शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण  2075/08/18  २७ औं अन्तर्राष्ट्रिय अपांङ्गता दिवसको अवसर पारेर प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुलाई सोमबार कम्बल वितरण गरेका छन् ।      मुल आयोजक समितिद्वारा राजविराजस्थित केअमाविको सभा कक्षमा आयोजित “मलाई गणना गर, समावेश गर” विषयक विचार गोष्ठीमा सो कम्बल वितरण गरेका हुन् ।      आयोजिक गोष्ठीमा मन्त्री साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुका लागि आर्थिक र सामाजिक पक्ष सवल बनाई सशक्तिकरणमा आफू सक्रिय भई लाग्ने प्रतिबद्धता जनाए ।      राजनीतिक परिवर्तनको अनुभूति अपाङ्गता भएका व्यक्तिले पनि गर्नु पाउनुपर्ने र यसका लागि आफू हरसम्भव प्रयत्न गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुको क्षमता, योग्यता अनुसार विभिन्न क्षेत्रमा समावेश गराउन आफू सक्रिय भइ लाग्ने प्रतिबद्धता जनाए ।..... विस्तृत
मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग  गरेकाले पार्टीले हार व्यहो¥यो ः नेता यादव 2075/08/18 नेपाली काँग्रेस निकट दलित संघले सोमबार मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी दिनमा फोरम र राजपालाई जनताले उखालेर फ्याँल्ने बताएका छन् ।      नेता यादवले निर्वाचनमा आफ्ना उम्मेदबारलाई पछि हटाएर मधेशवादी दलका उम्मेदबारलाई जिताउन सहयोग गरेकाले पार्टीले हार व्यहोरेको बताए । उनले सप्तरीमा उपेन्द्र यादव, सर्लाहीमा महन्थ ठाकुर र चितवनमा नयाँ शक्तिका उम्मेदबारलाई जिताउन काँग्रेसले जुन भूमिका खेल्यो त्यो पनि काँग्रेसको लागि हारको कारण बनेको जिकिर गरे । .... विस्तृत
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै 2075/08/16 राजविराज उच्च अदालत बार एशोसिएशन सप्तरीको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक सूमहबाट अधिवक्ता रामानन्द साह र प्रगतिशिल समूहबाट अधिवक्ता पूण्यप्रसाद यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । १३ सदस्यीय कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा दुबै समूह गरी २५ जनाले उम्मेदवारी दिएका छन् भने ११ सदस्यीय केन्द्रिय पार्षदका लागि २० जनाको उम्मेदवारी परेको छ ।      निर्वाचन समितिले आइतबार दुबै समूहका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रकाशित नामावली अनुसार प्रगतिशिल समूहबाट महिला सदस्यमा पार्वती कुमारी राउत निर्विरोध निर्वाचित भएको उल्लेख छ ।      निर्वाचनका लागि लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा पार्वती कुमारी जोशी थारु, सचिवमा धिरेन्द्र कुमार यादव र कोषाध्यक्षमा उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् । .... विस्तृत
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध 2075/08/16  हुलाकी राजमार्ग अन्तरगत सप्तरीको राजगढ गाउँपालिकास्थित निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको विषयमा आइतबार सो सडकखण्ड स्थानियवासीले अवरोध गरेका छन् ।      राजगढ गाउँपालिका वडा नं. ५ मलेकपुर टोलदेखि पूर्व नहर नजिक निर्माणाधिन पुलमा बिहिवार राती मोटरसाईकल ठोकिदा घाइते दुई जना मध्ये वडा नं. ४ बेल्ही चपेना निवासी २५ बर्षिय महेश कुमार मण्डलको मृत्यु भएको हो ।      दुर्घटना पश्चात् गम्भिर घाइते भएका मण्डलकको उपचारका क्रममा बिराटनगरस्थित नोभेल अस्पताल शनिबार राती मृत्यु भएको स्थानियवासीले जनाएका छन् । .... विस्तृत
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह 2075/08/16 राजविराज÷प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका अनिवार्य हुने बताएका छन् । जन ज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराज ९ मलेठको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताउँदै सामाजिक रुपान्तरमा समेत सहकारीको भूमिका अहम रहेको जिकिर गरे ।      संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले सहकारी क्षेत्र राज्यद्वारा उपेक्षित रहेको आरोप लगाउँदै सहकारी क्षेत्रमा केन्द्रिय सरकारको कर लगाउने नीति त्रृटीपूर्ण समेत रहेको जिकिर गरे ।      साधारण सभालाई सम्बोधन गर्दै मन्त्री साहले मंसिर महिना भित्रै प्रदेश सरकारले सहकारी मैत्री ऐन ल्याउन लागेको भन्दै सो ऐन आउने बित्तिकै प्रदेश २ को सहकारी क्षेत्रमा क्रान्ति आउने विश्वास व्यक्त गरे । ..... विस्तृत
बैंक संचालन सम्बन्धी हनुमाननगरमा अन्तरक्रिया सम्पन्न 2075/08/16  राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा निकट भविष्यमै सनराइज बैंकको शाखा बिस्तार गर्ने सम्बन्धमा शनिबार अन्तरक्रिया सम्पन्न गरिएको छ ।  “स्वास्थ्य तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैंकिङ सुविधा” सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।      बैंकले हरेक बचत खाताको बचतकर्तालाई डबल सुरक्षा प्रदान गर्न ल्याएको स्वास्थ्य बिमा, दुर्घटना बिमा र अन्य सेवा बारे अन्तरक्रियामा सहभागिहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सनराइज बैंक राजविराज शाखाका प्रबन्धक रोहित महासेठले योजनामा सहभागि भई लाभ उठाउन आग्रह गरेका छन् । .... विस्तृत
