मलेठ घटनाको मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा ः उच्चस्तरीय छानविन समिति 2075/04/02 दैनिक समाचारदाता काठमाडौं, १ साउन । पाँच जनाको ज्यान जानेगरी सप्तरी जिल्लाको मलेठमा भएको घटनाको मुख्य दोषी तत्कालीन एमाले र मधेशी मोर्चा रहेको निष्कर्ष उच्चस्तरीय छानविन समितिको प्रतिवेदनले देखाएको छ । २०७३ फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलित रहेका बेला तत्कालीन नेकपा एमालेले राजविराजभन्दा तीन किलोमिटर उत्तरमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा स्थानीय निकायको चुनाव केन्द्रित आम सभा गरेको थियो। उक्त सभाको विरोधमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका पाँच जना कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।.... विस्तृत
प्रथम मेयर कप सप्तरी प्रिमियर लिग सुरु उपप्रमुखले गरिन् प्रमुखलाई बोल्ड ! 2075/03/29 दैनिक समाचारदाता राजविराज, २८ असार । सप्तरीमा पहिलो पटक अक्सन प्रकृयाबाट खेलाडीहरु छनौट गरि पहिलो मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता बिहीबारदेखी सुरु भएको छ । सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको सहयोगम संचालित उक्त प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले ब्याटिङ र उपप्रमुख साधना झाले बलिङ गरि उद्घाटन गरे । सो क्रममा उपप्रमुख झाले प्रमुख यादवलाई क्लिन बोल्ड गरेपछि त्यहाँ उपस्थित सम्पूर्ण दर्शक तथा अतिथिहरु एक क्षण रोमान्चित भएका थिए । .... विस्तृत
सप्तरीबाट ७७ हजार ५ सय ४ जना रोजगारीका लागि विदेशिए, १ सय ३३ जनाको रोजगारीकै क्रममा मृत्यु ..... 2075/03/28 दैनिक समाचारदाता राजविराज २७ असार । सप्तरीबाट विगत ६ वर्षको अवधीमा ९९ हजार १ सय ३६ जनाले राहदानी बनाएकोमा ७७ हजार ५ सय ४ जना बैदेशिक रोजगारका लागि विभिन्न मुलुक गएका छन् भने हालसम्म १ सय ३३ जनाले रोजगारीकै क्रममा विदेशमा ज्यान गुमाएको एक तथ्याङ्कले जनाएको छ । सबल नेपालले सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बुधवार राजविराजमा आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि पत्रकार र सरोकारवालासँगको छलफल कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले देखाएको छ । .... विस्तृत