सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै 2075/08/22  नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको चरम लापरवाहीका कारण सप्तरीकी एक महिलाले पीड भोग्नु परेको छ ।  नागरिकता पाएको १२ वर्षपछि नागरिकतामा टाँसिएको धुम्लिएको फोटो परिवर्तन गर्न मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी पुग्दा नागरिकता प्रदान गर्ने निकायको चरम लापरवाही देखिएको हो ।      सप्तरीको साविकको बेल्ही चपेना गाविस वडा नं. ४ निवासी अमरिकादेवी मण्डलले पाएको नागरिकतामा धुम्लिएको फोटो परिवर्तन गर्न खोज्दा सरकारी लापरवाही उदाङ्गो भएको हो ।      उनले २०६३ साल फागुन १८ गते जिल्ला प्रशासन कार्यालयको टोली मार्फत नेपाली नागरिकताको प्रमाणपत्र बनाएकी थिइन् । तर, सो नागरिकतामा नागरिकता प्रमाणपत्र नं. नै उल्लेख गरिएको छैन् । तत्कालिन टोली प्रमुख रबिन्द्र कुमार महथाको हस्ताक्षर रहेको सो नागरिकता प्रमाणपत्र बंशजको आधारमा दिइएको थियो । .... विस्तृत
राष्ट्रिय खेलकुदका लागि जुडो र क्रिकेट खेलाडी चयन 2075/08/22  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ का लागि जुडो  र क्रिकेट खेलाडीहरुको छनौट गरिएको छ ।  जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजित जुडो खेलाडी छनौट प्रतियोगिताबाट १५ जना प्रदेश नं. २ बाट जुडो खेलाडीहरुलाई छनौट गरिएको हो ।      छनौट भएकाहरुमा ९ जना पुरुष र ६ जना महिला खेलाडीहरु रहेको छनौट समितिका नविनित कुमार झाले जानकारी दिएका छन् ।      छनौट भएका पुरुष खेलाडीहरुमा अमित कुमार राम, पंकज चौधरी, सन्तोष चौधरी, अनिल कुमार यादव, महेश कुमार यादव, राजेन्द्र प्रसाद यादव, सन्तोष कुमार चमन, आनन्द कुमार शर्मा र धरन्जय कुमार यादव रहेका छन् । ..... विस्तृत
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ” 2075/08/21 प्रेस काउन्सिल नेपालले आयोजना बिहीबार राजविराजमा पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ, सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले प्रेस काउन्सीलले पत्रकारहरुसँग विभेद गरिरहेको आरोप लगाएका छन् । मोफसलका संचारमाध्यमहरुलाई काउन्सीले विभिन्न आचार सहिंता लगाए पनि ठूला मिडिया हाउसले उलंघन गरे पनि काउन्सील मुकदर्शक बन्ने गरेको वक्ताहरुको आरोप छ ।      कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस काउन्सीलका पूर्वसदस्य अनिल कुमार अनलले मोफसलका संचारमाध्यमहरुमा श्रमजिवि ऐन खारेज गर्नुपर्ने सुझाव दिँदै मोफसलका पत्रिकाहरुले जसोतसो पत्रकारिता संचालन गरिरहँदा काउन्सीलले उनीहरुको पत्रिका संचालनका लागि सरकारी विज्ञापन उपलब्ध गराउनेतर्फ कुनै ध्यान नदिएको आरोप लगाए । ..... विस्तृत
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण 2075/08/21 प्रदेश सभा सदस्य रुबी कुमारी कर्णले राजविराज ९ स्थित दलित विद्यार्थीको घर घर पुगी आवश्यक जानकारी लिएकी छिन । जिल्लामा भर्ना अभियानका वेला विभिन्न राजनीतिक दलका पदाधिकारी, सासद, मन्त्रि र पुर्व मन्त्रिहरुले अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु विभिन्न समस्याले गर्दा विद्यालय सम्म नपुगि रहेको गुनासो आईरहेको वेला सांसद कर्ण आफु र आफुसगै मन्त्रि र पुर्व मन्त्रिले  अभिभावकत्व ग्रहण गरेका  विद्यार्थीहरुको अवस्था वुझन घर घर पुगेकी हुन ।      