rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
सन् २०२१ मा ८ वटा हत्यासहित ९४ वटा  मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना 2078/09/16    सप्तरीमा सन् २०२१ को अवधीमा आठ वटा हत्यासहित ९४ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको प्रतिवेदन प्रस्तुत गरिएको छ ।  नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व शुक्रबार राजविराजमा बार्षिक समीक्षा गोष्ठीमा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।..... विस्तृत
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ 2078/09/15  किसानहरुको समस्या सम्बोधनका लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ ।  राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको जनमत पार्टीका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखी सप्तरीको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । .... विस्तृत
जनमत पार्टीको प्रदर्शन 2078/09/14 जनमत पार्टी सप्तरीले बुधबार पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी बजारमा किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुमाथी भएको दमनको बिरुद्ध गरिएको राजमार्ग अवरुद्धको दृश्य । विस्तृत
वर्षासँगै चिसो हावा चल्दा जनजिवन कष्टकर 2078/09/14 सामान्य वर्षासंगै चलेको चिसो हवाका कारण बुधवार विहानैदेखी सप्तरीसहित मुलुकभरको जनजिवन कष्टकर बनेको छ । चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । विहानै देखी सामान्य वर्षा र सो संगै चलेको चिसो हावाका कारण घरबाट मानिस कमै निस्कन थालेका छन् ।.... विस्तृत
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट 2078/09/14  नेपाली काँग्रेसको प्रदेश सदस्य पदमा उम्मेदवारी फिर्ता लिएका सप्तरी काँग्रेसको प्रवक्ता समेत रहेका प्रभात कुमार ललनले ९५ मत पाएका छन् ।  उनले निर्वाचन सुरु हुनु भन्दा पाँच मिनेट अगाडी उम्मेदवारी फिर्ता लिएका थिए । देउवा पक्षका उनी आपसी तालमेल भएपछि अन्तिम क्षणमा उम्मेदवारी फिर्ता लिएका थिए । ... विस्तृत
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु 2078/09/13  राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अक्सिजनको अभाव हुन नदिन अस्पताल हाता भित्रै अक्सिजन प्लान्टको स्थापना गरेको छ ।  दुई दिन अघि मात्र सफल परिक्षण गरिएपछि उक्त प्लान्ट मंगलवारदेखी संचालनमा आएको हो । प्लान्ट संचालनमा आएपछि जटिल, स्वास प्रस्वासका गम्भिर समस्या भएका तथा कोरोनाका विरामीलाई अन्यत्र जानुु पर्ने बाध्यता समेत हटेको छ । .... विस्तृत
वडा अध्यक्षहरुले नगरपालिकाको सबै वडा कार्यालयमा गरे तालाबन्दी 2078/09/13 आफ्नो नेता कार्यकर्तामाथी आक्रमण गर्ने एक वडा अध्यक्षमाथी कारवाही गर्न माग गर्दै जनमत पार्टीले सुरु गरेको सडक अन्दोलनलाई लक्षित गर्दै वडा अध्यक्षहरु पनि आन्दोलनमा उत्रेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहि यादवको नेतृत्वमा एक टोलीले गत शनिबार आफ्ना नेता कार्यकर्तामाथी आक्रमण र कार्यक्रम स्थलमा तोडफोड गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतबारदेखी सडक आन्दोलनमा छन् । .... विस्तृत
किसान तथा कार्यकर्ता पक्राउ गरेको बिरोधमा जनमतद्वारा चक्काजाम 2078/09/13  गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा किसानलाई पक्राउ गरेको तथा सोको बिरुद्ध आन्दोलनका क्रममा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै जनमत पार्टी सप्तरीले मंगलबार सप्तरीमा चक्काजाम गरेको छ ।  जिल्लाको कंचनरुप नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा जनमत पार्टीका नेता कार्यकर्ताले एक घण्टा चक्कजाम गरेको हो । चक्काजामका कारण सवारीसाधन सडकमै थन्किएका थिए । .... विस्तृत
