rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हटियाको जग्गा पुनः अतिक्रमण
  • पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  
बस दुर्घटनामा तीन जना गम्भिर घाईते 2071/05/02 दैनिक संवाददाता राजविराज, १ भदौं । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा ३ मा बस दुर्घटना हुदाँ तीन जना गम्भिर घाईते भएका छन । काकडभिट्टाबाट हेटौडा तर्फ जादै गरेको मे.१ ख १३०७ नम्बरको बस मारुती भ्यानलाई बचाउँने क्रममा अचानक दुर्घटना हुदाँ दुई जना पैदल यात्री सहित तीन जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । ... विस्तृत
संविधान जारीस“गै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन गराउनु पर्छ ः वरिष्ठ नेता नेपाल 2071/05/02 दैनिक संवाददाता राजविराज, १ भदौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे सहमति लागु गराउन संविधान जारीसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचन गराउनु पर्ने बताउनु भएको छ ।... विस्तृत
चन्द्रनहर मर्मत सम्भारको पर्खाईमा 2071/05/01 शुभ नारायण यादव राजविराज÷मुलुककै सबैभन्दा पूरानो सप्तरीको चन्द्रनहर यतिखेर अतिक्रमणको साथै मर्मत सम्भारको अभावका कारण उपेक्षाको सिकार भएको छ । तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शम्शेरले वि.सं. १९८० मा निर्माण कार्य शुरु गरेको यस नहरले जिल्लाको कुल १० हजार पाँच सय हेक्टर जमीनमा सिंचाई सुविधा उपलब्ध गराउँदै आएका थिए । ... विस्तृत
प्रअमाथि कार्बाहीको माग 2071/04/31 दैनिक संवाददाता राजविराज, ३० साउन । सप्तरीको हर्दिया गाविस ८ कमलपुरस्थित जनता निमाविका प्रधानाध्यापक गेना लाल चौधरीले विद्यालयको रकम अनियमितता गरेको भन्दै स्थानीयबासीहरुले जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएका छन् । ... विस्तृत
खोलाले बगाएर एकको मृत्यु 2071/04/31 दैनिक संवाददाता राजविराज, ३० साउन । लगातारको बर्षाका कारण सप्तरीको मधवापुर गाविस ७ स्थित अर्जि खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बिहीबार साँझ सप्तरीको त्रिकौल गाविस ६ धनपुरी निवासी ६५ वर्षिय रामचन्द्र शर्मालाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ... विस्तृत
लगातारको बर्षाले सयांै विगहा धान खेत डुबानमा 2071/04/31 दैनिक संवाददाता राजविराज, ३० साउन । दुई दिनदेखि लगातारको बर्षाका कारण सप्तरीमा सयौ विगहामा लगाइएको धानबाली डुवानमा परेको छ । सप्तरीको देउरी भरुवा गाविसस्थित पुर्व र दक्षिणी पट्टिको खाँडो बाँध भत्किदा देउरी भरुवा गाविसका साथै राजविराज नगरपालिका १० डुमरी शिवथानका सयौ विगहा खेति योग्य जमिन डुबानमा परेपछि किसानहरु चिन्तित बनेका छन् । ... विस्तृत
कृष्ण जन्मष्टमीका लागि मुर्तिकारहरु मुर्ति बनाउन ब्यस्त 2071/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । नजिकिदै गरेको श्री कृष्ण जन्मष्टमीका लागि यहाँका मुर्तिकारहरु मुर्ति बनाउनमा ब्यस्त छन् । भदौ १ गते मनाइने श्री कृष्ण जन्मष्टमी पवको अवसरमा यहाँका मुर्तिकारहरु मुर्ति बनाउँनमा दिनरात ब्यस्त छन् । सप्तरीको बनौली गाविस निवासी पर्शुराय यादव एक महिना पहिलेदेखि नै भगवान कृष्णको मुर्ति बनाउनमा ब्यस्त छन ।... विस्तृत
ज्येष्ठ नागरिकहरुले आन्दोलन गर्ने चेतावनी 2071/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । मुलुकभराज्यले ज्येष्ठ नागरिकको विभिन्न समस्याहरुको समाधान तर्फ आव २०७१÷०७२ को बजेटमा कुनै ठोस कार्यक्रम नल्याएको भन्दै ज्येष्ठ नागरिकहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष शिबहरी प्रसाद भटराईद्धारा बिहिबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष विभिन्न २० बुँदे माँगहरु राख्दै ज्ञापन पत्र पठाइएको छ । ... विस्तृत
