rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
  
मधेश प्रदेश सरकारको नेतृत्वमा जनमतको दाबी 2081/01/30 मधेस प्रदेशबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार रहेको छ । आइतबारै नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोसपा गरि चार दल मिलेर सरकार बनाउने तयारीमा जुटेका छन् । .... विस्तृत
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण 2081/01/30  सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका अग्निपीडित परिवारलाई स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले आईतबार संयुक्तरूपमा जस्तापाता बितरण गरेको छ । गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएको थियो । आगलागी भएको तीन साता बित्दा समेत आगलागी पीडितहरु खुल्ला अकाशमुनी बस्न बाध्य छन् । .... विस्तृत
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै 2081/01/28 मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. नेता गजेन्द्र नारायण सिंहको स्मृति एवं सम्झनामा राजविराजमा “गजेन्द्र स्मृती भवन तथा संग्रहालय” निर्माण हुने भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सीके राउतको विशेष पहलमा संघीय सरकारबाट ६० लाख २० हजार ६ सय ४७ (मुल्य अभिबृद्धि करसहित) को लागतमा सो भवन निर्माण हुन लागेको हो । .... विस्तृत
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन  2081/01/28 मधेशको मसिहा भनेर सम्बोधन गरिने सम्मानित नाम हो, गजेन्द्र नारायण सिंह । मधेशी जनतालाई जनसंख्याको आधारमा राज्यको हरेक अंगमा सहभागिताबारे आवाज उठाउने उनी नेपाल सद्भावना परिषदलाई २०४७ सालमा नेपाल सद्भावना पार्टीको रुपमा स्थापना गरी मधेश आन्दोलनलाई अगाडी बढाएका थिए ।.... विस्तृत
नेपाल बैंकका सुरक्षा गार्ड मृत अवस्थामा फेला 2081/01/27 सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्ड विहीवार बैंक भित्रै रहेको क्वाटरमा मृत अवस्थामा फेला परेका छन् । सप्तकोशी नगरपालिका २ निवासी ५६ वर्षिय परशुराम फुयाल विहान ७ बजे तिर बैंक परिसरमा रहेको क्वाटर भित्रै मृत अवस्थामा फेला परेका हुन । .... विस्तृत
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान 2081/01/27  नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार चिम्टीका अग्निपीडितलाई राहत स्वरुप ट्युवेल, खाद्यान्न र बालबालिकालाई स्टेशनरी प्रदान गरेको छ । काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुका लागि ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्चसहित वडाध्यक्ष जयकिशोर दासलाई हस्तान्तरण गरेका छन् । .... विस्तृत
अग्निपीडितलाई जस्तापाता र टेबल पंखा वितरण 2081/01/27  महादेवा गाउपालिका वडा नं १ चिम्टीका अग्नीपीडितलाई विहिवार क्याप्टिभेटिङ्ग नेपालको सहयोगमा सुमार्ग नेपालले जस्तापाता वितरण गरेको छ ।  अग्निपीडित ६६ परिवारलाई सुमार्ग नेपालले १ बन्डल जस्तापाता वितरण गरेको हो । .... विस्तृत
नेपालको न्यायपालिका दक्षिण एशियामै  अग्रस्थानमा ः न्यायधिश पोखरेल 2081/01/26  सर्वोच्च अदालतका न्यायधिश सुनिल कुमार पोखरेलले नेपालको न्यायपालिका दक्षिण एशियामै अग्रस्थानमा रहेको बताएका छन् । ७२औं कानुन दिवसको अवसरमा नेपाल बार एशेसिएशन उच्च अदालत राजविराज–जनकपुरले बुधबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा काशीराज–गंगादेवी पुरस्कार बितरण समारोहमा उनले उक्त कुरा बताएका हुन् । .... विस्तृत
