rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए  2079/06/26    सप्तरीको छिन्नमस्तामा कार्यरत एक सशस्त्र प्रहरीका असईको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खड्का हेडक्वाटर तानिएका छन् ।  असोज २० गते बिहीबारका दिन छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा दिउँसो २ बजे शव फेला परेको थियो । .... विस्तृत
सप्तरीमा एक दल र चार स्वतन्त्र गरी  पाँच उम्मेदवारले लिए मनोनयन फिर्ता 2079/06/26  मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा परेको १ सय ८१ जनाको उम्मेदवारी मध्ये बुधबार पाँच जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् ।  पाँच जनाले उम्मेदवारी फिर्ता लिए सँगै अब सप्तरीमा २० महिलासहित १ सय ७६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धा गर्ने छन् । .... विस्तृत
गौं हत्याका आरोपी सकुर धरौटी रकम  बुझाउन नसक्दा कारागार चलान 2079/06/26 सप्तरीमा गांै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जिल्लाका महादेवा गाउँपालिका ४ निवासी मो. सकुर मियाँ धरौटी रकम बुझाउन नसक्दा मंगलबार कारागार चलान भएका छन् ।  पशुपंक्षि सम्बन्धी कसुर मुद्दामा सुनुवाई पश्चात् तोकिएको धरौटी रकम ३ लाख बुझाउन नसक्दा उनी कारागार चलान भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।.... विस्तृत
छिन्नमस्ता भगवती मन्दिरको दशैंमा १५ लाख आम्दानी 2079/06/26  नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा दशैंको दश दिनमा १५ लाख भन्दा बढी आम्दानी भएको छ ।  मंगलबार छिन्नमस्ता मन्दिर समितिले नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरि दशैं अवधीमा भएको आयव्यय सार्वजनिक गर्दै १५ लाख २५ हजार ७ सय ८५ रुँपैया आम्दानी भएको जानकारी दिएको हो । .... विस्तृत
गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै अदालत अगाडी प्रदर्शन  2079/06/26  गौं हत्यामा संलग्नमाथी कारवाहीको माग गर्दै मंगलबार राजविराजमा सप्तरी जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ । हनुमान आराधना मण्डल, विश्व हिन्दु परिषद् र सनातन संस्कृत नेपाल सप्तरीको संयुक्त अगुवाईमा साधुसन्तहरुले सो प्रदर्शन गरेका हुन् । .... विस्तृत
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन 2079/06/26  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तापक्षिय गठबन्धनका उम्मेदवार बिरुद्ध गठबन्धनका कुनै पार्टीका सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।  गठबन्धन भित्र रहेको लोसपा बाहेकका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले मंगलबार संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमार्फत सो निर्देशन दिइएको छ । ..... विस्तृत
कसैले पार्टीबाटै त कसैले स्वतन्त्र रुपमै दिए दुबै गठबन्धनबिरुद्ध उम्मेदवारी    2079/06/24  आगामी मंसिर ४ हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी केन्द्रियस्तरमा बनेको गठबन्धन सप्तरी जिल्लामा भत्किएको छ । जसकाकारण गठबन्धनका आधिकारिक उम्मेदवारहरु तनावमा परेका छन् । जिल्लामा गठबन्धनको सहमती विपरित प्रतिनिधीसभा क्षेत्र नं. १ र ३ तथा प्रदेशसभा १ को क, क्षेत्र नं. ३ को क र ख तथा क्षेत्र नं. ४ को ख मा उम्मेदवारी परेको छ । .... विस्तृत
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह 2079/06/24  आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पार्टी विपरित मनोनयन पत्र दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई नेपाली काँग्रेस सप्तरीले मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।  पार्टीका जिल्ला सचिव सनत मण्डलद्वारा जारि विज्ञप्तिमा मनोननय फिर्ता लिई पार्टीका आधिकारी उम्मेदवारलाई जिताउन आग्रह गर्दै सो नगरिए पार्टी विधान अनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ । .... विस्तृत
सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जना चुनावी मैदानमा, मुख्य दलबाट महिला उम्मेदवार शुन्य, साना दल र स्वतन्त्र गरी २० महिलाको उम्मेदवारी 2079/06/24 आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी कुल १ सय ८१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत
जसपा अध्यक्ष यादव र जनमत अध्यक्ष डा. राउत आमनेसामने, पाँच दलीय गठबन्धनबाट लोसपा नेता ठाकुरको उम्मेदवारी 2079/06/23 अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आईतवार सप्तरी जिल्लामा विभिन्न राजनीतिक दलले उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका छन् । सदरमुकाम राजविराज नगरपालिका समेत पर्ने क्षेत्र नं. २ बाट जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत तथा लोसपाका नेता जयप्रकाश ठाकुरसहित डेढ दर्जनभन्दा बढी उम्मेदवारले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।..... विस्तृत
कसैले गठबन्धन बिरुद्ध स्वतन्त्र त कसैले पार्टीकै आधिकारिक उम्मेदवार भन्दै मनोनयन दर्ता 2079/06/23 सप्तरीमा गठबन्धन बिरुद्ध विभिन्न दलहरुबाट उम्मेदवारी परेको छ भने कसैले दल परित्याग गरि स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । पाँच दलिय गठबन्धनबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट माओवादी केन्द्रका  नेता अशोक मण्डल अमरले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।  ..... विस्तृत
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा  2079/06/22  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले र जसपाले चुनावी तालमेलको सहमति गरेको छ ।  दुबै पार्टीको चुनावी तालमेलको सहमति अनुसार एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल भएको छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।.... विस्तृत
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत  2079/06/22  सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, निष्पक्ष सम्पन्न गराउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  शनिवार राजबिराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा संचारकर्मीहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । .... विस्तृत
सशस्त्रका असई भारतमा मृत फेला 2079/06/22  सप्तरीमा कार्यरत एक सशस्त्र प्रहरीका असईको छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा बिहीबार शव फेला परेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको अर्धनग्न अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल हेडक्वाटर गण नं. ६ का प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।  ...... विस्तृत
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना 2079/06/21 मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  बिहिबार निर्वाचन क्षेत्र नं. २ मा पर्ने सदरमुकाम राजविराजमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं. १ को कंचनरुप नगरपालिका, क्षेत्र नं. ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नं. ४ को खडक नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । ..... विस्तृत
कंकालिनीमा ६ सय ६९ राँगाको बलि  2079/06/21    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा यसपल्ट बडा दसैँको महानवमीका दिन ६ सय ६९ राँगाको बलि चढाइएको छ ।  नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिका अध्यक्ष रामनारायण मण्डलले जानकारी दिएका छन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 145
  • 146
  • 147
  • 148
  • 149
  • 150
  • 151
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.