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या 2078/09/12  सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बृद्धको घाटी रेटी हत्या भएको  घटना एक महिना नबित्दै पुनः एक अर्की महिलाको हत्या भएको छ । सो गाउँपालिका वडा नं. १ बरही विरपुरकी ५० वर्षिया भुटनी देवी यादवको सोमबार बिहान हत्या गरिएको अवस्थामा गहुँ खेतको खोल्सोमा मृत शरीर फेला परेको छ । हत्या आइतबार साँझ ६ बजेदेखी १० बजेसम्मको बीचमा हुन सक्ने प्रहरीको अनुमान छ । ..... विस्तृत
महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता  दिइएको छ ः प्रहरी महानिरीक्षक थापा 2078/09/12 नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी संगठनमा महिला कर्मचारीको संख्या बढाउनु पर्नेमा जोड दिदै यसका लागी आफूहरुले काम गरिरहेको बताएका छन् ।  उनले संविधानको मूल मर्म अनुसार ३३ प्रतिशत महिला सहभागितालाई प्रहरी संगठनमा प्राथमिकता दिइएको उल्लेख पनि गरे । .... विस्तृत
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन 2078/09/12 दोषिमाथी कारवाहीको माग गर्दै जनमत पार्टीले सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा प्रदर्शन, घेराउ तथा चक्काजाम लगायतका बिरोधका कार्यक्रम गरेका छन् ।  दुई दिनअघि सो पार्टीद्वारा हनुमाननगर कंकालिनी नगरपालिका वडा ११ स्थित सामुदायिक भवनमा आयोजित कोणसभा बिथोल्न वडा अध्यक्ष मोहीनारायण यादवको नेतृत्वमा एक समूहले घरेलु हतियारसहित नेताहरुमाथी आक्रमण तथा सहभागिहरुको मोटरसाइकल तोडफोड गरेको बिरोधमा सो बिरोधका कार्यक्रमहरु गरेका हुन् । .... विस्तृत
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए 2078/09/12  सप्तरी जिल्लाको रुपनी गाउपालिका वडा नं. ५ स्थित चुरे क्षेत्र अन्तरगत रहेको दुधैला खोलामा सोमबार राजविराजस्थित नेपाली सेनाको भीमदल गणको अभ्यास ईलाकाले विभिन्न जातका बोटबिरुवा रोपेको छ । जिल्ला वन कार्यालय सप्तरीसँगको सहकार्यमा चुरे क्षेत्रको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उक्त बृक्षारोपन गरिएको भिम दल गणले जनाएको छ ।  .... विस्तृत
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ  2078/09/12  रात्री बसबाट लागुऔषध काठमाडौैं पु¥याउने अवैध कारोबारमा संलग्न सहचालकसहित दुईजना कारोबारी सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि दुई दिनअघि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । .... विस्तृत
नौं दिनदेखी बालक सम्पर्कविहीन  2078/09/12 सप्तरीको बोदेबरसाईन नगरपालिका २ का बालक सुदिप यादव ९ दिनदेखी सम्पर्कविहीन छन् ।  सम्पर्कविहीन भएको ९ दिन पुगिसक्दा समेत उनको अवस्था अज्ञात रहेको आइतबार संचारकर्मीहरुसँग भेट्दै उनको परिवारजनले बताएका छन् । वेपत्ता सुदिपको अवस्था पत्ता लगाउने कार्यमा सहयोगका लागि परिवारजनले आग्रह समेत गरेका छन् । .... विस्तृत
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट 2078/09/12 प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती फडानी गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरेको छ । अवैध रुपमा लगाइएको ४ हजार ७ सय ९ गाँजाको बोट फडानी गरि नष्ट गरिएको डिएसपी काफ्लेले जानकारी दिए । .... विस्तृत
ब्राउन सुगरसहित दुई पक्राउ 2078/09/12  प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई दिन अघि पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 172
  • 173
  • 174
  • 175
  • 176
  • 177
  • 178
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.