रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखी अनशन 2080/07/11  राजविराज÷सप्तरी जिल्लाको बहुप्रतिष्ठित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै १६ दिनदेखि थालेको अनिश्चितकालिन रिले अनशनलाई शनिवार पनि स्थानीयवासीले निरन्तरता दिएका छन् । शिलान्यास भएको २५ महिना वितिसक्दा पनि सुरु हुन नसकेको प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउनु पर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरुमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नु पर्ने, प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेटको व्यवस्थापन गर्नु पर्ने लगायतका ५ बुँदे मागँ अघि सार्दै गत असोज २६ देखी रिले अनशन सुरु भएको होे ।..... विस्तृत
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव 2080/07/11    राजविराज÷मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षाको विकास विना प्रदेशको विकास सम्भव नरहेको भन्दै शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको जनाएका छन् ।  बागेश्वरी सेवा समितीको वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले चार वर्ष भित्र मधेश प्रदेशलाई पुर्ण साक्षर बनाउने गरी गृहकार्य अघि बढेको समेत जानकारी दिदै मधेश प्रदेशमा पचास प्रतिशतमा मात्र पहुँच भएको शिक्षालाई सय प्रतिशतमा पु¥याउने लक्ष्यका साथ काम सुरु भईसकेको बताए ।.... विस्तृत
“विटौरी” जग्गाको जग्गाधनीलाई यसै वर्षदेखि जग्गाधनीपुर्जा प्रदान गर्ने तयारी 2080/07/01    राजविराज नगरको ठूलै समस्याका रुपमा देखा परेको मुख्य बजार, मेनरोड र आसपासका ६८ विघा जग्गाको जग्गाधनीलाई यसै आर्थिक वर्षबाट जग्गाधनी पुर्जा प्रदान गर्ने कार्य सूरु गर्ने नगरसभाले निर्णय गरेको छ ।  बुधवार पहिलो पटक कार्यालय बाहिर नगरको मुटुमै रहेको भगवती मन्दिर पोखरी परिसरमा दशै, तिहार र छठको शुभकामना आदान प्रदान तथा सातौ नगरपरिषदले पारित गरेको आ.ब. २०८०÷०८१ को नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । .... विस्तृत

 

ताजा अपडेट