शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक मिलेर निःस्वार्थ काम गर्नु पर्नेमा जोड 2075/03/25 दैनिक समाचारदाता राजविराज, २४ असार । नेपाल प्रहरीका नायव प्रहरी महानिरिक्षक धिरु वस्न्यातले समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक मिलेर निःस्वार्थ भई काम गर्नु पर्नेमा जोड दिएका छन् । राजविराजस्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको आईतवार उदघाटन गर्दै वस्न्यातले समाजमा कर्तव्यकर्मीको अभाव रहेकोले अशान्ति र अपराधिक गतिबिधी न्युनीकरणमा चाहेजतीको सुधार हुन नसकेको बताए । ..... विस्तृत
जन्मथलोको सेवा गर्न चिकित्सकहरुलाई उपप्रम एवं स्वास्थ्य मन्त्री यादवको आह्वान 2075/03/23 दैनिक समाचारदाता राजविराज, २२, असार । उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री यादव अधिकाँश चिकित्सक सप्तरी आउन नचाहेको बताउँदै सप्तरीमै जन्मे हुर्केका चिकित्सकहरुलाई आफ्नो जन्मथलोको सेवा गर्न सप्तरीमा आउन आह्वान गरेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले पछि पहिलो पटक शुक्रबार राजविराज आईपुगेका मन्त्री यादवले गजेन्द्र नारायण सिह सगरमाथा अंचल अस्पतालको अवलोकनपछि सो आह्वान गर्दै केहि दिन भित्रै अस्पतालको स्तरोन्नती र आधुनिकीकरणको काम सुरु हुने जानकारी दिए । .... विस्तृत
विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्कप्रति आफै अन्यौलमा शिक्षा समन्वय इकाई, नयाँ शैक्षिक सत्रमा मात्र ६ सय ८४ नयाँ विद्यार्थी भर्ना 2075/03/21 दैनिक समाचारदाता राजविराज, २० असार । जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले नयाँ विद्यार्थी भर्ना अभियान अन्तरगत कति विद्यार्थी नयाँ शैक्षिक सत्रमा भर्ना भए भन्ने तथ्याङ्क सार्वजनिक गर्न आफै अन्यौलमा परेको छ । शिक्षा समन्वय इकाइले विद्यार्थी भर्ना विशेष अभियान २०७५ दोश्रो चरणको कार्य योजना बारे जानकारी दिने उद्देयले बुधबार राजविराजमा एक कार्यक्रमको आयोजना गरि आफैले गत चैत २९ गते सार्वजनिक गरेको तथ्याङ्कलाई अन्यौलतमा राखि पुनः नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ । ..... विस्तृत
प्रदेश २ सरकारले पहिलो चरणमा ९ सय प्रहरी भर्ना गर्ने 2075/03/18 दैनिक समाचारदाता जनकपुर, १७ असार । प्रदेश २ सरकारले आफ्नै प्रहरी निकाय स्थापनाका लागि तयार पारेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयक प्रदेशसभाले स्वीकृत गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभाको बैठकमा विधेयक पेश गरेका हुन् । सरकारले पेश गरेको प्रदेश प्रहरी ऐनमा सुधार गर्नुपर्ने सांसदको मागपछि संसदीय समितिमार्फत् विधेयकलाई अगाडि बढाउने मन्त्री यादवले प्रदेश सभाको बैठकमा जानकारी दिए । सभामुख सरोज यादवले विधेयकलाई निणायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत गरिएको हो ।... विस्तृत