चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त 2075/07/30  प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले चार वर्षपछि हुने आवाधिक निर्वाचनको मिति अहिले नै घोषणा गरेर चुनावको तयारी थाल्नु पर्ने बताएका छन् ।  एक सय २० दिनको समय राखेर चुनावको मिति घोषणा गर्दा चुनावको तयारी गर्न नभ्याइने र विगतमा हतारो भएको उनको गुनासो छ ।     गतवर्ष भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको जियोक, नियोक र संकल्प नामक संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचनको मिति अहिलेनै घोषणा गरेर जानु उपयुक्त हुने बताएका हुन् । निर्वाचन सम्पन्न भएको मितिदेखि नै अर्को निर्वाचनको तयारी शुरु गर्नुपर्ने यादवको भनाइ छ ।.... विस्तृत
मधेसीहरु देशका नागरिकनै नरहेको जस्ता  आरोप लगाउनु दुःखको विषय ः अध्यक्ष ठाकुर 2075/07/29     राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले विदेशी राजदूतहरुले मधेशको समस्याबारे कुराकानी गर्दा प्रधानमन्त्रीले मधेसीहरु यो देशका नागरिकनै नरहेको जस्ता आरोप लगाउनु दुःखको विषय भएको बताएका छन् ।       महोत्तरीको जलेश्वरमा नवनिर्मित शालिक वाटिकामा बिहीबार माल्यार्पण गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै सो दुःखेको पोखेका हुन् ।      तेश्रो मधेस आन्दोलनमा मरिएकाहरुको शालिक अनावरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले राष्ट्रवाद र सैन्यवाद एकसाथ अघि बढेमा त्यो खतरनाक र गम्भीर हुने बताए ।..... विस्तृत
उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न  2075/07/28 धार्मिक सहिषुणता र आपसी सुद्भावका लागि प्रसिद्ध लोकआस्थाको महापर्व छठ बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ ।      ब्रतालुहरुले बुधबार बिहान उदाउँदै सूर्यलाई अर्घ दिएपछि चार दिने पर्व सम्पन्न भएको हो ।      यसअघि मंगलबार साँझ षष्ठी तिथिका दिन ब्रतालुहरुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।      यसअघि आइतबार पर्वको पहिलो दिन नुहाई खुवाई, सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर तेश्रो र चौथो दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिए । खरनाकै दिनदेखी ब्रतालुहरुले निराहार ब्रत थालेका हुन् । ... विस्तृत
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै  2075/07/26 हरेक वर्ष दशैं, दिपावली लगत्तै छठ पर्व मनाइन्छ । सुरुमा तराइवासीहरूले मात्र मनाउने छठ पर्व हिजोआज अन्य जातजाति एवं राजधानी लगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएपछि यस पर्वलाई साझा पर्वको रुपमा मनाउन थालिएको हो ।      विगतमा केही सिमित क्षेत्रमा मनाइए पनि अहिले यो पर्व सम्भवत् मुलुकको सम्पूर्ण भु–भागमा मनाइन्छ । कीन नहोस् छठ पर्व यस्तो पर्व हो जसमा “सूर्य” देवताको मात्र पूजा गरिन्छ । सूर्यले जसरी एकै साथ संसार भरी प्रकाश दिन्छ त्यसरी नै छठी माता पनि सबैको साझा र प्रिय बन्न पुगेकी छिन् । यति मात्र नभएर साझा पर्व छठले आपसी भाईचारा, सद्भाव एक आपसमा प्रेम र विभिन्न जातजातीलाई एकै थलोमा उभ्याउन सफल भएको छ । ..... विस्तृत
बलान बिहुल गापामा विद्युतीकरण कार्य  सम्पन्न, थप चार टोलमा विद्युत सूचारु 2075/07/26  सप्तरीको बलान बिहुल गाउँपालिकास्थित ६ वटा वडाको २४ टोल मध्ये १६ वटा टोलमा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको छ ।      सो गाउँपालिकामा जनप्रतिनिधि आउनु अघि ४ टोलमा विद्युतीकरण भएको थियो भने एक हप्ता अघि ४ वटा टोलमा विद्युतीकरण गर्ने कार्य सम्पन्न भई विद्युत सूचारु भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।      वडा नं. १ को कमलदाहा र झिझाह टोल तथा वडा नं. २ को चन्ही र पथराहा टोलमा विद्युतीकरण सम्पन्न भएको छ । ती टोलहरुमा एक साताको निरन्तर प्रयास पश्चात् विद्युत सूचारु भएको छ । .... विस्तृत
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल 2075/07/25  नेकपा सप्तरीले बिजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।     राजविराजस्थित जिल्ला पार्टी कार्यालय मदननगरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपाका प्रदेश नं. २ इन्चार्ज सत्यनारायण मण्डलले राजनीतिक दलहरुबीच मेलमिलाप र एकता आवश्यक रहेको बताएका छन् ।      पूर्व केन्द्रिय खेलकुद मन्त्री समेत रहेका इन्चार्ज मण्डलले सबै दल मिलेर ल्याएको परिवर्तनलाई संस्थागत बनाउन सम्पूर्ण दलरुबीच राजनैतिक एकता रहेमात्र सुखी नेपाली र समृद्ध नेपालको यात्रा सहज हुने जिकिर गरे । .... विस्तृत
छठ पर्व आजबाट विधिवत् सुरु 2075/07/24 राजविराज÷दशैं, दिपावली लगत्तै मनाउने साझा पर्वको रुपमा छुट्टै पहिचान बनाएको छठ आज (आइतबार) देखि विधिवत रुपमा सुरु भएको छ । सूर्यको     आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वासका साथ यो पर्व चार दिनसम्म मनाउने गरिन्छ ।      चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन लागेको सूर्यलाई र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ ।     मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।     सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।.... विस्तृत