कारागार भित्रै कैदीको मृत्यु बारे आफन्तद्वारा छानबिनको माग गर्दै प्रदर्शन 2080/10/29  राजविराज कारागारको शौचालय भित्र झुण्डिएर मृत्यु भएका हनुमाननगर कंकालीनी नगरपालिका ६ का देवेन्द्र मण्डलका आफन्तले उक्त घटना शंकास्पद र रहस्यमय रहेको भन्दै छानबिनको माग गर्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन् । आइतबार १९ वर्षीय मण्डलको मृत शरीर कारागारको क ब्लकमा रहेको शौचालय भित्र फेला परेको थियो । घाँटीमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको उनको मृत शरीर तत्कालै आवश्यक प्रक्रिया पश्चात पोस्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको थियो ।.... विस्तृत

 

ताजा अपडेट