rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत 2078/10/13  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग व्यवसायीको विकासका लागि लगानीमैत्री नीति र वातावरण आवश्यक रहेको बताएका छन् । सप्तरी उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण समारोहमा बिहीबार राजविराजमा बोल्दै उनले मुलुकको समृद्धि सँगसँगै उद्योग व्यवसायीको विकासका लागि नीजि क्षेत्रको पनि अहम भूमिका रहेको बताए । .... विस्तृत
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन 2078/10/13  संविधान सभा सदस्य रन्जित कुमार कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै बिहीबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।  ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।  .... विस्तृत
सप्तरीमा महिला भन्दा ३ हजार ३ सय ९२ ले पुरुषको जनसंख्या बढी  2078/10/13  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालमा पुरुष भन्दा बढी महिलाको जनसंख्या रहेको देखाएको बेला सप्तरी जिल्लामा भने महिला भन्दा ३ हजार ३ सय ९२ ले पुरुषको जनसंख्या बढी रहेको देखाएको छ ।  राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले जिल्लामा कुल जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको देखाएको छ । जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ । .... विस्तृत
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित  2078/10/11  सप्तरीमा कोभिड १९ बिरुद्धको पूर्ण खोप १ लाख ६ हजार ३ सय १६ जनाले लगाएका छन् । जिल्लामा २०७७ साल माघ १४ देखी कोभिड विरुद्धको खोप अभियान शूरु गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मंगलवार सम्ममा २ लाख ९४ हजार जनाले कोभिड १९ विरुद्धको पहिलो डोज तथा बाँकी रहेकाहरुलाई दोश्रो मात्राको खोप लगाउने क्रम जारी रहेको छ । .... विस्तृत
मन्त्री यादव समर्थित कार्यकर्ताद्वारा  डा. राउत बिरुद्ध प्रदर्शन 2078/10/10  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव समर्थित कार्यकर्ताहरुले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बिरुद्ध सोमबार राजविराजमा प्रदर्शन गरेका छन् । मन्त्री यादवमाथी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले षडयन्त्र गरेको भन्दै उनीहरु प्रदर्शनसहित नाराबाजि गरेका हुन् ।... विस्तृत
पहिचानको लडाइ अझै जारि छ ः अध्यक्ष यादव 2078/10/10  जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबुकुमार यादवले स्वाविमान, अधिकार प्राप्ति र पहिचानको लडाइ अझैं जारी रहेको बताएका छन् । राजविराजमा सोमबार आयोजित ‘जसपा जिल्ला समन्वय सप्तरी सपथग्रहण कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्ति र पहिचानको लडाइ जारी रहेको उल्लेख गर्दै त्यसमा विभिन्न पार्टी बाँधक रहेको आरोप समेत लगाए । उनले ती बाधाहरुलाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । .... विस्तृत
स्व. गजेन्द्र नारायण सिंहको सम्झनामा विभिन्न कार्यक्रम  2078/10/10 मधेशवादका प्रणेताका रुपमा मानिएका स्व. गजेन्द्र नारायण सिंहको २० औं स्मृति दिवसको अवसरमा सोमबार राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व समेत गरेका नेता सिंहको राजनीतिक योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो । ..... विस्तृत
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह 2078/10/09  मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आठ जिल्ला समेटेर बनेको मधेश प्रदेशको निर्माण एक उदाहरणिय कार्य भएको बताएका छन् ।  सप्तरीको रुपनी गाउँपालिका १ स्थित नवनिर्मित पण्डित रामकुमार शास्त्री गौं सेवा आश्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मुलुकमा पहिचानमा आधारित एक मात्र मधेश प्रदेश रहेको भन्दै मन्त्री साहले यस्तो प्रदेश निर्माण अन्यत्रका लागि पनि अनुकरणिय रहने समेत बताए । .... विस्तृत
जनमतद्वारा मन्त्रीको पुतला दहन 2078/10/09  जनमत पार्टी सप्तरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको पुतला दहन गरेको छ । राजविराजस्थित जनआन्दोलन चौकमा आइतबार सो पार्टीका नेता कार्यकर्ताहरुले आफ्ना पार्टीका अध्यक्ष डा. सिके राउतलाई मन्त्री यादवले ज्यान मार्ने धम्की दिएको भन्दै पुतला दहन गरेका बताएका छन् । .... विस्तृत
सवारी दुर्घटनामा २ सय ९२ को मृत्यु, एक लाख ७७ हजार ५ सय ९३ थान मास्क बितरण  2078/10/09  चालु आर्थिक वर्षको साउनदेखी हालसम्मको अवधीमा सवारी दुर्घटनामा २ सय ५२ पुरुष र ४७ महिलागरि २ सय ९२ जनाले ज्यान गुमाएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आइतबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी हालसम्मको अवधीमा भएका विभिन्न घटनाहरुको विवरण प्रतिवेदनमा सो तथ्याङ्क देखाएको हो ।  .... विस्तृत
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८  2078/10/07  सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको शुक्रबार बिहान मृत्यु भएको छ । यो सँगै एक सातायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।  मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका ७ का ६० वर्षिय रामरतन राम रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोरोना संक्रमित भई होम आइसोलेशनमा रहेका रामलाई दुई दिनअघि संक्रमण पुष्टि भएको थियो । .... विस्तृत
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ  2078/10/07  सप्तरी प्रहरीले श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ का २९ वर्षिय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका १२ का २४ वर्षिय दिलिप कुमार मण्डल छन् । उनीहरुका साथबाट प्रहरीले श्रोत नखुलेको रकम ९ लाख ९० हजार रुँपैया बरामद गरेको छ ।.... विस्तृत
लागु औषधसहित तीन पक्राउ 2078/10/07  प्रतिबन्धित लागु औषधसहित सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेहरुमा सप्तरीको तिरहुत गाउँपालिका ५ का २७ वर्षिय राजकुमार मेहता, सोही वडाका १९ वर्षिय सिन्दु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का २५ वर्षिय बैजु साह छन् । ..... विस्तृत
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा 2078/10/07  सीमावर्ती भारतीय बजारबाट भन्सार छलि चोरबाटो हुँदै टेम्पोमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको पान मसालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका ५ बस्ने २० वर्षिय चन्दनकुमार मण्डल र सोही गाउँपालिका ३ बस्ने ४६ वर्षिय हरिनारायण साह छन् । .... विस्तृत
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित 2078/10/06  राष्ट्रिय बाणिज्य बैंक राजविराज शाखाका प्रबन्धकसहित १४ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । १६ मध्ये १४ जना कर्मचारी संक्रमित हुँदा बैंकको सबै कारोबार समेत बन्द भएको छ ।  पछिल्लो पटक बिहीबार मात्र ३० जना संक्रमित थपिएपछि जिल्लामा विगत ९ दिन यता संक्रमित हुनेको संख्या १ सय ५४ पुगेको छ । यता कर्मचारीमा कोरोना संक्रमण भएपछि शाखाले बिहीबार आकस्मिक रुपमा माघ १० गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरिएको सूचना टाँस गरेको छ ।.... विस्तृत
सहिदको सपना साकार भयो ः मुख्यमन्त्री राउत, मधेश प्रदेशद्वारा ५९ सहिद परिवारलाई तीन÷तीन लाख 2078/10/05  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश नामाकरणले सहिदको सपना साकार भएको बताएका छन् ।  मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा बुधबार राजविराजमा आयोजित चौथो बलिदानी दिवसको अवसरमा उनले सो कुरा बताएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 168
  • 169
  • 170
  • 171
  • 172
  • 173
  • 174
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.