rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते 2079/05/06    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा नं. ६ नँया बस्ति बसन्तपुरस्थित सडकमा सोमबार हयास गाडीकोको टायर पड्किदा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । त्यस्तै सोही दुर्घटनामा १३ जना यात्रुहरु घाइते भएका छन् ।  .... विस्तृत
नेता गिरीको शोक मनाउन  काँग्रेसले झण्डा आधा झुकायो 2079/05/05  नेपाली काँग्रेस सप्तरीले आफ्ना नेता प्रदिप गिरीको निधनमा शोक मनाउन आईतवार पार्टी कार्यालयमा झुण्ड्याइएको झण्डा आधा झुकाएको छ । जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार वसेको आकस्मिक बैठकले स्व.नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधा झण्डा झुकाउने र उनको तस्बिर तथा शोक पुस्तिका राख्ने निर्णय गरिएको जिल्ला सचिव सनत मण्डलले बताएका छन् । ..... विस्तृत
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद 2079/05/05 सप्तकोशी नदीको किनारमा पटेर झारीमा तस्करीका लागि लुकाई राखेको २ सय ४० किलो गाजा सशस्त्र प्रहरी बल सप्तरीले बरामद गरेको छ ।  आईतवार विहान ४ बजेतिर गोप्य सुचनाका आधारमा कोशी ब्यारेजस्थित सुरक्षा वेश क्याम्प भारदहका प्रहरी निरिक्षक उमेश कुमार आलेको कमाण्डमा खटेको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ सप्तकोशी किनारको उक्त झारीमा लुकाई राखिएको २ सय ४० केजी अबैध गाँजा बरामद गरेको हो । ..... विस्तृत
राष्ट्रिय भूमि आयोगद्वारा चार महिने प्रगति विवरण सार्वजनिक 2079/05/05  राष्ट्रिय भुमि आयोग जिल्ला समिति सप्तरीले चार महिने कार्यकालको प्रगति विवरण आइतबार सार्वजनिक गरेको छ ।  पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला समिति सप्तरीले २०७९ बैशाख पहिलो सातामा पुर्णता पाई जिम्मेवारीमा आएपछि चार महिनाको छोटो अवधिमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरेको हो । ..... विस्तृत
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग 2079/05/05  हालै आएको बाढीले पीडित सप्तरी र छिमेकी जिल्ला उदयपृरका ४ सय परिवारलाई लायन्स इन्टरनेशनलले आईतवार खाद्यान्न, झुल, बाल्टिन, लत्ताकपडा, औषधी लगायतका राहत सामाग्री वितरण गरेको छ ।  दुई साता अघि पहाडी क्षेत्रमा भएको भारी वर्षाले सप्तकोशीमा आएको बाढीका कारण उदयपुरको वेलका तथा सप्तरीको सप्तकोशी र कंचनरुप नगरपालिकाको विभिन्न वडामा ठूलो धनमालको क्षति भएको थियो ।..... विस्तृत
नहरमा डुबेर एक बालकको ज्यान गयो 2079/05/05  सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. २ सिद्धिपुरमा रहेको नहरमा डुबेर एक बालकको सोमबार बिहान ज्यान गएको छ ।  आफ्नै घर नजिकैको छोटी नहरको डिलमा खेल्दै गरेको सप्तकोशी नगरपालिका वडा न १ का कार्यालय सहयोगी राजकुमार रामको दुई वर्षीय छोरा सन्दिप रामको बिहान नहरमा डुबेर ज्यान गएको हो । ..... विस्तृत
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै  2079/05/05 मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिकदलहरुले अधिकारिक रुपमा उम्मेदवारको टुगो नलगाए पनि सप्तरीमा दर्जनौ आकांक्षीले आ–आफ्नै स्तरबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । उम्मेदवारका आकांक्षीले यसरी उम्मेदवारी घोषणा गर्दा केही स्वयमले त कोही समर्थकको प्रयोग गरि सामाजिक संजालमार्फत यस्तो पोष्ट गर्न थालेका छन् । .... विस्तृत
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी  संगठनको संयोजकमा खड्गा 2079/05/05 राजविराज÷जनता समाजवादी पार्टी नेपाल बौद्धिक पेशाकर्मी संगठन मधेश प्रदेश समितिको संयोजकमा जितेन्द्र खड्गालाई मनोनयन गरिएको छ । .... विस्तृत
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु 2079/05/05     राजविराज÷विद्युतीय मोटर जडान गरिएको ट्युवेलमा नुहाउँदै गरेको अवस्था शनिबार दिउँसो करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ ।  पानी तान्ने मोटर जडान भएको ट्युवेलमा करेन्ट लागेर सप्तरीको खडक नगरपालिका ११ लालपुरकी १६ वर्षिया कमलाकुमारी रामको ज्यान गएको हो ।.... विस्तृत
