हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन 2075/09/02    विश्व हिन्दू परिषद नेपालका भाृत संगठन हिन्दू युवा परिषद् सप्तरीको आयोजनमा सप्तरीको खड़क नगरपालिकामा हिन्दु यूवा परिषद् नगर समिति गठन गरिएको छ । अशोक कुमार साहको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा जगबीर राम, प्रचार प्रमुख इंद्र देव ठाकुर, विद्यार्थी प्रमुख संजीव मंडल, अर्थ प्रमुख सुनील चौधरी, गतिविधि प्रमुख राजू मंडल, शक्ति केन्द्र प्रमुख लिलाराज मंडल, बौधिक प्रमुख जुगेश्वर राम, शारीरिक प्रमुख गया प्रसाद चौधरी, सुरक्षा प्रमुख महेन्द्र दास रहेका छन् । यस्तै सदयहरूमा अजय कुमार भगत, दीपक साह, परमानन्द साह, प्रकाश चौधरी, मानदेब मंडल लगायतका छन् । .... विस्तृत
आजदेखी स्थानिय तहका कर्मचारी आन्दोेलनमा  2075/09/02  पेशागत स्थायित्व र कर्मचारी ंसमायोजनका लागी सबै कर्मचारीबीच समान व्यवहार नभएको भन्दै स्थानिय तहका कर्मचारी आन्दोेलनमा उत्रेका छन । स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले सम्बन्धित सबै निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको हो ।      सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न ११ बुँदे माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।      आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ । .... विस्तृत
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश  2075/09/02  त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको आइतबार सम्पन्न निर्वाचनबाट सभापति पदमा उमेश कुमार यादव (भौतिक शास्त्र) निर्वाचित भएका छन् । उनले शिवनरायण यादवलाई पराजित गरेका हुन् । अध्यक्ष यादवले ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३ मत प्राप्त गरे ।     सोही निर्वाचनबाट उसभापतिमा सुरेश कुमार साह निर्वाचित भएका छन् । उनले ७ तथा उनका प्रतिद्वन्द्वी शिवेन्द्र बहादुर सिंहले ४ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा उमेश प्रसाद यादव (रसायन शास्त्र) ले ७ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामअशिष यादवले ४ मत प्राप्त गरे । यसैगरि सहसचिवमा मानवकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी सर्वसम्मतिबाट चयन भएका छन् । .... विस्तृत
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र 2075/09/01  राजविराज÷अन्तर जातिय प्रेम विवाह गरेकी एक सुत्केरी महिलाकी पति वेपत्ता भएपछि अलपत्र परेकी छिन् ।  २०७४ साल पुस १ गते सो नगरपालिकाका २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्क समेत नगरेपछि अहिले उनी अलपत्र परेकी हुन् ।     मंसिर २२ गते लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा सल्यक्रियापछि उनले शिशु (छोरा) लाई जन्म दिएकी छिन् । तर, ती शिशुको अवस्था अहिले भने नाजुक छ ।     नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले वाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए । .... विस्तृत
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो 2075/09/01   राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ लागेको आगोले पीडित बनेकाहरुलाई शनिबार धर्मी हल्फा महिला विकास क्लबले राहत वितरण गरेको छ ।      आगलागिबाट सबै घरहरु र सम्पति जलेर नष्ट भई पीडित बनेकाहरुलाई केही राहत दिएर घाउँमा मल्हम लगाउने उद्देश्यले राहत बितरण गरेको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिए ।      आगलागि भएकै स्थानमा अग्निपीडितहरु बिन्देश्वर साफी, प्रसाद साफी, सिकीलाल रजक र फुलिया रजकलाई राहतस्वरूप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु, कम्बल र खाद्यान्नलगायतका राहत सामाग्रीहरु वितरण गरिएको छ । ..... विस्तृत
सबल नेपालको १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट पेश  2075/09/01  राजविराज÷सवल नेपाल राजविराजको १३ औं साधारण सभाबाट सामाजिक, शैक्षिक, स्वास्थ्य र विभिन्न खाले विकृती विरुद्ध सचेतना मूलक लगायतका गतिविधिमा अझ सक्रिय रहने प्रतिबद्धतासहित शनिबार सम्पन्न भएको छ ।      “हाम्रो चाहना समृद्ध समाजको स्थापना” नाराका साथ सुरु भएको साधारणसभामा संस्थाका परमेश्वर झाले गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७५÷०७६ को वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।      जस अनुसार २०७४÷०७५ मा सरसफाई प्रवद्र्धन, स्वच्छ खानेपानी, स्पन्सरसिप, बैदेशिक आप्रवासन, सम्भव परियोजना, सौर्य प्रवद्र्धन योजना, सरसफाई वजारीकरण, पहुँच परियोजना, बाढि प्रभावित पुनःस्थापना र स्मार्ट विद्यालय परियोजना लगायतका १० वटा परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ ।      बार्षिक प्रतिवेदनमा आ.व.२०७४।७५ मा संचालित १० परियोजनाको ७ करोड १५ लाख १२ हजार १ सय ६३ रुपैया खर्च भएको तथा आर्थिक बर्ष २०७५।७६ को लागि १२ करोड ९४ लाख ३७ हजारको अनुमानित बजेट समेत पेश गरिएको थियो । .... विस्तृत
