छात्राहरुको सेनेटरी प्याड खरीद र भुक्तानी प्रकरणमा आरोपित पाँचै जनाले पाए सफाई 2081/03/11 सप्तरीको रुपनी गाउँपालिकामा छात्राहरुले सेनेटरी प्याड खरीद र भुक्तानीमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा मंगलबार आरोपितहरुलाई विशेष अदालतले सफाई दिएको छ ।  रुपनी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध अख्तियारले २०८० साल माघ ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।.... विस्तृत
शम्भुनाथको बजेट ७० करोड भन्दा बढी,  आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न विशेष  प्रकारको शम्भुनाथ मेला महोत्सवको आयोजना गरिने  2081/03/10  सप्तरीको शम्भुनाथ नगरपालिकाले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । नगरपालिकाको १४औं नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभामा कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरीले आगामी आ.ब. २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । आगामी आर्थिक बर्ष २०८१÷०८२ को लागि ७० करोड ५९ लाख १६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको कुल बजेटको शसर्त अनुदान चालुतर्फ (संघ सरकार) २१ करोड ९२ लाख २९ हजार विनियोजन गरिएको छ । .... विस्तृत