सात दिन भित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई कारवाहीको तयारी 2079/05/03  निर्वाचन आयोगले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनका क्रममा भएको खर्च विवरण नबुझाएकाहरुलाई सात दिनभित्र खर्च विवरण बुझाउन थप म्याद दिएको छ ।  सप्तरी जिल्ला निर्वाचन अधिकारी प्रदिप कुमार जोशीले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रका समेत गरी ५ हजार ५ सय ३५ जनाले विभिन्न पदमा उम्मेदवारी दिए पनी हाल सम्म ४ सय ८२ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जानकारी दिएका छन् । खर्च विवरण नबुझाउने उम्मेदवारको संख्या ५ हजार ५३ रहेको छ । ..... विस्तृत
छुट्टाछुट्टै घट्नामा दुईको मृत्यु 2079/05/03  सप्तरीमा छुट्टाछुट्टै भएको घट्नामा एक महिलासहित दुई जनाको ज्यान गएको छ ।  जिल्लाको बोदेबर्साइन नगरपालिका ३ वस्ने राम नरेश यादव र राजविराज नगरपालिका ९ वस्ने अनुराधा मेहताको छुट्टाछुट्टै घट्नामा ज्यान गएको हो । .... विस्तृत
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन 2079/05/03 मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृष्णाष्टमीको अवसरमा शुक्रबार सप्तरीमा दुई वटा राधाकृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।  मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनीया र सोही नगरपालिकाको वडा १४ रम्पुरा मल्हनियामा नवनिर्मित राधाकृष्ण मन्दिरमा पुजापाठ गरी उद्घाटन गरेका हुन । ..... विस्तृत
कृष्णाष्टमीमा भक्तजनको चहलपहल 2079/05/03 ग्रामिण तथा शहरी क्षेत्रमा भगवान श्री कृष्णका कलात्मक मुर्ती निर्माण गरी पुजापाठ गर्न भक्तजन लागेका छन् ।  गत वर्ष कृष्णाष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला खल्लो भएको कृष्णाष्टमी यस पाटक जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र बृद्धबृद्धाहरुमा पनि कृष्णाष्टमीको उत्साह देखिएको छ । ..... विस्तृत
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक 2079/05/02  राजविराज नगरपालिका ९ मलेठमा २०५८ सालमा स्थापना गरिएको आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म विरामी उपचारका लागी आउने गरेका छन् । ती विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक रहने गरेको केन्द्रले जनाएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा पुर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत उक्त केन्द्रको स्थापना गरिएको हो । ..... विस्तृत
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह 2079/05/01  नेपाल प्रहरीका महानिरिक्षक (आइजिपि) धीरज प्रताप सिंहले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै प्रहरीले भयरहित, मर्यादित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनेतर्फ सम्पुर्ण ध्यान केन्द्र्रित गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बुधबार आफ्नै सभाकक्षमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ..... विस्तृत
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु 2079/05/01  राजविराज नगरपालिका ७ निवासी ६२ वर्षिय एक पुरुषको घरमा चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु भएको छ । स्थानिय लक्षमण शर्माको बुधबार बिहान यसरी मृत्यु भएको हो । उनको घर तथा आगँनको दक्षिण पट्टी रहेको भाई जोगेन्द्रको घरमा समेत मंगलवार मध्यरातमा चोरी भएको थियो । प्रहरीका अनुसार लक्षमणको घरबाट १ थान मोवाईल र नगद ५ हजार तथा उनको भाई जोगेन्द्रको घरबाट १२ हजार नगद र अन्य सरसमान गरी १ लाख २ हजारको धनमाल चोरी भएको हो । भाई जोगेन्द्र सपरिवार अघिल्लो दिन मंगलवार मात्र काम विषेशले विराटनगर गएका थिए । ..... विस्तृत

 

  • 1
  • ...
  • 139
  • 140
  • 141
  • 142
  • 143
  • 144
  • 145
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.