गत ५ बैशाखमा श्री राष्ट्रिय प्राथमिक विद्यालय गढिया मलेठमा भएको सार्वजनिक भर्ना अभियान कार्यक्रममा सांसद कर्णले स्थनिय सुरज कुमार सदाको अभिभाकत्व ग्रहण गरेकी थिइन भने  शिक्षा मन्त्रि गिरिराज मणि पोखरेलले टिंकु मरीक, पूर्व शान्ती मन्त्री विश्वनाथ साहले श्याम सुन्दर सदा, पूर्व शिचाई मन्त्री उमेश कुमार यादवले राजा कुमार सदा र राजविराज नगरपालिकाको प्रमुख शम्भु प्रसाद यादवले कुलानन्द सदाको अभिभावकत्व ग्रहण गरेका थिए ।.... विस्तृत
अग्निपीडित खंगद्वयलाई राहत प्रदान 2075/08/21    सप्तरीको बिष्णुपुर गाउपालिका ३ मुसहरनियाका अग्नीपीडितलाई बिहीबार धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।  बिपन्न दलितहरु चनर देवी खंग खत्वे र बुची खंगलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष एवं समाजसेवी ई.. सूर्य नारायण यादवले जानकारी दिए ।      बुधबार राती घरमा आगलागि हुँदा चनरदेवीको बाख्राबाख्री ६ थान र हाँस तीन थान आगोमा जलेर मरेका थिए भने गाई र गाईको बाच्छो जलेर गम्भीर घाइते भएका छन् । सो आगलागिबाट अन्दाजी दुई लाखभन्दा बढिको धनमालको क्षति भएको छ ।..... विस्तृत
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन 2075/08/19 प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आगामी दिनमा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र विवाद रहित बनाउन अहिलेदेखि नै तयारी र अभ्यासको रुपमा ठाउँठाउँमा पुगी कार्यशाला मार्फत आयोगले सुझाव र सल्लाह संकलनमा लागेको बताएका छन् ।      निर्वाचन आयोगद्वारा राजविराजमा बुधबार आयोजित “निर्वाचन विवाद निरुपण कार्य विधि तर्जुमा परामर्श कार्यशाला” मार्फत सो कुरा बताएका हुन् ।      सुरक्षा निकायका प्रमुख, निर्वाचनका बेला खटिएका अधिकारी, निर्वाचन पर्यवेक्षक, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी लगायतका सरोकारवालाहरुलाई सहभागी रहेको सो दुई दिने कार्यशालामा प्रमुख आयुक्त डा. यादवले निर्वाचनका बेला उत्पन्न हुने द्वन्द र विवाद न्युनिकरण गर्नुका साथै विवाद सामाधानका क्रममा निर्वाचन अधिकारीहरुद्वारा अपनाईने विधि र तरिकामा एक रुपता ल्याउने उद्देश्यले उचित सुझाव र सल्लाह प्राप्त हुने विश्वास व्यक्त गरे ।   ..... विस्तृत
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग  2075/08/19  महुली सामुदायिक विकास केन्द्र र ह्याविटेट फर ह्युमानिटी नेपालको सहयोगमा सो गाउँपालिका वडा नं. ४ प्रश्वनी निवासी शान्तीदेवी रामको घर बनाउने कार्यमा सप्तरीका संचारकर्मी तथा जनप्रतिनिधीहरुले सहयोग गरेका थिए ।      सोही गाउँपालिकामा बुधबार आयोजित एक कार्यक्रममा स्थानिय जनप्रतिनिधि तथा संचारकर्मीहरुले घर बनाउने कार्यमा सघाएर एउटा उदाहरणीय कार्यको सुरुवात भएको महुली सामुदायिक विका केन्द्रका अध्यक्ष प्रभु नारायण चौधरी बताए ।      उनले जिल्लास्थित अन्य गरिब, विपन्न जनताको घर निर्माणमा समेत स्वमसेवकहरुले सहयोग गरे उनीहरुको निर्माण कार्यमा लागत कम हुने र गरिबलाई सहयोग पुग्ने जिकिर गरे ।  .... विस्तृत
