठामा कोचाकोच गरी राखिएको छ । ..... विस्तृत
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव  2076/02/19  जिल्ला प्रहरी कार्यालय सप्तरीका नयाँ प्रहरी प्रमुख मनोज कुमार यादवले जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबाद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । शुक्रबार मात्र सरुवा भएर सप्तरी आएका प्रहरी उपरिक्षक यादवले जिल्लालाई सबल, सक्षम बनाउने क्रममा स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट नदिने दृढता व्यक्त गरेका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 294
  • 295
  • 296
  • 297
  • 298
  • 299
  • 300
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.