छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप 2081/09/02 सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलासा गाउँकी ५५ वर्षिया चन्दर देवी साहले आफ्नी १९ वर्षिया छोरी संतोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षिय छोरा आशिषलाई वेपत्ता पार्ने ब्यक्तीहरुमाथी कडा कारवाहीको माग गरेकी छिन । छोरी संतोषीको बलात्कार पछी हत्या तथा छोरा आशिषलाई वेपत्ता बनाएको ३ वर्ष पुरानो घट्नाका एक आरोपीलाई प्रहरीेले पक्राउ गरे पछी मंगलवार राजविराज आएकी उनले संचारकर्मीहरुसँग कुरा गर्दै दोषी ब्यक्ती उपर कडा कारवाही हुनु पर्ने माग गरेकी छिन । .... विस्तृत
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी 2081/08/21  सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्र कुमार साह सपथग्रहण लगत्तै पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका छन् । तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  .... विस्तृत

 

ताजा अपडेट