rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हटियाको जग्गा पुनः अतिक्रमण
  • पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो  2081/02/29  पुस्तौदेखि वसोवास गर्दै आएको जग्गा बलपूर्वक खाली गराई आफुहरुको उठिवास गराइएको एक भुमिहीन परिवारले गुनासो गरेका छन ।  मंगलवार राजविराजस्थित पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी तिलाठी कोइलाडी गाउँपालिका ४ निवासी ऐनेश्वर मण्डल र उनका परिवारजनले यस्तो गुनासो पोखेका हुन । .... विस्तृत
एकै दिन ६ महिलाद्वारा आत्महत्याको प्रयास 2081/02/28  सप्तरीमा सोमबार मात्र एकै दिन ६ जना महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । विष सेवनबाट सिकिस्त भएका ६ जनै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । .... विस्तृत
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना  2081/02/28 गर्मी बढेसँगै तराई मधेशमा सर्पदंशका घटनाहरु पनि बढेको छ । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण सप्तरीमा सर्पदंशको घटना ह्वातै बढेको हो । पछिल्लो १५ दिनको अवधीमा मात्र राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सर्पदंशका पीडित ५१ जनाले उपचार गराएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।.... विस्तृत
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने  2081/02/28  वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुका लागि पुनःएकीकरण गर्ने उद्देश्यले राजविराज नगरपालिकाको आयोजनामा सामुदायिक स्तरमा सन्देश फैलाउने उद्देश्यले जनचेतनामूलक ¥याली निकालिएको छ । रेमी परियोजना अन्तरगत “स्थानीय स्तरमा फिर्ति र पुनःएकीकरण योजना सन्देश फैलाउन सामुदायिक सत्र” नाराका साथ सो ¥याली सोमबार राजविराज वडा नं. १ मा निकालिएको हो । .... विस्तृत
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण 2081/02/27  सप्तरीमा पाँच दिन अघि आएको भिषण हावाहुरीले जिल्लाको विद्युत क्षेत्रमा एक करोड भन्दा बढीको क्षति भएको जनाइएको छ ।  हावाहुरीका कारण जिल्लाको दर्जनौ स्थानमा विद्युत पोल ढलेर तथा मँहगो विद्युतीय उपकरणहरु पडकेर नष्ट भइ एक करोड भन्दा बढीको क्षति भएको विद्युत प्राधिकरण केन्द्र राजविराजले जनाएको छ । .... विस्तृत
चोरीको मदिरा सेवन गरी वर्कशपमा चोरी 2081/02/27  सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुख्य बजारका दुई पसलमा शनिबार मध्यराती चोरी भएको छ ।  नगरपालिकाको वडा नम्बर ५ पातो बजार स्थित माँ डाक्नेश्वरी भगवती मोटरसाइकल वर्कशप र चौधरी कोल्ड एण्ड होटलमा कोही नभएको अवस्थामा मध्यराती चोरी भएको हो । चोरी भएको उक्त पसलहरु इलाका प्रहरी कार्यालय पातोबाट २ सय मिटरको दुरीमा मात्र रहेको छ । .... विस्तृत
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह 2081/02/26  राजविराज÷मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने कुरा बताएका छन् ।  मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रबार राती गृहजिल्ला सप्तरी आइपुगेका उनले यस्तो बताएका हुन् । .... विस्तृत
नेता मण्डलले छाडे लोसपा 2081/02/26  राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डलले शनिबार पार्टी परित्याग गरेका छन् । सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी ४५ वर्षीय मण्डलले अध्यक्ष महन्थ ठाकुरलाई पठाएको राजिनामा पत्रमा नेतृत्वमाथि मधेशका जनताको भावना अनुसार पार्टी चलाउन नसकेको प्रमुख आरोप लगाएका छन् ।.... विस्तृत
एक दशकको राजनीतिक यात्रामा मुख्यमन्त्री बन्न सफल   2081/02/25  दश वर्षअघि शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) बाट राजनीतिमा होमिएका सतिश कुमार सिंह शुक्रबार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको कोइलाडी गाउँमा २०३९ मंसिर ८ गते जन्मिएका सिंह जिल्लाबाट पहिलो तथा प्रदेशको तेश्रो मुख्यमन्त्री बनेका हुन् । .... विस्तृत
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री 2081/02/25  मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्री परिषद् समेत बिस्तार गरेका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथ लिए । मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दै सबै मन्त्रीहरुलाई शपथ गराए । .... विस्तृत
सप्तरीका २४ जनाले विदेशमा गुमाए ज्यान  2081/02/25    सप्तरीबाट बैदेशिक रोजगारमा गएका मध्ये १० महिनामा २४ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक बर्षको १० महिनामा वैदेशिक रोजगारका क्रममा २४ जना यूवाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  शुक्रवार राजविराज नगरपालिकाको आयोजना, कंचनरुप नगरपालिका, शम्भुनाथ नगरपालिका र राजगढ गाउँपालिकाको सहकार्यमा आयोजित “सुरक्षित वैदेशिक रोजगारीका लागी संचारकर्मीहरु संगको अन्तरकृया” कार्यक्रममा यस्तो तथ्याँक सार्वजनिक गरिएको हो । .... विस्तृत
मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई  उम्मेदवार बनाउने जनमतको निर्णय  2081/02/24  जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  जनमत पार्टीको बिहीबार बसेको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । .... विस्तृत
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै 2081/02/24 विपद्का बेला आउने विभिन्न समस्या समाधानका लागी सबल नेपालको समन्वयमा सप्तरीका चार पालिकासहित सेना पनि जुटेको छ ।  अन्तराष्ट्रिय एकिकृत पर्वतिय विकास केन्द्र, (इसिमोड) को सहयोग, नेपाली सेनाको वरख गणको समन्वय तथा सवल नेपाल राजविराजको आयोजनामा हाईग्रीड परियोजना अन्तर्गत चार दिने समुदायमा आधारित विपद व्यवस्थापन, विपद प्रतिकार्य तथा बाढी पूर्व सूचना प्रणालीको दिगोपना सम्बन्धि तालिम संचालनमा छ । .... विस्तृत
बातावरण दिवसमा बृक्षारोपन 2081/02/24 विश्व वातावरण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय सप्तरीद्वारा बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको छ ।  हाम्रो भूमि, हाम्रो भविष्य नाराका साथ बिहीबार बृक्षारोपन तथा बोटविरुवा बितरण कार्यक्रमको आयोजना गरिएको हो । .... विस्तृत
बट सावित्री पर्व मनाइयो  2081/02/24 श्रीमान्को दिर्घ जीवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित यूवतीदेखि बृद्धासम्म विहिवार बट सावित्री पर्व मनाएका छन् । प्रकृतिपुजक मिथिला सभ्यतामा बट (बर) को रुखलाई जेठ औसीको दिन विशेष पूजा गर्ने चलन छ । जसलाई बट सावित्री पर्व भनिन्छ । यस अवसरमा विहीवार राजविराज नगरपालिकाले मातहतका सबै महिला कर्मचारीका लागी सार्वजनिक विदा नै दिए । .... विस्तृत
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा  2081/02/24  बाढीका कारण सप्तरीमा वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । विषेश गरी चुरे क्षेत्र हँुदै सप्तरीको रुपनी गाउँपालिका, महादेवा गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडा भएर बग्ने खाँडो नदीको बाढीले ब्यापक जनधनको क्षति पु¥याउने गरेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 38
  • 39
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
  • 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.