विभिन्न माँग राख्दै स्थानिय तहका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रे 2075/09/01     राजविराज÷स्थानिय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न लगायतका माँग गर्दै स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समितिले आन्दोलनको घोषणा गरेको छ ।      सप्तरीका विभिन्न स्थानिय स्तरका क्रियाशिल सबै संघ, संगठन, यूनियन, एशोसिएशनहरुको संयुक्त आन्दोलन परिचालन समितिको शनिबार सम्पन्न बैठकले विभिन्न माँग राख्दै सो आन्दोलनको घोषणा गरेको हो ।      आन्दोलन परिचालन समिति सप्तरीका संयोजक कमलेश्वर बिराजी, डिन सप्तरीका अध्यक्ष इन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य खुर्सैद इकराम, नेनापा एशोसिएशनका केन्द्रिय सदस्य उमेश प्रसाद यादव, प्रधुम्न पोखरेल र प्रदेश २ का प्रादेशिक समिति सचिव गंगाराम साहद्वारा जारि विज्ञप्तिमा पुस १ गतेदेखी माँगहरु पुरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जनाइएको छ । .... विस्तृत
आगलागिबाट दश घर नष्ट, ४० लाख बराबरको क्षति  2075/08/28  सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ७ बभनगामा टोलमा शुक्रबार साँझ भएको भिषण आगलागीमा १० घर जलेर नष्ट भएको छ भने करिब ४० लाख बराबरको क्षति भएको छ ।  गाउँपालिका ७ स्थित विन्देश्वरी साफीको घरबाट साझ ५ बजेतिर अचानक सल्किएको आगो फैलिएर निजको ३ घरका साथै छिमेकी प्रसाद साफीको २ घर, सकिलाल रजकको २ घर प्रयोग रजकको २ घर र फुलिया देवी रजकको १ घर जलेर नष्ट भएको हो ।      सो आगलागीमा ४ पशु चौपाया जलेर मरेका छन भने छोरीको बिहेका लागी जम्मा गरेको फुलिया देवी रजकको घर सहित नगद ५० समेत जलेर नष्ट भएको छ । यता अन्य घरमा क्षति हुन नदिन छ्उका फुसको संरचना भएका २ वटा घर भत्काइएको छ ।.... विस्तृत
डाक्नेश्वरी नपाको विशेष सभा बोलाउन माँग  2075/08/27    डाक्नेश्वरी नगरपालिका निर्वाचित पदाधिकारी संरक्षण समिति पातोले प्रमुख र प्रशासकीय अधिकृतले योजना छनौटदेखी आर्थिक हिनामिना गरेको आरोप लगाएको छ ।  बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो समितिका संयोजक रामसुन्दर मण्डलले सो आरोप लगाउँदै २०७५ असोज २१ गते नगर सभाका ५५ जना सदस्य मध्ये ३८ जना सदस्यको हस्ताक्षरसहित विशेष सभा बोलाउन निवेदन दर्ता गरिएपनि हालसम्म त्यसतर्फ कुनै ध्यान नदिएकोप्रति आपत्ति जनाए ।      सोही पत्रकार सम्मेलनमा वडा नं. ८ का सदस्य मानविर रजकले प्रमुख शिवनारायण साह र प्रशासकिय अधिकृत मिलन दाहालले गाडी, कासको नियुक्ती, इन्धन, घर भाडामा आर्थिक हिनामिना गरेको आरोप लगाउँदै लेखा समितिले बैंक स्टेटमेन्ट, तलब प्रतिवेदन लगायत अन्य आर्थिक कारोबारका कागजातहरु उपलब्ध नगराएको गुनासो गरे । ..... विस्तृत
बिष्णुपुर गापाको वडा नं. ७ बाल बिवाह मुक्त घोषणा 2075/08/27  सप्तरीको बिष्णपुर गाउँपालिका वडा नं. ७ लाई बिहीबार बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लिलम्बर यादवको प्रमुख आतिथ्यमा बाल बिवाह मुक्त वडा घोषणा गरिएको हो ।  गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा समारोहमा जिल्लाको बिभिन्न ठाउँमा भइरहेको बाल बिवाहलाई मध्यनजर गर्दै बाल बिवाह मुक्त वडा घोषणा गरिएको छ । पाँच सय १० घरधुरी रहेको सो वडामा एक मात्र बाल बिवाह भएको थियो ।  वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा आयोजित समहारोमा २० बर्ष कम उमेरमा बिवाह गर्नाले महिलाको प्रजनन् अंग पुरा नभएपछि बच्चा र आमाको ज्यान जाने खतरा हुने गरेकोले कम उमेरमा बिवाह गर्न नहुने बताउँदै २० बर्ष पुरा नभएका केटा र केटी दुबै जनालाई खतरा हुने भएपछि कलिलो उमेरमा बिवाह गर्नु नुहुने बक्तहरुले धारणा राखे ।.... विस्तृत
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव 2075/08/27  सप्तरीको कुनै पनि स्थानमा आगलागिका कारण वा विपतमा परेका व्यक्ति र परिवारकै घरमै पुगेर विगत लामो समयदेखी सप्तरीका समाजसेवी ई. सूर्य नारायण यादवले राहत प्रदान गर्ने गरेको कार्य सहनिय र स्वागत योग्य रहेको छ ।      यसै क्रममा ईं. यादव अध्यक्ष रहेका संस्था धर्मी हल्फा महिला विकास क्लबले जिल्लाको बोदे बर्साईन नगरपालिका १ धनगढीका अग्निपीडित परिवारलाई बिहीबार राहत प्रदान गर्दै सो कार्यलाई निरन्तरता दिएको छ ।      आगलागिबाट सर्वस्व गुमाई बिचल्लीमा रहेका अग्नीपीडित सत्यनारायण साहको परिवारलाई राहत स्वरुप त्रिपाल, झुल, बेडसिट, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्रीहरु प्रदान गरिएको क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जानकारी दिएका छन् । .... विस्तृत