rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
फरार प्रतिवादी पक्राउ 2079/07/23 कुटपिट अंगभंग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको साबिक कमलपुर गाबिस वडा नं २ हाल सप्तकोशी नगरपालिका वडा नं ९ कमलपुर बस्ने ४५ वर्षिय बिशेश्वकर खंग छन् । .... विस्तृत
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ 2079/07/21 अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएर फरार मध्ये पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् । .... विस्तृत
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश 2079/07/21  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा अहिले पार्टी प्रवेशदेखी छोड्ने क्रम तिब्र बनेको छ ।  यो क्रम अधिकांश रुपमा मधेश केन्द्रित दलहरुमै रहेको छ । केही दिन अघि मात्र विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । सोमबार भने राजविराज नगरपालिका ११ बाट जनता समाजवादी पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।.... विस्तृत
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त 2079/07/20  जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार आयोजना गरेको जिल्ला स्तरिय अभिमूखीकरण कार्यक्रममा जिल्लामा आचार संहिताको व्यापक उल्लघंन भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो ।  मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले तीन–तीन पटक सर्वदलिय बैठक राखेर ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लघंन हुन नछाडेको प्रति दललगायत उम्मेदवारहरु गम्भिर हुनुपर्ने बताएका छन् । .... विस्तृत
विद्यापति स्मृती पर्व मनाइयो 2079/07/20  कवि कोकिल विद्यापतिको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् तथा आवद्ध संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । तीन दिवसीय कार्यक्रम अन्तरगत शुक्रबार साहित्यिक गोष्ठी तथा शनिबार “मैथिली भाषाको विकासप्रति प्रतिनिधिसधा र प्रदशेसभाका उम्मेदवारहरुको अवधारण” विषय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको परिषद्ले अन्तिम दिन आइतबार झाँकी प्रदर्शन, श्रद्धाञ्जलीसभा तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।..... विस्तृत
डा. रन्जित झासँग निर्वाचन आयोगले माग्यो स्पष्टिकरण 2079/07/19  काठमाडौं÷निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।  डा. झाले सप्तरी जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव प्रचारप्रसार गरेको देखिएको आयोगले जनाएको छ ।.... विस्तृत
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन 2079/07/19  राजविराज÷राजविराजमा शनिवार अत्याधुनिक प्रविधि र सुविधासहितको पन्ध्र शैय्याको सगरमाथा आँखा अस्पताल प्रा.लि. संचालनमा आएको छ ।  उक्त अस्पतालको राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख ईसरव प्रवीणले उद्घाटन गरेकी छिन् । सो अवसरमा उनले अत्याधुनिक प्रविधिसहित पूर्ण स्वचालित उपकरण र विशेषज्ञहरुको टोलीबाट एकै थलोमा आँखा सम्बन्धि सबै खाले रोगको उपचार सेवा उपलब्ध हुनु यस भेगका जनताका लागि अति खुशीको कुरा भएको बताइन ।..... विस्तृत
आन्दोलनहरुले ल्याएको उपलब्धी  संस्थागतका लागि अझैं संघर्ष  आवश्यक रहेको उपेन्द्र यादवको भनाई 2079/07/19 राजविराज÷जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायत अन्य विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धी संस्थागतका लागि अझैं संघर्षको आवश्यकतामा जोड दिएका छन् ।  शुक्रवार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ..... विस्तृत
संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई सहयोग गर्न ठाकुरको आग्रह 2079/07/19  राजविराज÷सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुले संघीयताको सफल कार्यान्वयनका लागि गठबन्धनलाई यसपटक जनताले जिताउनेमा विश्वस्त रहेको बताएका छन् ।  शनिबार विहान राजविराज नगरपालिका वडा ७ मा घरदैलो कार्यक्रमका क्रममा मतदाताहरु संग भेट्दै उनले जनताको गुनासो र समस्या समाधान गर्न आफू जुनसुकै बेला पनि तयार रहने बताएका हुन् । .... विस्तृत
मैथिली भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड 2079/07/19  राजबिराज÷मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिएका छन ।  मैथिली साहित्य परिषदद्वारा शनिबार राजविराजमा आयोजित मैथिली भाषाको बिकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । .... विस्तृत
सप्तरी क्षेत्र नं. २ मा तीन प्रभावशाली नेताबीच कडा प्रतिष्पर्धा 2079/07/18 मुलुककै सर्वाधिक चर्चामा रहेको सप्तरी क्षेत्र नं. २ मा अहिले चुनावी माहोल निकै तातिएको छ । यो क्षेत्रमा दुई राष्ट्रिय अध्यक्षसहित सत्तारुढ गठबन्धनका एक प्रभावशाली नेताबीच कडा टक्कर हुने देखिएको छ ।  प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिदै जाँदा तीनै नेताहरु मत आ–आफ्नो पक्षमा पार्न दिनरात मतदाताको घरदैलोमा चुनावी प्रचारप्रसार सामाग्रि लिएर पुग्ने गरेका छन् । .... विस्तृत
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन 2079/07/18  अदालतको आदेश कार्यान्वयन तथा न्याय सम्पादन कार्य छिटो छरितो गर्न माग गर्दै दुई दिनदेखी आमरण अनसनमा बसेका साह दम्पत्तिले शुक्रबार अनसन तोडेका छन् । सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् । .... विस्तृत
सहकारी ब्यवस्थापक क्लव गठन 2079/07/18  सहकारीका ब्यवस्थापकहरुको क्लव सहकारी ब्यवस्थापक क्लव सप्तरीको स्थापनाका लागि प्रारम्भिक छलफल सम्पन्न भएको छ ।  राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाको समन्वयमा सप्तरी जिल्लाका सहकारीकर्मीहरु भेला भएर सहकारीका ब्यवस्थापकहरुलाई एक्यबद्ध बनाउने उद्देश्यले क्लव गठन गर्न लागिएको हो । .... विस्तृत
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा 2079/07/17  अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै एक दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी अनसनमा बसेका छन् ।  राजविराज वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती गौरी साह अदालतको मूल गेट अगाडी बिहीबार बिहान १० बजेदेखी दोश्रो पटक आमरण अनसनमा बसेका हुन् । .... विस्तृत
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण 2079/07/15 निर्वाचन आयोगले राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।  निर्वाचन आयोगद्वारा मंगलबार जारि नियमित बुलेटिनमार्फत राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको हो ।.... विस्तृत
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन  2079/07/15  सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका ६५ वर्षिय मिटरब्याजी रामदेव साहलाई पक्राउ गर्न माग गर्दै पीडितहरुले मंगलबार राजविराजमा १९ औं पटक प्रदर्शन गरेका छन् । लामो समयदेखी फरार रहेका मिटर ब्याजी साहलाई पक्राउ गर्न माग गर्दै गाउँ गाउँबाट आएका मिटर ब्याजी साह र उनका परिवारबाट पीडितहरु स्थानिय शिव मन्दिर प्राङ्गणमा भेला भई प्रदर्शन गरेका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 142
  • 143
  • 144
  • 145
  • 146
  • 147
  • 148
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.