जिउ“दै जलाइएकी गर्भवती नजराना हत्या प्रकरण किटानी जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता 2070/11/28 नवीनकुमार गुप्ता राजविराज, २७ फागुन । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार जिउँदै जलाइएकी नजरानाको हत्या भएको प्रमाणहरु सप्तरी प्रहरीले फेला परेको जनाएको छ । मृतक नजरानाकी बुवा फुलहुसैन खानले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी जाहेरी र घटनास्थलको स्थितीलाई मध्यनजर गर्दै प्रहरीले थालेको अनुसन्धानको क्रममा नजरानाको हत्या भएको हुनसक्ने प्रमाणहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।... विस्तृत
संघीयतालाई समाप्त पार्न यथास्थितिमा स्थानिय निकायको निर्वाचनको घोषणा गर्न लागेको छ ः अध्यक्ष यादव 2070/11/27 दैनिक संवाददाता राजविराज, २६ फागुन । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई समाप्त गर्न यथास्थितिमै काँग्रेस र एमालेले स्थानिय निकायको निर्वाचनको घोषणा गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । मधेशी जनअधिकार फोरम नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले स्थानिय निकायको पुरानो निर्वाचन संरचना, क्षेत्राधिकार र पुराना एने कानुनमा परिमार्जन गरेमात्र स्थानिय निकायको निर्वाचन गराउनुपर्ने बताउनुभयो । ... विस्तृत