लोकेन्द्र स्मृती तामाङ र वातावरणीय पुरस्कार रामलाई प्रदान 2075/09/26 नेपाल पत्रकार महासंघ सप्तरीले प्रदान गर्दै आएको लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार वृजमान तामाङलाई प्रदान गरेको छ ।   सप्तरीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका तामाङलाई २५ औं लोकेन्द्रकुमार स्मृति दिवसको अवसरमा नगद २ हजार ५ सय १ सहित सो पुरस्कार प्रदान गरिएको हो ।  राजविराजमा बिहीबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य सुमनराज प्याकुरेलले तामाङलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मानित गरे ।.... विस्तृत
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम  2075/09/25  नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल वापत ग्राहकलाई दिने गरेको बिल र नेपाल सरकारबाट मान्यता प्राप्त ई–सेवाबाट भुक्तान गर्दा देखिएको बिलको रकम फरक फरक भेटिएको छ ।  नेपाल विद्युत प्राधिकरण राजविराज केन्द्रबाट एक ग्राहकलाई दिएको विद्युत महसुल वापतको बिल र ई–सेवाबाट जारि गरिएको बिलको रकममा ३ हजार ७ सय ३४ रुँपैया ८३ पैसाको फरक भेटिएको छ ।  घरेलु प्रयोजनका लागि मिटर जडान गरेकी ग्राहक नं. ३०३५४ राजविराज ४ निवासी ठकनी कुमारी साहको नाममा २०७५ साल पुस महिनाको विद्युत महसुल वापत ४६३४ रुँपैया ८३ पैसाको रकम आएको तर, सोही नाम, ग्राहक नं., महिना र ठेगाना उल्लेख भएको ई–सेवाको बिलमा ९०० मात्र रकम उल्लेख भएको देखिएको छ । .... विस्तृत
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न 2075/09/23  राष्ट्रिय जनता पार्टी नेपालले प्रथम एकता महाअधिवेशनको तयारी गर्ने उद्देश्यका साथ सोमबार राजविराजमा बिस्तारित बैठक सम्पन्न गरेको छ । राजपा सप्तरीको आयोजनामा बिस्तारित बैठकमा राजपा महासचिव मनिषकुमार सुमनले बैशाख ७ र ८ गते हुने प्रथम एकता महाअधिबेशनलाई लक्षित गरि सप्तरीसहित २९ जिल्लामा बिस्तारित बैठक गर्न लागेको जानकारी दिएका छन् ।     पार्टीका सप्तरी संयोजक सतिश कुमार सिंहको अध्यक्षतामा सम्पन्न बिस्तारित बैठकमा राजपाका महासचिव सुमनले महाअधिबेशनलाई लक्षित गरी बिस्तारित बैठक गर्न लागको बताए ।     उनले बैठकबाट प्रत्येक नगरपालिका तथा गाँउपालिकामा वडास्तरिय भेलाका लागि जिम्मेवारी दिईने र पुस २५ गते वडाको बिस्तारित बैठक सम्पन्न गर्ने केन्द्रीय कार्यक्रम रहेको उल्लेख गरे ।.... विस्तृत
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा  2075/09/22    सरकारले प्रशासनिक आधारमा गरेको स्थानीय तहको प्रारम्भिक वर्गीकरणमा सप्तरीका १८ वटा स्थानिय तह मध्ये ख वर्ग दुर्गममा ६ वटा गाउँपालिका र ग वर्ग मध्यममा ८ नगरपालिका र ३ गाउँपालिका परेका छन् भने एक नगरपालिका घ वर्ग सुगममा परेको छ ।  मुलुककै पुरानो मध्ये एक टाउन प्लानिङ तथा भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित सप्तरी सदरमुकाम राजविराज क वर्ग अर्थात सुगम नगरपालिकामा परेको छ ।  नौं नगरपालिका र नौं गाउँपालिका रहेको यस जिल्लामा सरकारले गरेको वर्गीकरणमा क वर्ग अति दुर्गममा एउटा पनि स्थानिय तह परेको छैन ।.... विस्तृत
गाँउस्तरमा क्रिकेट खेलाडीको  उत्पादन तथा संरक्षण गर्नुपर्नेमा जोड 2075/09/22  गाँउस्तरमा किक्रेट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले किक्रेट खेलाडी छनोट गरि गाँउपालिका स्तरिय प्रतियोगिता गर्ने भएको छ ।  तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहले आइतबार तिलाठी कोईलाडी क्रिकेट टिमलाई जर्सी हस्तान्तरण कार्यक्रममा सो कुरा बताएका हन् ।      अध्यक्ष सिंहले तिलाठी कोईलाडी गाँउपालिकालाई खेलकुद माध्यवाट बिकास गर्ने उद्देश्यले माघ १ र २ गते तिलाठीमा र ३ र ४ गते कट्टीमा वडा स्तरिय खेलाडीहरू छनोट गरी प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।.... विस्तृत
ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम  2075/09/22  राजविराजको पहिलो नीजि विद्यालय विद्यालय ह्यापिल्याण्ड सेकेन्ड्री स्कुलले आइतबार आप्mनो ३९ औ स्थापना दिवस विभिनन कार्यक्रम गरि मनाएको छ ।   विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् । त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ । ..... विस्तृत
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी,  अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट 2075/09/21  सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा रोपिएका गाँजाका बोटहरु फडान गर्दै नष्ट गर्दै आएको छ । प्रहरीले गाँजाका बोटहरु फडान गर्न अभियान नै चलाएको छ । यसैबीच प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडामा शनिबार अवैध रुपमा लगाईएको गाँजा खेती फडान गरेको छ ।      गाजा खेती भईरहेको जिल्लाको विभन्न स्थानमा विगत २ महिनादेखि अभियान नै थालेको प्रहरीले सो गाउँपालिकाको वडा १ र २ स्थित तिलाठी र लौनिया गाउँमा लगाईएको करिब ५ सय गाँजको बोट फडानी गरेको हो ।      गाँजा खेती भई रहेको सूचना र सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा पत्ता लागेपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको निर्देशनमा प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको छ ।.... विस्तृत
मदिरा नियन्त्रणको कानुन स्थानिय तहले  पनि बनाउनु पर्छ ः प्रजिअ पौडेल 2075/09/21  सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मदिरा नियन्त्रण गर्न स्थानिय तहले कानून वनाएर लागु गर्नु पर्ने बताएका छन् ।  सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार सप्तरीको महुलीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रजिअ पौडेलले सो कुरा वताएका हुन् ।      समाजमा वढ्दै गइरहेको अपराधिकरणको मुख्य जडको रुपमा रहेको मदिरा उत्पादन, विक्रि वितरण तथा सेवनको नियन्त्रण गर्न स्थानिय तहवाट नै अभियान थाल्नु पर्नेमा जोड दिए । उनले स्थानिय तहहरु अव संविधान बमोजिम स्थानिय सरकार नै भएकोले यसले कानून वनाएर कडाईकासाथ कार्वाहीका कामहरु अगाडी वढाउनु पर्ने आवश्यकता औंल्याए । .... विस्तृत
बैदेशिक रोजगारमा हुने ठगी  नियन्त्रणका लागि अभियान चलाइने 2075/09/19 सप्तरीमा बैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गरी ठगी मुक्त जिल्ला घोषणा गर्नका लागी अभियान चलाउने सरोकारवाला निकायले बताएका छन । बैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र लाभदाय बनाउन उद्देश्यले आप्रवासन हकहित संरक्षण केन्द्रका सदस्यहरूको एकदिने क्षमता अभिबृद्वि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन ।     बिहिवार सामी हेल्भेटास नेपालको सहयोगमा तथा सप्तरी सामुदायिक बिकास केन्द्र आयोजनमा क्षमता अभिबृद्वि कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबले भाषाको ज्ञान, सिपको अभाबका कारण कामदारहरू बिदेशमा समस्यामा पर्ने गरेको छ । उनले बिदेशमा जादाँ सहि सुचना र सीप तथा सम्बन्धी कामको ग्यारेन्टी नहुन्जेल सम्म परदेश जान नहुने बताउदै सबै कुरामा बुझेर जान आग्रह गरे ।.... विस्तृत