rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हटियाको जग्गा पुनः अतिक्रमण
  • पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन 2081/02/24  ५२औं विश्व वातावरण दिवसको अवसरमा सबल नेपालद्वारा सप्तरी तथा सिरहा जिल्लाका विभिन्न पालिका तथा विद्यालयहरुमा विविध क्रियाकलापहरु संचालन गरिएको छ ।  “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ विभिन्न समुदाय, विद्यालय तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रम, ¥याली तथा जनचेतनामुलक क्रियाकलापहरु संचालन गरिएको हो । .... विस्तृत
एमाले निकट युवा संघका अध्यक्ष र उपाध्यक्षले दिए राजीनामा 2081/02/22  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सप्तरीका अध्यक्ष र उपाध्यक्षले राजीनामा दिएका छन् ।  युवा संघका अध्यक्ष चितरञ्जन यादवले मगलबार राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय समितीलाई राजीनामा पठाएका हुन् । .... विस्तृत
अख्तियारमा राजगढ  गाउँपालिकाबाट १४ उजुरी 2081/02/22 अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सप्तरी जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको छ ।  मंगलबार सप्तरीको राजगढ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि सम्पन्न पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।.... विस्तृत
बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने  2081/02/21  राजविराज नगरपालिकाको मुख्य बजारमा बर्षाैदेखी बसोवास गर्दै आएका हजारौ परिवारले हालसम्म लालपूर्जा आप्mनो नाममा नपाएपछि समस्यामा परेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन् । उनीहरुको घर नक्शा पास समेत रोकिदा झनै पीडामा छन् । बि.स. २०१६ साल मै नगरपालिका घोषणा भएर नगरको मूख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बाँया रहको हजारौं परिवार वर्षाैदेखि लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्शा पास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया लामो समय देखी रोकिएपछि मर्कामा परेका हुन् । .... विस्तृत
दश मिनेटको हावाहुरीले लाखौंको क्षती  2081/02/21  सोमवार दिउँसो हल्का वर्षा संगै अचानक दश मिनेटसम्म चलेको हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, विद्यालय, मन्दिर, कार्यालय प्रतियोगितास्थल लगायत स्थानमा लाखौंको क्षती भएको छ । कतिपय ठाउँमा रुख र विद्युतीय पोल ढल्दा सडक आवागमन र विद्युत आपुर्ती सेवा पनि अवरुद्ध भएको छ । राजविराजको हनुमान मन्दिर, बाबा भुतनाथ मन्दिर, नेपाल टेलिकमको शाखा कार्यालय, कतिपय विद्यालय र घरको छाना उडाएको छ ।.... विस्तृत
ट्याक्टर दुर्घटनामा तीन जनाको  मृत्यु, २० जना घाइते  2081/02/20  सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।  जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित भारदह–कुनौली सडक खण्डमा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । .... विस्तृत
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न  2081/02/20  सप्तरीको महादेवा गॉउपालिका १ चिम्टीका अग्निपीडित परिवारहरुको आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण गरिएको छ ।  राजविराजस्थित सबल नेपाल नामक गैससले युनिसेफ नेपालको सहयोग एवं छाया नेपालको सहकार्यमा आंशिक तथा पुर्णरुपमा क्षति भएको १५ वटा शौचालयहरुको मर्मत तथा पुर्ननिर्माण गरेको हो । .... विस्तृत
सिटिजन्स बैंकद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान 2081/02/20  सप्तरीको महादेवा गाउँपालिका १ चिम्टि टोलका अग्निपीडित परिवारलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड शाखा कार्यालय राजविराजले राहत बितरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४६ अग्निपीडित परिवारलाई राहत स्वरुप बिभिन्न खाद्यन्न, लत्ताकपडा तथा त्रिपाल आइतबार बितरण गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिएका छन् । .... विस्तृत
