rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु 2079/06/11  दशैं, तिहार र छठ पर्वको अवसरमा हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ ।  बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ । ..... विस्तृत
घटस्थापनासँगै वडा दशै शुरु 2079/06/10    घटस्थापनासँगै सोमवारदेखी सप्तरीमा पनि बडा दशैको चहलपहल शुरु भएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती लगायतका शक्तीपीठहरुमा विषेश पुजाअर्चना संगै जमरा राखिएको छ । .... विस्तृत
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन 2079/06/10  सप्तरी सदरमुकाम राजविराजमा पछिल्लो पटक चोरीका घटनाहरु बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानियहरुले सोमबार प्रदर्शन गरेका छन् ।  चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन । .... विस्तृत
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने  2079/06/10 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने भएको छ ।  म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका थिए । .... विस्तृत
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान  2079/06/10  नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनीकलाई सुविधा सम्पन्न बनाउनका लागि सोमबार लाखौं मुल्य बराबरको औषधी तथा विद्युतीय उपकरणहरु प्रदान गरिएको छ ।  नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो । ..... विस्तृत
अवैध १३ किलो चाँदीसहित दुई पक्राउ 2079/06/10  भारतीय क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट १३ किलो अवैध चाँदीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ का ३५ वर्षिय मनी विश्वकर्मा छन् । .... विस्तृत
म्यादी प्रहरी भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन 2079/06/07  आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका छन् । .... विस्तृत
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए 2079/06/07  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीस्थित जनता प्राथमिक विद्यालय बेल्ही मल्हनियाका एक शिक्षक अस्थायी नियुक्ति, स्थायी नियुक्ति र अनिवार्य अवकास एउटै विद्यालयबाट पाएका छन् । उक्त विद्यालयका शिक्षक रामप्रसाद यादव जसले नियुक्ति भएपछि अन्य कुनै विद्यालयमा सरुवा हुनुपरेन । प्राथमिक तह प्रथम श्रेणीका शिक्षक यादव पछिल्लो २० बर्षदेखि प्रधानाध्यापकको रुपमा कार्य गरी गत बैशाख २१ गते अनिवार्य अवकास पाएका थिए । ..... विस्तृत
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने 2079/06/07  नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाटा) मधेश प्रदेश समितिले शुक्रबार राजविराजमा सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउनका लागि पर्यटन स्थलहरुको सम्बद्र्धन र विकासका लागि सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताएको छ । .... विस्तृत
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण 2079/06/07  ४३ औं सामाजिक सेवा दिवसको अवसरमा सवल नेपालले जनहित पवल लाल आधारभुत बिधालय बनरझुलालाई फरक क्षमता भएका बिधार्थीहरूको लागि शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । सप्तरीको खडक नगरपालिक वडा नम्वर ३ स्थित सो बिधालयमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सबल नेपालद्धारा फरक क्षमता भएका विद्यार्थीहरुका लागि श्रोत विद्यालय सवलीकरण गर्न शैक्षिक, खेलकुद, पोषाक, मर्मत सम्भार, रंगरोघन, स्वास्थ्य तथा सरसफाईसहित छात्रावास व्यवस्थापनका लागि सामाग्री हस्तान्तरण गरिएको हो । .... विस्तृत
दुई दिने कार्याशाला गोष्ठी सम्पन्न  2079/06/07  सप्तरीको विष्णुपुर गाउँपालिकामा अधिकारमा आधारित विकास पद्धति, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सर्वाजनिक जवाफदेहिता सामाजिक समावेशीकरण सम्वन्धी दुई दिने कार्याशाला गोष्ठी शुक्रबार सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग, वेल्टहङ्गर्हिल्फेको प्राविधिक सहयोग एवम आसमान नेपालको अगुवाई दलित सरोकार मञ्चको आयोजनामा सञ्चालित नागरिक सक्रियता परियोजना अन्र्तगत सो कार्याशाला सम्पन्न भएको हो । .... विस्तृत
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन 2079/06/07  न्यायका लागि एक दम्पत्ति बिहीबार जिल्ला अदालत सप्तरी अगाडी अनसनमा बसेका छन् ।  राजविराज वडा नं. ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती आंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै अदालतको मूल गेट अगाडी बिहान १० बजेदेखी अनसनमा बसेका हुन् । .... विस्तृत
सेभ द सप्तरीको २३ औ सधारण सभा सम्पन्न 2079/06/07  सेभ द  सप्तरीको २३ औ सधारण सभा बिहीबार राजविराजमा सम्पन्न भएको छ  । आयोजित सधारण सभा कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलले सेभ द सप्तरीले जिल्लाको अतिपिछडिएको वर्गहरुको लागि बरदान नै सावित भएको बताए  । उनले यस संस्थाले गाउँघरमा रहेको निमुखा समुदायिको स्तरबृद्धि गरेर राम्रो काम गर्दै आएको उल्लेख गरे । .... विस्तृत
१५ दिनमै सप्तरीका सिडिओको सरुवा नयाँ सिडिओ थापा आइपुगे 2079/06/07 सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाको १५ दिनमै सरुवा भएको छ ।  भदौं २२ गते सप्तरीका प्रजिअ जनार्दन गौतमको सरुवा भएपछि उनको स्थानमा संखुवासभाबाट सरुवा भई आएका खतिवडाको पनि सरुवा भएको छ । उनको मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको हो । .... विस्तृत
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप 2079/06/05  भन्सार कटाउँदा पनि प्रहरीले सामान खोसेर दुःख दिने गरेको एक महिलाले पत्रकार सम्मेलन मार्फत गुनासो गरेकी छिन् । राजविराज ७ की ४३ वर्षिया व्यवसायी सोनी खातुनले पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेकी हुन् ।..... विस्तृत
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन 2079/06/05  संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले दुईपटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई राष्ट्रपतिले प्रमाणिकरण नगरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले बुधबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ । लोसपा सप्तरीको पार्टी कार्यालयबाट निस्केको प्रदर्शनमा राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै राजिनामा माग गरिएको थियो । ..... विस्तृत

 

  • 1
  • ...
  • 132
  • 133
  • 134
  • 135
  • 136
  • 137
  • 138
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.