सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह 2075/09/27  प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सहकारी क्षेत्रको पँुजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन आग्रह गरेका छन् ।  ग्लोबल बहुमुखी सहकारी संस्था लि. को शुक्रवार १८ औं वािर्षक साधारण सभाको उद्घाटन गर्दै उनले उत्पादनमूलक क्षेत्रमा पुँजी लगाई उत्पादनलाई बृद्धि गरी प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउनुपर्नेमा जोड समेत दिए ।  प्रदेशको समृद्धको आधार कृषि नै भएको भन्दै मन्त्री साहले उत्पादन वृद्धिका लागि सरकार, नीजि क्षेत्र र सहकारी संस्था मिलेर अघि बढनुपर्नेमा जोड दिए । सहकारी मार्फत उत्पादन वृद्धि गरेर प्रदेशलाई आत्मनिर्भर बनाउने दिसामा प्रदेश सरकार अघि बढेको उनले बताए ।.... विस्तृत
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह 2075/09/27  प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने प्रतिबद्धता जनाएका छन् ।  प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए । संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ ।  मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।.... विस्तृत
सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने ः अध्यक्ष उप्रेती 2075/09/27  राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष केबी उप्रेतीले सप्तरीका सहकारीहरुको अवस्थालाई उकास्न बैंकले आवश्यक सहयोग गर्ने बताएका छन् ।  अध्यक्षमा उप्रेती निर्वाचित भएपछि पहलो पटक सप्तरी जिल्लाको विभिन्न सहकारी संस्थाहरुको निरिक्षण एवं अवलोकन गर्ने क्रममा उनले सो सहयोग गर्ने बताएका हुन् । राष्ट्रिय सहकारी बैंक राजविराजमा शाखामा शुक्रबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले सप्तरीका सहकारी संस्थाहरुले गरिरहेको काम सहनिय रहेको भन्दै सहकारीको विकासमा आफूले आफ्नो कार्यकालमा प्रयास गर्ने प्रतिबद्धता समेत जनाए । .... विस्तृत
लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान 2075/09/26 नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।   सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।.... विस्तृत
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम  2075/09/25  नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।  नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।  घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ । .... विस्तृत
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न 2075/09/23  राष्ट्रिय जनता पार्टी नेपालले प्रथम एकता महाअधिवेशनको तयारी गर्ने उद्देश्यका साथ सोमबार राजविराजमा बिस्तारित बैठक सम्पन्न गरेको छ । राजपा सप्तरीको आयोजनामा बिस्तारित बैठकमा राजपा महासचिव मनिषकुमार सुमनले बैशाख ७ र ८ गते हुने प्रथम एकता महाअधिबेशनलाई लक्षित गरि सप्तरीसहित २९ जिल्लामा बिस्तारित बैठक गर्न लागेको जानकारी दिएका छन् ।     पार्टीका सप्तरी संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा राजपाका महासचिव सुमनले महाअधिबेशनलाई लक्षित गरी बिस्तारित बैठक गर्न लागको बताए ।     उनले बैठकबाट प्रत्येक नगरपालिका तथा गाँउपालिकामा वडास्तरिय भेलाका लागि जिम्मेवारी दिईने र पुस २५ गते वडाको बिस्तारित बैठक सम्पन्न गर्ने केन्द्रीय कार्यक्रम रहेको उल्लेख गरे ।.... विस्तृत
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा  2075/09/22    सरकारले प्रशासनिक आधारमा गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा सप्तरीका १८ वटा स्थानिय तह मध्ये ख वर्ग दुर्गममा ६ वटा गाउँपालिका र ग वर्ग मध्यममा ८ नगरपालिका र ३ गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ ।  मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ ।  नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।.... विस्तृत
गाँउस्तरमा क्रिकेट खेलाडीको  उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड 2075/09/22  गाँउस्तरमा किक्रेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले किक्रेट खेलाडी छनोट गरि गाँउपालिका स्तरिय प्रतियोगिता गर्ने भएको छ ।  तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।      अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।.... विस्तृत
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम  2075/09/22  राजविराजको पहिलो नीजि विद्यालय विद्यालय ह्यापिल्याण्ड सेकेन्ड्री स्कुलले आइतबार आप्mनो ३९ औ स्थापना दिवस विभिनन कार्यक्रम गरि मनाएको छ ।   विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् । त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ । ..... विस्तृत

 

ताजा अपडेट