काशीराज–गंगादेवी स्मृति पुरस्कारबाट वरिष्ठ कानुन व्यवसायी सिंह सम्मानित 2081/01/26  सप्तरीका बरिष्ठ कानुन व्यवसायी हिम्मत सिंह “काशीराज–गंगादेवी स्मृति पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।  ७२औं कानुन दिवसको अवसरमा बुधवार नेपाल बार एशोसिएशन उच्च अदालत राजविराजद्वारा आयोजित शुभकामना एवं सम्मान कार्यक्रममा ८४ वर्षिय सिंहलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । .... विस्तृत
बौद्धिक अपाङगता भएका लागि बजेट  बिनियोजन गर्न तीनै तहलाई आग्रह 2081/01/25  बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ । संघको मंगलबार राजविराजमा सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकले बौद्धिक अपाङगता भएकाहरुको जिवन सहज, हकअधिकार, संरक्षण र सम्बद्र्धनका लागि जिल्लाका १८ वटै पालिकालाई समेत आगामी आर्थिक वर्ष २०८१÷८२ मा बजेट छुट्याउन ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको संघका अध्यक्ष जगदीश प्रसाद अर्यालले जानकारी दिए । .... विस्तृत
घरबाट दराज र बाकसै उठाएर चोरी 2081/01/25  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सोमबार मध्यराती कसैको दराज त कसैको बाकस घरबाट उठाएर श्रृखंलाबद्ध चोरी भएको छ ।  चोरी भएका तीन घर मध्ये एक घरबाट दराज र बाकस उठाएर चोरहरुले नजिकैको चौरीमा लगि चोरी गरेका छन् । .... विस्तृत
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा 2081/01/25  सप्तरीको बिष्णुपुर गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष उमेश कुमार यादवका अनुसार उक्त निशुल्क एम्बुलेन्स सेवा आउँदो जेठ १ गतेदेखी लागु हुनेछ । ... विस्तृत
मामाघर विवाहमा आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता 2081/01/24  मामा घर राजविराज आएकी दिदीबहिनी चार दिनदेखी वेपत्ता भएकी छिन् । मामाको छोरीको विवाहमा भारतबाट सरिक हुन राजविराज आएकी भारत विहार राज्यको दरभंगा जिल्ला जाले ग्राम पंचायत वस्ने जय किशोर यादवकी १८ वर्षिया छोरी रिंकी र १९ वर्षिया पिंकी बैशाख २१ देखी राजविराजबाट वेपत्ता भएकी हुन् । .... विस्तृत
अग्निपीडित परिवारलाई भडावर्तन, ग्यास चुल्हा र बाकस प्रदान 2081/01/24  सप्तरीको महादेवा गाउँपालिका १ चिम्टी अग्निपीडितका लागि विभिन्न संघसंस्थाले खाना पकाउने भाडावर्तन, ग्यास चुल्हा, बक्सा लागतयका सामाग्रिहरु प्रदान गरेको छ ।  ती राहतका सामाग्रिहरु ५२ नं बलिया क्याम्प कतारको सहयोगमा प्रदान गरिएको हो । समाजसेवी  रामउद्धगार यादव, ई. संजिव नारायण यादव, रिना झा, ई. शैलेन्द्र यादव, ई.रामजी यादव, ई नन्दकिशोर यादव, महिला अभियानी अनिता यादव, महिला अभियानी सविता यादव, ई.ओम प्रकाश यादव लगायतले सप्तरी युथ नेपालको उपस्थितीमा प्रदान गरेको हो । .... विस्तृत
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित 2081/01/23  सप्तरीका दुई जना पत्रकार प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औ केन्द्रिय महाधिवेशनले सप्तरीका प्रकाश खतिवडा र देवराम यादवलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको हो । .... विस्तृत
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी  2081/01/23 नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष योगेश राजवंशीले जेसीज युवाहरुको नेतृत्व क्षमता वृद्धि गर्ने संस्था रहेकोले युवाहरु माझ यस संस्थालाई पु¥याउनु आवश्यक रहेको बताएका छन् । राजविराज जेसीजको भ्रमणका क्रममा आयोजना गरिएको “मिट एण्ड ग्रिट” कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • 47
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.