जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने 2081/03/13  जिल्लास्थित विभिन्न सडकहरुको निर्माण कार्य अधुरो रहेको भन्दै अविलम्ब निर्माण कार्य सम्पन्न गराउन बारे सप्तरीका तीन पालिका अध्यक्ष तथा प्रमुखहरुले बिहीबार सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले सामुहिक रुपमा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीलाई ध्यानाकर्षण गराउँदै चाडो भन्दा चाडो सडक निर्माण कार्य सम्पन्न गराउन ठेकेदार कम्पनीलाई पहल गरिदिन आग्रह गरेका हुन् । .... विस्तृत