rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
  
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा 2081/03/04  तेश्रो लिंगीहरुले मंगलबार राजविराजमा गौरव यात्रा निकालेका छन् । आजकै दिन अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ‘समलिंगी डे बार’ लाई बन्द गराइएको र पछि मानवअधिकारवादी र तेस्रो लिंगीहरुले बिरोध गर्दा खोलिएको थियो ।  सोही दिनको स्मरण गर्दै गौरव यात्रा निकालिएको सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले जानकारी दिएका छन् ।... विस्तृत
समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने, थप चार स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन सकिने  2081/03/03  जिल्ला प्रशासन कार्यालय सप्तरीले अब उपरान्त समावेशी प्रमाणितका लागि निवेदन आवश्यक नपर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीद्वारा आइतबार जारि सूचनामा सो कुरा उल्लेख गरिएको छ । सूचनामा समावेशी प्रमाणितको लागि आउने सेवाग्राहीहरुले निवेदन लेख्नु नपर्ने, वडा कार्यालयबाट प्राप्त सिफारिसमै निवेदनमै निवेदकको व्यहोरा जनाई सेवा दिइने व्यवस्था मिलाइएको जनाइएको छ ।.... विस्तृत
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते 2081/03/02  सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीस्थित फत्तेपुर टोलमा बाटो बनाउने क्रममा घर भत्काइएको भन्दै दुई पक्षबीच कुटपिट हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते भएका छन् । शनिबार दिउसो पोखरीको डिलमा एलानी जग्गामा पुृmसको संरचना बनाई वर्षौदेखि वसोवास गर्दै आएका दलित समुदायको घर हुँदै ढलान बाटो बनाउने क्रममा घर भत्काउँन खोज्दा विवाद भई कुटपीट भएको स्थानीयले जनाएका छन् । .... विस्तृत
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल 2081/03/01  राजविराज÷नेपाली काँग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी दिनमा जनता समाजवादी पार्टी (जसपा) नेपालसँग कुनै सहकार्य वा गठबन्धन हुन नसक्ने संकेत गरेका छन् ।  शनिवार राजविराजस्थित नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा संचारकर्मीहरुसित कुरा गर्दै उनले यस्तो गरेका हुन् ।.... विस्तृत
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा 2081/03/01 एक महिलाले सुस्तमनस्थिति भएका आफ्नो छोराको औषधी उपचार गराउन नसकेर फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी छिन ।  सप्तरीको शम्भुनाथ नगरपालिका ७ निवासी ६० वर्षिया एकल महिला एश्वरी देवी चौधरी आफनो माइला छोरा २२ वर्षिय प्रविणलाई विगत ५ वर्षदेखी यसरी फलामे सिक्रिमा बाँधेर राख्न बाध्य भएकी हुन् । .... विस्तृत
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी 2081/02/31 काम गरेको लामो समयसम्म पनि भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरुले बिहीबार राजविराजस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ताला लगाएका छन् ।  निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष सतिष चन्द्र झाको अगुवाईमा निर्माण व्यवसायीहरुको टोलीले सो ताला लगाएका हुन् । .... विस्तृत
रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किदा पनि हटाउन छैन कसैको चासो  2081/02/31  राजविराज वडा ३ स्थित राजदेवी सडक खण्डमा एउटा बिशाल रुखको हांगा भाचेर बिजुलीको तारमा अड्किएको छ । एक साता अघि आएको हावाहुरीले उक्त रुखको हांगा भाचेर विजुलीको तारमा अड्किएको हो । त्यस्तै सो रुखको जडा कमजोर भई कुनै बेला पनि ढल्ने अवस्थामा पुगेको छ । जसकारण सो सडक खण्डमा दुर्घटनाको जोखिम पनि बढेको छ ।.... विस्तृत
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान  2081/02/31  अग्निपीडित राजविराज वडा नं. ६ की वडा सदस्य लिलादेवी सरवरियालाई बिहीबार वडा कार्यालयले राहत प्रदान गरेको छ ।  मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो । ... विस्तृत
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु  2081/02/31  सामुदायिक विद्यालयहरुमा लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतना दिने उद्देश्यले बुधबारदेखी पाँच दिने तालिम शुरु भएको छ ।  सप्तरीको शम्भुनाथ नगरपालिकाको सहयोगमा फेडरल इन्स्टिच्युट अफ पोलिसी स्टडिजको समन्वयमा पालिकाको पाँच मावि तथा उच्चमाविमा सो तालिमको आयोजना गरिएको हो । .... विस्तृत
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण 2081/02/31  विद्यालयमा प्रदान गरिने दलित छात्रबृत्ति र छात्रवृत्ति अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवहास्थित मावि खोक्सरमा विद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।  विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । .... विस्तृत
आगलागिले वडा सदस्यको घर खरानी  2081/02/30  राजविराज वडा नं. ६ का वडा सदस्य ६५ वर्षिया लिलादेवी सरबरियाको घरमा मंगलबार राती आगलागि भएको छ ।  आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ । ... विस्तृत
आपराधिक गतिविधी  नियन्त्रणमा सघाउ पु¥याउनु  संचारकर्मीसँग अपेक्षा 2081/02/30  सप्तरीका प्रमुख जिल्ला अधिकरी मेखबहादुर मंग्रातीले तथ्यगत सूचना दिएर सम्भावित आपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु संचारकर्मीसँग अपेक्षा राखेका छन् । पाँच दिन अघि मात्र पाँचथरबाट सरुवा भएर सप्तरी आईपुगका उनले बुधवार आफ्नो कार्यकक्षमा पत्रकारहरु संगको भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी यस्तो अपेक्षा राखेका हुन् । ... विस्तृत
जयमालाको मृत्यु प्रकरणमा आफ्न्तद्वारा दोषि पत्ता लगाई कारवाहीको माग 2081/02/29  सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्दै आफन्तले दोषि पत्ता लगाई कारवाहीको माँग गरेका छन् ।  आफन्तले घट्नाको सत्यतथ्य छानवीन र दोषि पत्ता लगाई कारवाहीको माग गरेका हुन । .... विस्तृत
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो  2081/02/29  पुस्तौदेखि वसोवास गर्दै आएको जग्गा बलपूर्वक खाली गराई आफुहरुको उठिवास गराइएको एक भुमिहीन परिवारले गुनासो गरेका छन ।  मंगलवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी ऐनेश्वर मण्डल र उनका परिवारजनले यस्तो गुनासो पोखेका हुन । .... विस्तृत
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास 2081/02/28  सप्तरीमा सोमबार मात्र एकै दिन ६ जना महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । विष सेवनबाट सिकिस्त भएका ६ जनै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । .... विस्तृत
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना  2081/02/28 गर्मी बढेसँगै तराई मधेशमा सर्पदंशका घटनाहरु पनि बढेको छ । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सर्पदंशको घटना ह्वातै बढेको हो । पछिल्लो १५ दिनको अवधीमा मात्र राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सर्पदंशका पीडित ५१ जनाले उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 37
  • 38
  • 39
  • 40
  • 41
  • 42
  • 43
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.