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने  2075/08/16 राजविराज÷सप्तरीको कञ्चनरुप नगरपालिका ३ बरमझियामा अगामी सोमबारबाट सुरु हुने प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । हिरोज स्पोर्टिङ्ग क्लव सप्तरीको आयोजनामा मंसिर १७ देखि २५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको फाइनल खेलमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत आउने आयोजक संस्थाले जानकारी दिएको छ ।      त्यस्तै प्रतियोगिताको उद्घाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।      सो प्रतियोगितामा प्रदेश २ का ८ जिल्लाका क्लबहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विजय चौधरीले जानकारी दिए ।.... विस्तृत
घरदैलोमै पशुको स्वास्थ परीक्षण अभियान सुरु 2075/08/14  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले शुक्रवारदेखि पशु स्वास्थ परीक्षण तथा व्यावसायिक पशुपालन सम्बन्धी निःशुल्क घरदैलो अभियान शुरु गरेको छ ।  सो गाउँपालिकाले जेष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तलाई घर घरमै स्वास्थ्यकर्मीको टोली पठाई निःशुल्क घरदैलो स्वास्थ्य उपचार अभियान थालेको एक साता नबित्दै अर्को अभियान सुरु गरेको हो ।      शुक्रबार गाउँपालिकाको वडा नं. २ लौनियाबाट सो घरदैलो अभियानको सुरुवात गरिएको हो । पशुमा देखिने विभिन्न खाले रोगको उपचार, नियन्त्रण, उत्पादनमा वृद्धि र पशुपालकको अनावश्यक खर्च जोगाउने उद्देश्यले निःशुल्क घर दैलो अभियान थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।.... विस्तृत
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै   2075/08/14 सुरक्षित वाँसको आवास निर्माण कार्यक्रम सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको असाहय र विपन्न वर्गमा अहिले लोकप्रिय हुँदै गएको छ ।  ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलको सहयोग र महुली सामुदायिक विकास केन्द्रको सहकार्यमा वाँसको आवास निर्माण गर्ने कार्य समुदायका अति विपन्न वर्गका लागि निर्माण गरिने गरिन्छ ।      जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंकालिनि हनुमाननगर नगरपालिकाको रम्पुरा मल्हिनिया, कंचनरुप नगरपालिका, सप्तरी नगरपालिका र शमभुनाथ नगरपालिका झण्डै २ सय विपन्न परिवारलाई वाँसको प्रयोग गरि आवास निर्माण गरिएको महुली सामुदायिक विकास केन्द्रका कार्यकारी सचिव एवं निर्देशक प्रभु नारायण चौधरीले जानकारी दिएका छन् ।        यस्तै वाँसको प्रयोग गरी बनाइएको घर हावाहुरीबाट समेत सुरक्षित रहन सकिने र भुकम्प आएको बेला सामान्य हल्लिए पनि घर ढलेमा मानविय क्षतिको सम्भावना न्यून रहने ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनलका पूर्वाञ्चल प्रमुख सन्दिप पौडेलले जानकारी दिए । ..... विस्तृत
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू  2075/08/12  सप्तरीका किशोरीहरुलाई क्रिकेट खेलमा रुची बढ्दै गएपछि बुधबारदेखी एक महिने क्रिकेट प्रशिक्षण सुरु गरिएको छ । क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको बिकास गर्ने उद्देश्यका साथ जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकमा सो क्रिकेट प्रशिक्षण सूरू गरिएको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिएका छन् ।       खड्ग नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरको खेल मैदानमा ती किशोरीहरुलाई राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले प्रशिक्षणको उद्घाटन गरेको चन्दन यादवले बताए ।      सुरूगां नगरपालिका तथा खड्ग नगरपालिकाको संयोजनामा तथा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा किक्रेटको बिकासलाई उकास्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।     राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरीबाट टिम बर्षाेदेखी बन्न नसकेकोले सप्तरी टिम समेत प्रतियोगितामा सहभागि गराउने उद्देश्य रहेको सप्तरी क्रिकेट संघका सचिव श्रेष्ठले बताए ।.... विस्तृत
हतियारसहित एक महिला पक्राउ 2075/08/12    सप्तरीको सुरुङ्गा नगरपालिका ३ स्थित घौसी महुलियाबाट हतियारसहित एक महिला बुधबार पक्राउ परेकी छिन् । सिरहाको लहान नगरपालिका ८ बस्ने ३० वर्षीया गिता मुसहरलाई मेडइन युएस लेखेको सानो एक थान पेस्तोल, सो पेस्तोलमा प्रयोग हुने ३ थान खोका र एउटा खुकुरीसहित पक्राउ गरिएको सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिएका छन् ।     लहान नगरपालिका ५ नयाँ बजारमा बस्ने रानीकुमारी सेखको घरमा काम गर्दै आएकी गिताले नगद ४ लाख ३० हजार तथा सुनको गहना समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरी फरार रहेको प्रहरीले जनाएको छ । ..... विस्तृत
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु  भएका परिवारलाई आर्थिक सहयोग प्रदान 2075/08/11  बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई राजपा नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ । बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।      मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।.... विस्तृत