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान 2081/02/20  सप्तरीको रुपनी गाउँपालिका निवासी एक समाजसेवीले आफ्नै खर्चमा सोही गाउँपालिका वडा नं. २ लौआपार वस्तीका विपन्न समुदायलाई खानेपानीका लागी ट्युवेल जडान गराइ दिएका छन् । प्रचण्ड गर्मीका वेला खानेपानी समस्या भोगिरहेका करिब ३ सय विपन्न परिवारलाई लक्षित गरी सोही पालिका ६ विरेन्द्र बजार निवासी ४० वर्षिय समाजसेवी रन्जित भगतले आफ्नो निजी खर्चमा ट्युवेल जडान गराइदिएका हुन् । .... विस्तृत
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र  2081/02/16  आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सप्तरी जिल्लाका स्वास्थ्य क्षेत्रको विकासमा केही सुखद रहने छ भने अन्य क्षेत्रको विकासमा शुन्य जस्तै रहको छ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् । .... विस्तृत
गर्मीले जनजीवन कष्टकर बन्दै, सर्पदंशको त्रास, अस्पतालमा बिरामी बढे, बजार सुनसान 2081/02/15 अत्याधिक गर्मीले मधेशको जनजीवन कष्टपुर्ण बनेको छ । विगत एक सातादेखी बढेको अत्याधिक गर्मीले सप्तरीसहित अन्य जिल्लाको जनजीवन प्रभावित बनेको हो । सदरमुकाम राजविराजको तापक्रम ३८–४० डिग्रीसम्म पुग्ने गरेको छ । बिहान ८ बजे ३२ डिग्री हुँदै दिउँसो ३ बजेसम्म ४० डिग्रीसम्म पुग्ने गरेको छ । जसकारण स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेको छ । .... विस्तृत
गणतन्त्र दिवसमा ¥याली र सभा 2081/02/15 सप्तरी सदरमुकाम राजविराजमा गणतन्त्र दिवसको अवसरमा मंगलवार ¥याली र सभाको आयोजना गरिएको छ ।  राजविराज नगरपालिकाको आयोजनामा विहान नगरमा ¥याली तथा सभाको आयोजना गरिएको हो । .... विस्तृत
आगलागिमा तीन परिवारको सात घर नष्ट 2081/02/15  सप्तरीको कञ्चनरुप नगरपालिका १० स्थित भोडहामा सोमबाराती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ । सोमबार राति भएको आगलागिमा स्थानीय कमरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, छिमेकी भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर जलेर नष्ट भएको हो । .... विस्तृत
गणतन्त्र दिवसमा भएनन् कोही कैदी मुक्त  2081/02/15  गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर राम्रो आचरण भएका कैदीहरुलाई आम माफी दिई रिहा गर्ने परम्परा यस पटक तोडिएको छ । कानुनी छिद्रबाट गम्भीर अपराधमा संलग्न कैदीलाई समेत यस्ता दिवसको अवसर पारेर राज्यद्वारा आममाफी दिने काम हुन थालेको भन्दै विभिन्न राजनीतिक दल, अधिकारकर्मी तथा समाजिक अभियन्ताहरुद्वारा आलोचना हुन थालेपछि बाँकी कैद मिनाह गरी आममाफी दिने परम्परा यसपल्ट तोडिएको हो । .... विस्तृत
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार 2081/02/14  विगत ५५ वर्षदेखी बसोवास गरेको जग्गाबाट बिस्थापित गराइएपछि तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ६ कठौनाका तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका हुन् ।.... विस्तृत
भारत सरकारद्वारा सप्तरीमा १३ करोडको परियोजना शिलान्यास 2081/02/13  भारतीय स्वतन्त्रता संग्राममा सप्तरीका तत्कालिन युवाहरुले पु¥याएको योगदानको सम्मानमा भारत सरकारले जिल्लामा १३ करोडको लागतमा आइतबार एक परियोजनाको शिलान्यास गरेको छ ।  नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ बनरझुलामा एक समारोहबीच “जेपी–लोहिया–रामेश्वर मेमोरियल ट्रष्ट आश्रम भवन निर्माण” परियोजनाको शिलान्यास गरेका हुन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 39
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
  • 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.