कोसी नदीमा पुनः पानीको बहावमा वृद्धि, ४६ वटा ढोका खुल्ला 2071/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ । बिहीबार साँझ ७ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज हँुदै प्रतिसेकेन्ड ३ लाख २० हजार ३ सय २२ क्युसेक पानी बगिरहेको कोसी ब्यारेज कन्ट्रोल रुमका प्रमुख शुकनन्दन सिंहले जानकारी दिनुभयो । ... विस्तृत
बाढीका कारण जिल्लाको दक्षिणी भेगका तीन गाविस डुबानमा 2071/04/30 दैनिक संवाददाता राजविराज, २९ साउन । मुलुकभरी बुधबार बेलुकीदेखि भएको लगतारको बर्षाका कारण सप्तरीको दक्षिणी भेगका तीन गाविस डुबान भएको छ । लगातारको अबिरल वर्षाका कारण जिल्लाको दक्षिणी भेगका तिलाठी, लौनिया र सकरपुरा गाविसका हजारौ स्थानीयबासीहरुको घर डुबानमा परेका छन् । ... विस्तृत
रोपाइ नभएपछि सप्तरीका किसानहरु बेर्ना काटेर पशु चौपायालाई खुवाउ“दै... 2071/04/29 शुभ नारायण यादव राजविराज, २८ साउन । समयमा वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएका कारण रोपाइ हुन नसक्दा सप्तरीका किसानहरुले रोपेको धानको बिउँ (बेर्ना) लाई काटी पशु चौपायालाई खुवाईरहेका छन । पानीको अभावमा जिल्लाका अधिकांश किसानहरु धान रोप्न नपाएपछि उम्रेको बिउँ (बेर्ना) अहिले धमाधम काट्नमा व्यस्त छन् ।... विस्तृत
अपाङ्गता भएका व्यक्तिहरुको दर्ता अभियान सुरु 2071/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । सप्तरी जिल्लाको बेल्ही चपेना गाविसमा मंगलबारदेखि अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन भएको छ । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजले सञ्चालन गरेको समावेशी, जवाफदेही तथा पूर्ण शान्तिकालागि सहयोग कार्यक्रमअन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको दर्ता अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताउनुभयो ।... विस्तृत
छिमेकीद्धारा कुटपिट गरी बलात्कारको प्रयास 2071/04/28 दैनिक संवाददाता राजविराज, २७ साउन । सप्तरीको ओद्राहा गाविसकी एक महिलालाई कुटपिट गरी बलात्कारको प्रयास भएको पीडितले बताएकी छिन । ओद्राहा गाविसकी ती महिलालाई आप्mनै छिमेकी शिब नारायण खंग सहितकाहरुले जग्गा सम्बन्धि विवादवका कारण कुटपिट गरी बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छिन । ... विस्तृत
दुई चोर प्रहरी फन्दामा 2071/04/27 दैनिक संवाददाता राजविराज, २६ साउन । सप्तरीको हनुमाननगरबाट दुई जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । हनुमाननगर गाविस ५ का हिरालाल साहको किराना पसलमा चोरी गरेको आरोपमा प्रहरीले हनुमाननगर गाविस ५ कै १५ वर्षिय गौतम शर्मा र सोही ठाउँका १७ वर्षिय कृष्ण विर शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।... विस्तृत
बस दुर्घटनामा दुईको मृत्यु, २३ घाइते 2071/04/27 दैनिक संवाददाता राजविराज, २६ साउन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको त्रिकौल गाविस ८ स्थित सडक खण्डमा सोमबार दिउँसो बस पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भिर तथा १८ जना सामान्य घाइते भएका छन् ।... विस्तृत
भारत चतरामा हाईडेम्प निमार्ण गर्न इच्छुक छ ः भारतीय राजदुत राव 2071/04/27 दैनिक संवाददाता राजविराज, २६ साउन । भारतीय राजदुत रन्जित रावले नेपाली जनताले चाहेमा भारत सुनसरीको चतरामा हाईडेम्प निमार्ण गर्न इच्छुक रहेको बताउनुभएको छ । सप्तरीमा भारत सरकारको सहयोगबाट संचालित विभिन्न सिचाई योजनाहरुको स्थलगत निरीक्षण पश्चात् राजविराजस्थित पम्प क्यानेलमा सोमबार आयोजित कार्यक्रममा राजदुत रावले भारतले पहिलेदेखि नै सुनसरीको चतरामा हाईडेम्प निमार्ण गर्न ईच्छा व्यक्त गरिएको जिकिर गर्नुभयो । ... विस्तृत

 

  • 1
  • ...
  • 504
  • 505
  • 506
  • 507
  • 508
  • 509
  • 510
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
  • 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.