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित 2075/08/19  १५ औं राष्ट्रिय महिला स्वमसेविका दिवसको अवसरमा बुधबार सप्तरीको रुपनी गाउँपालिकामा ¥याली निकाल्दै अन्तरक्रिया गरिएको छ । गाउँपालिका कार्यालयबाट स्वमसेविकाहरुले एक ¥याली निकाल्दै रुपनी बजारको परिक्रमा पश्चात् गाउँपालिका कार्यालय परिसरमा अन्तरक्रिया गरेको हो ।      रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित अन्तरक्रियामा कार्यक्रममा विभिन्न स्वयमसेविकाहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको छ ।      यसरी परस्कृत हुनेहरुमा वडा नं. १ की बिरनदेवी यादव, वडा २ की सरिता चौधरी र उर्मिला यादव, वडा नं. ३ की श्यामादेवी माझि, पवित्रीदेवी मुखीया र गिता चौधरी, वडा नं. ४ की प्रमोददेवी कर्ण, ५ की अर्चना कर्ण, पुनम मंडल र रामवत्ति रजक तथा ६ नं. की शशिकला चौधरी, रामदाना चौधरी र अशोका यादव रहेका छन् ।.... विस्तृत
काँग्रेसद्वारा दुर्घटनामा ज्यान गुमाएका परिवारलाई २५÷२५ हजार  2075/08/19  नेपाली काँग्रेस सप्तरीले मंसिर ७ गते तिर्थयात्री बस दुर्घटनामा परी ज्यान गुमाएका प्रति परिवारलाई २५÷२५ हजार रुपैया राहत प्रदान गरेको छ ।  बुधबार १३ आंै दिनको अवसर पारेर मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतहीमा पुगेर नेपाली काग्रेस सप्तरीले श्रद्घाञ्जली सभाको आयोजना गर्दै मृतक परिवारलाई सो राहत प्रदाना गरेको हो ।      आयोजित श्रद्धाञ्जली कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादवले घटना अत्यन्तै दुःखद रहेको भन्दै मृतक प्रति श्रद्घाञ्जलीका साथै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरे । .... विस्तृत
ठगी र जबरजस्तीकरणीको आरोपमा राजपा कोषाध्यक्ष मेहता पक्राउ 2075/08/18 राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष मनोज कुमार मेहतालाई प्रहरीले लाखौं रुपैयाँ ठगी गरेको र जबरजस्ती गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ५ निवासी मनोजकुमार मेहतालाई कारागारमा रहेका एक बन्दीलाई छुटाईदिने भन्दै उनकी पत्नीसँग जबरजस्ति करणी र लाखौं रुँपैया ठगि गरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।     पुर्पक्षकालागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने भन्दै ठगी गरेको आरोपमा मेहतालाई आईतबार पक्राउ गरि मुद्दा समेत चलाईसकेको जानकारी दिँदै प्रहरी नायब उपरिक्षक रिमालले जबर्जस्तीकरणीका विषयमा भने अनुसन्धान जारी रहेको बताए ।.... विस्तृत
नेकपा प्रदेश २ मा सप्तरीबाट २४ जना प्रदेश सदस्यमा मनोनित 2075/08/18    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।     सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ । सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।     यसैबीच प्रदेश नं. २ को सदस्यहरुमा सप्तरीबाट गोबिन्द न्यौपाने, शैलेन्द्रचन्द्र झा, दिवाकर देवकोटा, जगदीश साह, हिरण्य गुप्ता, सुखराम यादव, दिनेश्वर प्रसाद यादव, महेश प्रसाद यादव, मानपुर चौधरी, रुवी कर्ण, छेदी रजक, देवनाथ यादव, असर्फि सदा, अरुण साह (अनिल), भागवत यादव, लालेन्द्र मण्डल, भरत महतो, मनाई महतो, अशरा चौधरी, मो. कलिम, मो. इस्लाम, गंगा चौधरी, इन्द्र नारायण चौधरी र कृष्ण कुमार गुप्ता रहेका छन् । ..... विस्तृत