जिउ“दो जलाएको घटनाप्रति बिभिन्न संघसंस्थाहरुद्वारा भत्र्सना 2070/11/26 दैनिक संवाददाता राजविराज, २५ फागुन । नारी दिवसका दिन शनिवार दिउँसो राजविराज नगरपालिका ७ निवासी नजराना खातुनको जिउँदै जलाएर हत्या गरेको भन्दै बिभिन्न संघसंस्थाहरुले घटनाको भत्र्सना गरेका छन् । हुपेक सप्तरी, एकल महिला समुह, परालिगल समिति, क्रियाशिल महिला पत्रकार समुह, माडवारी महिला मञ्च, पुनराबेदन वार इकाई महिला केन्द्र, जिल्ला वार इकाई राजविराज, स्वंमसेविका संघ, मैथिल महिला परिषद्, दहेज मुक्त मिथिला, सुरक्षा दबाब समुह, सेफ हाउस, संबिधान सुचना केन्द्र र महिला हिंसा बिरुद्धको संजाल सप्तरीले आईतवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरि घटनाको भत्र्सना गरेका हुन् । ... विस्तृत