rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
मानव अधिकार समूहको गठन 2076/08/02 दैनिक समाचारदाता राजविराज, २ मंसिर ।  जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले सचेतनामूलक कार्यक्रमको आयोजना गरी सोमबार राजविराजमा नगर स्तरिय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।      गठित नगरस्तरिय समुहको अध्यक्षमा रघुवर साह, उपाध्यक्षमा गोविन्द कावरा, सचिवमा मनोज कुमार माझी, सहसचिवमा सिता देवी मण्डल र कोषाध्यक्षमा पुनम पोखरेलको सर्वसम्मतले भएका छन्  । ... विस्तृत
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै 2076/08/01  सप्तरीको तिरहुत गाउँपालिकामा समुदायिक बिकास कार्यक्रम (सिडिपी) ले महिलाहरुका लागि सीपमूलक तालिममार्फत आयआर्जनका लागि प्रेरित गर्ने कार्यक्रमहरु संचालित गर्दै आएको छ । सो गाउँपालिका १ त्रिकौलमा बिपन्न परिवारका लागि तरकारी खेती, पशुपालन लगायतमा आर्थिक सहयोग गरेर आर्यआर्जनका लागि पे्ररित गरेको हो । ..... विस्तृत
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा 2076/08/01  सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ त्रिकौल वडा कार्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामिण पुनर्निमाण संस्थाद्वारा संचालित सामुदायिक विकास कार्यक्रममार्फत निर्माण भइरहेको सो वडा कार्यालय प्राविधीक कारणले गर्दा समय भन्दा तीन महिना ढिलो निर्माण कार्य सम्पन्न हुने भएको छ । .... विस्तृत
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै 2076/08/01  एकछिमेकीद्वारा जग्गा आप्mनो भएको दाबी गर्दै खाली गर्न धम्की दिन थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी ७० बर्ष बृद्घ रेशम साह चिन्तित बनेका छन् ।  ज्याला मजदुरी गरी जुटाएको रकमबाट खरिद गरेको जग्गा अहिले छिमेकीले हकदाबी गर्दै आएपछि उनी निरास बन्दै गएका छन् ।      यता निरास भई भौतारिदै पीडित साह आप्mनो पीडाबारे गाउँमा कुनै सुनुवाई नभएपछि जग्गाको कागजातसहित सदरमुकाम राजविराजमा संचारकर्मी तथा अधिकारकर्मीलाई न्यायका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । .... विस्तृत
तीन सय पचिस गाँजाका बोटहरु नष्ट 2076/08/01  सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिँदै तीन सय पचिस बोटहरु नष्ट गरेको छ । ... विस्तृत
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए 2076/07/29 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।  ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।.... विस्तृत
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी 2076/07/29  सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाका बोटहरु फडान गर्ने अभियान सुरु गरेको छ । सो अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा चार हजार बढी गाँजाका बोटहरु फडान गर्दै नष्ट गरेको छ ।  प्रहरीले एक महिनाको अवधिमा विभिन्न स्थानका झण्डै २० विगघा जग्गा र ५ दर्जनभन्दा बढी घर आँगनमा लगाईएको ४ हजार ७ सय ८० गाँजाको बोट फडान गरि नष्ट गरेको जनाएको छ । .... विस्तृत
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग 2076/07/29  सप्तरीको तिलाठी कोईलाडीका प्रमुख प्रशासकिय अधिकृत राजिव झाको सरूवा बदरको माँग गर्दै शुक्रबार स्थानियहरूले बिरोध प्रदर्शन गरेका छन् ।  तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।.... विस्तृत
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित 2076/07/29 सप्तरी प्रहरीले इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक अर्जुन कुमार महत्तोलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेको छ । ... विस्तृत
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र 2076/07/28  सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदका लागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारी मनोनयन पत्र दर्ता सँगै चुनावी गतिविधि तिब्र बनेको छ ।  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारगरि ९ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । स्वतन्त्र उम्मेदवार रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिएका छन् ।.... विस्तृत
प्रेस काउन्सीलको वर्गिकरणमा  राजविराज दैनिक पुनः “क” वर्गमा  2076/07/28  नेपाल प्रेस काउन्सिलले आ.व. २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।  काउन्सिलको वर्गिकरणमा सप्तरीबाट प्रकाशित राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ । दैनिकसँगै कृष्णा दैनिक र पूर्व प्रभात दैनिकसमेत “क” वर्गमा पर्न सफल भएको छ ।  .... विस्तृत
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै  2076/07/28  सप्तरी प्रहरीले विद्यार्थी लक्षित विद्यालय सम्पर्क कार्यक्रमलाई बुधबारदेखि तिब्रता दिएको छ । विद्यलय अवधीदेखी नै कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउने उदेश्यले प्रहरीले सो कार्य सुरु गरेको हो ।  राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ । .... विस्तृत
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश 2076/07/28  सप्तरीको राजगढ गाउँपालिका वडा नं. ५ मा बिहीबार सम्पन्न राजपाको वडा भेलामा विभिन्न पार्टी परित्याग गरि झण्डै २ सय जना राजपा नेपालमा प्रवेश गरेका छन् । .... विस्तृत
एक हजार तीन सय गाँजाका बोट फडान 2076/07/28  सप्तरी प्रहरीले लागु औषध गाँजा खेतीको फडानीलाई तिब्रता दिएको छ ।  प्रहरीले बिहीबार पनि जिल्लाको विभिन्न स्थानहरुबाट एक हजार ३ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जानकारी दिएको छ । ... विस्तृत
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार 2076/07/27  सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी ९ जनाले बुधबार मनोनयन दर्ता गराएका छन् । जसमा राजनीतिक दलबाट ६ र स्वतन्त्रबाट ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय छिन्नमस्ता गाउँपालिकाको कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न  2076/07/27  जिल्ला भारत्तोलन संघ सप्तरीले भारोतोलनका राष्ट्रिय खेलाडी स्व. देव सुन्दर यादवको सम्झनामा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।  भारोत्तलनका रेफ्री समेत रहेका राजविराज ९ विषहरिया निवासी स्व. देव सुन्दर यादवको १३ औं दिनको पुण्य तिथिको अवसर पारी भारोतोलन संघले सो श्रद्घाञ्जली सभाको आयोजना गरेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 257
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • 263
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.